Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विचार Archives - Page 8 of 11 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विचार

भाषिक संरक्षण कि विलोपीकरण?

भाषिक संरक्षण कि विलोपीकरण?

* डा.मधुसुदन गिरी हिजोको मध्य पश्चिमाञ्चल साहित्य परिषद्को ७ औँ साधारण सभामा भाषा शास्त्री चूडामणि बन्धुको परिचय दिँदा उठाएको कुरा : बाइबल अनुवाद गरेर विश्वभर क्रिश्चियनिटी फैलाउने उद्देश्यले सन् १९३४ मा स्थापना भएको र हाल U S को Texas मा मुख्य कार्यालय र विश्वभर शाखा सञ्जाल फैलाएको SIL International नामको संस्था छ। त्यसले आफ्नो उक्त मूल उद्देश्य पूरा गर्ने माध्यम भाषालाई ठानेको र भाषाका क्षेत्रबाट प्रवेश गरेको देखिन्छ। त्यसले भाषाका क्षेत्रमा अरूलाई देखाउने उद्देश्य भाषिक अनुसन्धान,भाषिक साक्षरतामा स्तरोन्नति र भाषिक संरक्षण भन्ने बनाएको छ। हात्तीका देखाउने दाँतजस्तो यो उसको बाहिर देखाउने उद्देश्य हो । भित्री उद्देश्य पूरा गर्न उसले दुइटा…
Read More
मार्क्सवाद कसरी विकास भयो ?

मार्क्सवाद कसरी विकास भयो ?

* रामराज रेग्मी १. विषय प्रवेश उन्नाइसौं शताब्दीको मध्यतिर जब युरोपेली मुलुकहरूमा सामाजिक अर्थव्यवस्था हुर्किएर पुँजीवादमा पदार्पण गर्‍यो, जुन बेला विज्ञानको अद्भुत प्रगति भयो, वर्ग सङ्घर्ष इतिहासमा त्यसअघि कहिल्यै नपुगेको स्तरमा विकसित भयो र औद्योगिक सर्वहारा वर्ग जुझारु शक्तिको रूपमा देखा पर्‍यो। त्यसै बेला जर्मन दार्शनिक कार्ल मार्क्सले एउटा नयाँ दर्शनलाई जन्म दिए । उनकै नामबाट उक्त दर्शनको नाम ‘मार्क्सवाद (Marxism ) रहन गएको छ । संसारको सबैभन्दा उन्नत एवम् वैज्ञानिक ठानिएको यो दर्शन मार्क्सले आफ्ना घनिष्ठ सहयोद्धा बेलायती दार्शनिक फ्रेडरिक एङ्गेल्सको सहयोगमा प्रतिपादन गरेका हुन् । ‘एपिक्युरसका दर्शनसम्बन्धी टिप्पणीहरू’ ‘हेगेलको दक्षिणपन्थी दर्शनको आलोचना’, ‘फायरबाख सम्बन्धी शोधपत्र’, ’दर्शनको दरिद्रता’, ‘आर्थिक र दार्शनिक पाण्डुलिपि’…
Read More
वेदको रचनाकार र वेद

वेदको रचनाकार र वेद

* डा.गोविन्दशरण उपाध्याय अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१० ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि हुन्छ | स्मरणीय के छ भने मूलतः वेद एउटा मात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रूपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रूपमा अथर्ववेद संहिताका फरक फरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरि सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो | ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका…
Read More
धर्म र भौतिकवादबिच प्रतिपक्षता

