17
Dec
* डा.मधुसुदन गिरी हिजोको मध्य पश्चिमाञ्चल साहित्य परिषद्को ७ औँ साधारण सभामा भाषा शास्त्री चूडामणि बन्धुको परिचय दिँदा उठाएको कुरा : बाइबल अनुवाद गरेर विश्वभर क्रिश्चियनिटी फैलाउने उद्देश्यले सन् १९३४ मा स्थापना भएको र हाल U S को Texas मा मुख्य कार्यालय र विश्वभर शाखा सञ्जाल फैलाएको SIL International नामको संस्था छ। त्यसले आफ्नो उक्त मूल उद्देश्य पूरा गर्ने माध्यम भाषालाई ठानेको र भाषाका क्षेत्रबाट प्रवेश गरेको देखिन्छ। त्यसले भाषाका क्षेत्रमा अरूलाई देखाउने उद्देश्य भाषिक अनुसन्धान,भाषिक साक्षरतामा स्तरोन्नति र भाषिक संरक्षण भन्ने बनाएको छ। हात्तीका देखाउने दाँतजस्तो यो उसको बाहिर देखाउने उद्देश्य हो । भित्री उद्देश्य पूरा गर्न उसले दुइटा…