Gyaan Ghar

Advertisement

विचार

गीताको दर्शन के हो ?

गीताको दर्शन के हो ?

* * गोविन्दशरण उपाध्याय म गीता पढ्छु | गीता पढेर मनन गर्छु | मलाई गीता पढेर मन परेको हो | गीता पढेपछि मन पर्छ | गीताले कसैलाई जोर जवर्जस्ती गर्दैन | गीताले मार्गदर्शन गर्छ | मान्छेको बौद्धिक स्वतन्त्रतामा हस्तक्षेप गर्दैन | गीताले सधैं निर्णयको स्वतन्त्रता दिन्छ | गीताले गीतासँग असहमत हुने स्वतन्त्रता दिन्छ | गीताको केन्द्रीय विषयहरू विवेक, आस्था र कर्म हुन् | मान्छेसँग कर्मको विकल्प छैन | मान्छेसँग आस्थाको विकल्प छैन | मान्छेसँग बुद्धिको विकल्प छैन | ज्ञान, कर्म र भक्ति एकआपसमा जोडिएका छन् | ज्ञानका लागि, कर्मका लागि आस्था र आस्थाका लागि ज्ञान चाहिन्छ | तर कुनै आस्थामा…
Read More
का. जलजला उपन्यासमा प्रेम र दर्शन 

का. जलजला उपन्यासमा प्रेम र दर्शन 

* भरत पोख्रेल लेखक मोहन विक्रम सिंहका अनुसार कमरेड जलजला उपन्यास प्रेमको कथा र विश्वको दर्शन हो । यो उपन्यासका प्रेम र दर्शनमा प्रवेश गर्ने धेरै बाटाहरू खुला छन् मैले चाहिँ पहिला स्थान, पात्र अनि प्रेम र दर्शन विषयहरूमा चर्चा गर्न चाहेको छु । एक समय नेपालको भूभाग रहेको पहिला भारतको उत्तर प्रदेश हाल उत्तराखण्ड राज्यको कुमाउँ गढवालको कौसानीबाट का. जलजला उपन्यासको सुरुवात हुन्छ । उपन्यासले आयतन बढाउँदै जाँदा लक्ष्मी आश्रम जहाँ सुनन्दाको पर्वतारोहण जीवन सरला बहनको प्रेरणाले समाजसेवामा परिवर्तन हुन्छ । नेपालको भैरहवा (जेल) मा बस्दा सुनन्दा गान्धीवादीबाट मार्क्सवादी बन्दछिन् । काष्ठमण्डप अन्तर्गत काठमाडौँका विभिन्न स्थानहरूसँग परिचित हुन्छिन् ।…
Read More
कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

* लेखनाथ न्याैपाने १. विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानुनी रूपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिँदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ? २. कुनै तथ्य र प्रमाण विना कथा बनाएर मरिसकेको मान्छे (सीता दाहाल) ले पैसा दिएको भनेर आरोपित गर्नु कतैबाट पनि मिल्ने कुरा होइन । ३. गडबडी बरु कहाँबाट भएको देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ रोपनी छाडेर बाँकी १८१ रोपनी जग्गा ट्रस्ट/गुठीमा नल्याई कम्पनीमा लैजाने प्रक्रियामा हो । ४. स्वकीय सचिव भएकाे बेला (२०६७/०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाएर वा शक्तिको दुरुपयोग…
Read More
विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

* डा.गोविन्दशरण उपाध्याय (१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु नै हो | सबै राजनैतिक दलका घोषणापत्रहरू उत्कृष्ट छन् तर घोषणापत्र, व्यावहारिक धरातल र दलका नेतृत्व तथा तर्काकर्ताहरूको रहनसहनमा एकताका लागि हरेक पार्टीको नेतृत्वले इमानदार भएर सैद्धान्तिक तथा व्यावहारिक तहमा चिन्तन, मनन र क्रियान्वयन गर्न आवश्यकता छ | देश, जनता र समय हामीसँग छ | यसको सदुपयोग गर्नुपर्छ | (२) राजनीतिले मानवको चिन्तन, स्वभाव तथा गतिलाई निर्दिष्ट गरेर समाजलाई सुसभ्य, समुन्नत तथा सहृदयी बनाउँछ | यी सबै थोक केवल सुशासनबाट प्राप्त हुन्छन् | नेपाली समाजमा मात्र होइन विश्वभरिका राजनैतिक प्रणालीहरूप्रति प्रश्न र…
Read More
सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी !

सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी !

*अशोक शर्मा अन्ततः मैले पूर्णबहादुरको सारङ्गी फिल्म हेरेँ । डा शिवशङ्कर बस्यालको सङ्ग्रामपुर उपन्यास भने अलि अगाडि नै पढिसकेको थिए । फिल्म हलमै गएर हेर्नुको तात्पर्य चाहिँ सङ्ग्रामपुर उपन्यास सँग यसका विषय र प्रसङ्ग कति मिल्छन् ? अथवा त्यो फिल्मले उक्त उपन्यासको अनुकरण गर्याे वा गरेन ? भन्ने कुरासँग सम्बन्धित थियो । यस विषयमा केही चर्चा गर्दा उपयुक्त होला । प्रथमतः डा. शिवशङ्कर बस्यालद्वारा लिखित सङ्ग्रामपुर उपन्याससँग यसका कथावस्तु मिले कि मिलेनन् यो सवालमा फिल्म निर्माणका प्रमुख पात्रले नै पूर्णबहादुरको सारङ्गी सङ्ग्रामपुर उपन्यास सँग मिल्न जानू हाम्रो नियत नभएर संयोग मात्र हो भनिसके पछि उक्त फिल्म सो उपन्यासको कथावस्तुसँग मिल्दैन…
Read More
आत्मघाती आँसु !

