Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मसलाको रुख मदेसबाट विस्थापन नगरे मरूभूमीकरण बन्ने विज्ञहरूको चेतावनी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मसलाको रुख मदेसबाट विस्थापन नगरे मरूभूमीकरण बन्ने विज्ञहरूको चेतावनी

 

महोत्तरी, २२ पुस  सदाबहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मदेसका जङ्गलमा मात्र हैन किसानहरूको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसाबले समेत अन्य बिरुवाहरूको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका जति सुन्दर पक्ष छन् त्यतिकै मानव जीवनसँग जोडिएका कुरूप विशेषता पनि छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

 

हो , पछिल्ला अध्ययन हरूले मसलाको रुख कै कारण मधेस मरुभूमितर्फ उन्मुख हुँदै गएको देखाएको छ । यो रुख पारिस्थितिक प्रणालीका हिसाबले मात्र घातक हैन पानीका मुहानहरू सुकाउने मुख्य अस्त्र बनेको विज्ञहरू बताउँछन् । लामो समयदेखि चुरे र वातावरणीय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार एउटा वयस्क रुखले ६२ लिटरसम्म पानी पिउने गर्दछ । वरपर लामो दूरीसम्मको  पानीलाई चुम्बक जसरी तान्ने हुँदा उत्पादनमा समेत मसलाको रुख घातक बनिरहेको उन्को भनाई छ ।

 

यो रुखले पारिस्थितिक प्रणालीमा समेत उथलपुथल बनाइरहेको एक अध्ययनले देखाएको छ । यहाँ न चराचुरुङ्गीले वासस्थान बनाउँछन् न त किराहरूले नै । वनमा लगाइएको मसलाका रुखहरूले त अन्य रुखहरूको अस्तित्व नै नष्ट गर्ने गरेको विज्ञहरूको निष्कर्ष छ । यो रुख वातावरणीय हिसाबले निक्कै घातक रहेको स्थानीयहरूले समेत महसुस गर्न थालेका छन् । ५ वर्ष अगाडीसम्म पानी पाइरहने मुहानहरू यो रुख कै कारण सुकेका र सुक्ने क्रम जारी रहेको बर्दिबास-७ रमदेव महतो बताउँछन् ।

 

`यो बिरुवा  छिटो बढेपछि स्थानीयहरूको आकर्षण त बढ्यो तर बिस्तारै यही रुखको कारण मरुभूमि बनेको कसैलाई थाहा नै छैन,´ उनले भने, `हामीले त लगाउन छाडिसक्यौ ।´

 

अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर मसला रूखहरू भएको ठाउँमा घाँस नै नपाइने गरेको महतोको अनुभव छ । महतोले आजकाल यही कारणले बाख्रा, बस्तु समेत पाल्न छाडेका छन् । जङ्गलभरि मसलाका रूखहरू फैलँदै गएपछि पशुपालनको समस्या बढिरहेको उनको बुझाई छ । `यो मैले मात्र हैन गाउँभरिका धेरै मानिसहरूले बुझेका छन्, ´ उनले भने, ` अब यो बिरुवा र रुखको अस्तित्व मदेसबाट नै मेट्नुपर्छ ।´

 

२०३४ सालतिर सागरनाथ वन परियोजनाले एक भारतीय प्रोजेक्टको माध्यमबाट नेपाल भित्र्याएको यो रुख अहिले मदेशभरि फैलिएको छ । सागरनाथ वन परियोजना अन्तर्गतका र वन डिभिजन अन्तर्गतका जङ्गलमा मात्र हैन किसानका खेतवारिमा समेत यो रुख व्यावसायिक रूपमा प्रयोग गरिएको छ ।

यसको पातमा समेत एसिड हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । जसका कारण पात जमिनमा झरेर जाँदा वरिपरिको हरियोपनलाई नष्ट गर्ने र अन्य झारपातहरू समेत उम्रन नदिएर जमिनलाई नै बन झर बनाउने अर्को समस्या रहेको विज्ञहरू बताउँछन् ।

