18
Jan
बाबुराम भट्टराई निजी/ऐतिहासिक १. पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्रको तीव्र विघटन र बढ्दो सहरीकरण सँगसँगै गाउँ रित्तिँदै छ भने सहरहरू कङ्क्रिट जङ्गल बन्दै छन्। क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले यो प्रवृत्तिलाई रोक्न आफैँ गाउँ फर्केर केही गर्नपर्छ भन्ने मेरो चाहना हो।आफ्नो पुर्ख्यौली घरको रेट्रोफिटिंग,बन्दै गरेका भौतिक पूर्वाधारहरूको निरीक्षण, गाउॅलेहरू संगको अन्तर संवाद पछि ‘गाउँको सहरीकरण’ गरेर मानिसहरूलाई त्यहीँ राख्न सकिन्छ भन्ने विश्वास बढेको छ।अब खाँचो गाउँमै कृषिको आधुनिकीकरण,साना तथा मध्यम उद्योग र पर्यटनको प्रवर्द्धन आदि गरेर सम्मानजनक र आयमूलक रोजगारी सिर्जनाको छ। २. केही अगुवा साथीहरू र परिवार सहित ऐतिहासिक लिगलिगकोट भ्रमणको विशेष अर्थ छ।पन्ध्रौँ सोह्रौँ शताब्दीसम्म वर्तमान नेपालको अधिकांश भूभागमा…