आत्मघाती आँसु !

* डा.गोविन्दशरण उपाध्याय काली दासले आफू बसेको हाँगो काटिरहेका थिए | शुभेच्छुकले आत्मघाती हुन्छ भन्दा कालिदासले तिनको तिरस्कार गरेका थिए | अहिलेको आफूलाई मोडर्न मान्ने समाजको मनोविज्ञान यस्तै दिशातिर अगाडी बढिरहेको छ | जब कुनै चलचित्र वा सिरियलले आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारको निन्दा गर्छ, त्यो हिट हुन्छ | अचम्मको कुरा त के भने आफ्नै परिचयको बदख्वाइँ देखेर, सुनेर आँसु बगाउँदै गरेका दर्शकहरू विश्वका सबैभन्दा अनौठा पात्र लाग्छन् | कुनै पनि अमेरिकी नागरिकले अमेरिकाको आलोचना गर्दैन तर इतिहासका विषयहरूलाई इतिहासझैँ लिन्छ तर नेपालका मोडीफाइड नागरिकहरूले इतिहासका कथाहरूलाई वर्तमान ठानेर झूटो प्रायश्चित्तको अभिनय गर्छन् | चिनीयाहरूले आफ्नो मौलिक परिचयसँग नाता…
Read More
कमरेड चे : एक अद्वितीय व्यक्तित्व

कमरेड चे : एक अद्वितीय व्यक्तित्व

 * डा चूडाप्रसाद ढकाल    चे ग्वेवाराः विश्वका चर्चित र प्रेरणादायक व्यक्तित्वहरूमध्ये एक हुन्। उनका जीवन र क्रियाकलापहरूले विशेष गरी क्रान्तिकारी आन्दोलन र उत्पीडित जनतामा अमिट छाप छोडेका छन्। चे ग्वेवाराले आफ्नो जीवन सामाजिक र आर्थिक असमानताविरुद्ध सङ्घर्ष गर्न समर्पित गरे। उनले उपनिवेशवाद, तानासाही, र उत्पीडनमा परेका जनतालाई प्रेरणा दिएका छन्। चे ग्वेवाराको जीवन, प्रमुख ऐतिहासिक क्षणहरू, र उनको दीर्घकालीन प्रभावलाई जाँच गर्दा, हामीले उनको आदर्श र योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्छ। उनका विचार र कार्यहरूले आजको समयमा पनि मानिसहरूलाई प्रेरित गर्न जारी राखेका छन्, जसले उनलाई एक अमर क्रान्तिकारी बनाएको छ। चे ग्वेवाराको प्रारम्भिक जीवन र शिक्षा उनको क्रान्तिकारी करियरको लागि…
Read More
नख्खुमा भेटिएन सरकार !

नख्खुमा भेटिएन सरकार !

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपदमा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ । नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घन्टौं बस्दा पनि उद्धार हुन सकेन् । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोस व्यक्त गर्न…
Read More
बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ

बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ

* डा.गोविन्दशरण उपाध्याय संसार दुःखरहित छैन तर संसार केवल दुःख मात्र पनि छैन | जन्मको बखतमा जन्म लिँदै गरेको नवजात शिशुलाई दुःख सुखको कुनै वेदना भएको स्मरणमा रहेको भेटिन्न | मृत्यु त मृत्यु नै भयो | त्यसपछिको अनुभव कसैसँग हुँदैन | पुनर्जन्म मान्नेहरूले शास्त्रमा विश्वास गर्छन् | नमान्नेहरूका लागि दुःख र सुख दुवैको अन्त्य मृत्युसँग हुन्छ | बुद्धले संसारलाई दुःखमय अनुभव गर्नु उनको निजी अनुभूति हो | यदि बुद्धले संसार सबैका लागि दुःखमय छ भन्छन्, यस्तो भनाई बुद्धमा बुद्धको पूर्वाग्रह झल्किन्छ | यदि संसारका हरेक मान्छेले आजीवन दुःख र दुःखको मुक्तिका लागि प्रयत्न मात्र गरिरह्यो भने पनि जीवनको कुनै पनि…
Read More
विचारा रवीन्द्र नाथको टाउको !!

विचारा रवीन्द्र नाथको टाउको !!

* गोविन्दशरण उपाध्याय बङ्गलादेशका हरिया आतंकवादीहरूले यो रवीन्द्रनाथ टैगोरको मूर्ति ढालेका होइनन्, यो त्यहाँको बौद्धिक/तार्किक चेतनालाई सधैँका लागि "हरियो किताब"लाई समर्पित गरेका हुन् | अन्य धर्म, समुदाय, विश्वास र फरकपनलाई सधैँको लागि काटेर लडाएका हुन् | कुनै बेला नेपालमा पनि बुर्जुआ शिक्षा विरुद्ध यस्तै आन्दोलन चलेको थियो | छात्रको आन्दोलनले मन्दिर, फरक धर्मका मान्छेहरू र आस्थाहरूलाई मास्ने थिएन | विश्वविद्यालय जाँदैमा कट्टरपन्थी चिन्तनको समापन हुँदैन | म कक्षा १२ मा पढ्दा रवीन्द्रनाथ ठाकुर र उहाँले लेखेको प्रसिद्ध गीताञ्जलीका बारेमा सुने | गीताञ्जली र रवीन्द्रनाथले लेखेको साहित्य पढ्न मैले बङ्गाली भाषा र लिपी दुवै सिकेँ | सायद, भारतीय कविहरू मध्ये यी…
Read More