स्थानीय बासिन्दाहरू मसलाको रुख कै कारण खेतीपातीबाट समेत पलायन हुनुपर्ने स्थिति सिर्जना भएको गुनासो गर्छन् । गौशाला नगरपालिका कि गीतादेवी भन्छिन्, `गाउँलेले खेतमा रोपेका बिरुवाका कारण समस्या बढिरहेको छ । कलको पानी सुकेको छ भने इनार पनि धमाधम सुकिरहेका छन् ।´

तथ्याङ्क अनुसार सागरनाथ वन परियोजना अन्तर्गत १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा यो बिरुवा लगाइएको छ । १ बिघामा १६ सयसम्म बिरुवा रोपिने हुँदा सागरनाथ वन परियोजनामा मात्र १ करोड भन्दा बढी मसलाका बिरुवाहरू हुन सक्ने जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झा बताउँछन् ।

 

अझ किसानहरूले खेतका डिल र खेतमा व्यावसायिक खेती नै गरेको देखिएको छ । जसले उत्पादनमा समेत कमी आएको स्वयम् किसानहरूको अनुभव छ । `५ वर्ष अगाडिसम्म खेतमा राम्रै उत्पादन हुन्थ्यो तर आजकाल यो मसलाको रुख रोपेको २ सय मिटर वरपरसम्म उत्पादन नै हुन छाड्यो,´ रामगोपालपुरका स्थानीय किसान राम सरोज यादवले भने, `५ वर्ष अगाडि उत्पादित उपज बेच्थे, अहिले किन्नुपर्छ ।´

 

अहिले मदेसका निजी जमिनमा समेत गरेर झन्डै ६ करोड बिरुवा रहेको आकलन गरिएको छ । पर्यावरणविद् चिरञ्जीवी भट्टराई यो बिरुवाको विषयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने बत्ताउँछन् । यसैलाई लिएर मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयमा छलफल र बहस भइरहेको छ । वन तथा वातावरण मन्त्रालय मधेस प्रदेशका सूचना अधिकारी बेचन कुमार महतोको अनुसार मसलाको रुखलाई लिएर विज्ञहरूबिच गम्भीर छलफल भइरहेको छ ।

रुखको स्वभाव कै कारण पर्यावरणमा असर पर्ने आ‌कलन गर्न सकिने बताउँदै जमिनमुनि र जमिनमाथिको भाग बराबर हुने हुँदा पनि पानीको मात्रा अन्य बोटबिरुवाको तुलनामा बढी पानी खपत गर्न सक्ने उनको भनाई छ ।

`अनुभव नै वास्तवमा विज्ञान हो । त्यसो हुँदा स्थानीय तथा भुक्तभोगीहरूको अनुभव सुन्दा यो रुख हानिकारक नै भएको अनुमान लगाउन सकिन्छ ।´ सूचना अधिकारी महतोले भने । `थप अध्ययन गरेर सरकारले सकेसम्म नीति नै बनाउँदा राम्रो हो ।´

 

सडक सौन्दर्यका लागी समेत सडक विभागले यो रुख दायाँबायाँ रोप्दै आएको छ । जुन दुर्घटनाको कारक समेत बनिरहेको देखिएको छ । यसको हाँगा निक्कै कमजोर हुने हुँदा सानोतिनो हावाहुरीले पनि असर पुर्‍याउन सक्ने हुँदा सडक अवरोधका साथै दुर्घटना समेत बढिरहेको ट्राफिक तथ्याङ्कले पुष्टि गर्दछ ।

 

यसको हाँगा भाँचिएर सडकमा दुर्घटना हुँदा एक वर्षको अवधिमा झन्डै १० जनाको मदेसमा ज्यान समेत गइरहेको प्रहरीको तथ्याङ्क छ । कृषि विज्ञ राजेन्द्र देवकोटाका अनुसार यो रुख २५ देखि ५० मिटर अनि २ मिटर सम्म को गोलाई हुन्छ | अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पत्ति भएको मानिन्छ | भारतमा १८४३ मा बेलायती नागरिकले तामिलनाडूमा ल्याएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भएको मानिन्छ |

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...