धर्म र भौतिकवादबिच प्रतिपक्षता

राजन तिमल्सिना धार्मिक अन्धविश्वासको पर्दाले मानव चेतनालाई बन्ध्याकरण गर्दछ । मिथ्या तर्कको सहाराद्वारा जीवन र जगतका आम नियमहरूमाथि धावा बोल्नु यसको मूल विशेषता हो । जन्म-पूर्वजन्म, पाप-धर्म, स्वर्ग-नर्क, छूत-अछुत, आत्मा-परमात्मा जस्ता काल्पनिक तर्कको सहारा लिई वैज्ञानिक प्रगतिलाई नकार्दछ । अन्धविश्वास र रुढीवादको जगमा उभिई मानव जातिलाई परनिर्भर, मगन्ते, ढोगी, पाखण्डी र दास बनाउने कार्यका साथै जङ्गली युगतर्फ डोर्‍याउनु यसको मुख्य ध्येय हुन्छ । मूलतः धर्मको पक्षपोषण गर्नु भनेको सामन्तवाद र पुँजीवादको सेवा गर्नु हो । साथै, अलौकिक, मिथ्या, काल्पनिक र मनगणन्ते तर्कको सहारा लिँदै प्रगति पथलाई निषेध गर्नु हो । उच्चो-निचो, सानो-ठुलो, छूत-अछुत, धनी-गरिब, भाग्यमानी -अभागी जस्ता भेदभावपूर्ण कुराको आड…
Read More
को थिए कमरेड माओ ?

को थिए कमरेड माओ ?

माओको जन्म २६ डिसेम्बर, १८९३ मा शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टीमा भएको थियो भने मृत्यु बेइजिङमा ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चिनियाँ क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओ विचारधारको नामले जानिन्छ । कमरेड माओको आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक एवं सांस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन गतिलो भूमिका निभाउन…
Read More
  परिवर्तित प्राथमिकताहरू 

  परिवर्तित प्राथमिकताहरू 

भीष्म जोशी नेपाल मात्र नभई विश्व मै  लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि   नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ ।  नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ  । आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ |  आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका…
Read More
गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

* मोहनविक्रम सिंह “कमरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिट्लरको फासिवाद, यहुदीहरू माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरू छन् । ती परिच्छेदहरूमा हिट्लरले यहुदीहरूमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरूको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौँ देशहरूमा उनीहरूमाथि भीषण बर्बर अत्याचारहरू गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरू समेतमाथि त्यस प्रकारका अत्याचारहरू गरिएका थिए । हिट्लरद्वारा युरोपमा यहुदीहरूमाथि गरिएका त्यस प्रकारका अत्याचारहरूसित सम्बन्धित कैयौँ म्युजियमहरू युरोप भरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरूको भ्रमण गर्दा मैले त्यस…
Read More
डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

काठमाडौँ, कार्तिक १६ गते । ‘धर्म र चाडपर्वलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नहेर्दा, अन्धविश्वास भनेको सामन्तवाद र विज्ञान भनेको पुँजीवाद हो भन्ने गलत निष्कर्षमा पुगिने’ दर्शनशास्त्री डा.खगेन्द्र प्रसाईँले बताए । ज्ञानशाला अनुसन्धान केन्द्रले कार्तिक १५ गते नयाँबजार स्थित अनुसन्धान केन्द्रको सेमिनार हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा बताएका हुन् । पुँजीवादले सबै संस्कृतिलाई एउटा बोरामा हालेर आफू अनुकूल प्रयोग गर्दछ भन्दै डा.प्रसाईँ भन्छन्, ‘मनकामनाको दर्शन गर्दा मनका सबै कामना पुरा हुन्छ भन्ने अन्धविश्वासको बीज रोपेर व्यापक रूपमा विज्ञापन, होटेल व्यवसाय, पर्यटन लगायतका पुँजीवादी नाफालाई प्रोत्साहन हुने गरी व्यापार गरिएको छ ।’ उनी भन्छन्, ‘साँखुको डाँडामा ठूलो शिवको मूर्ति, कुनै ईश्वर…
Read More
चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ?

चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ?

  निनु चापागाईँ अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो संस्कृतिका सम्बन्धमा खोजीनिती गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषा भाषी भएका सबै मुलुकमा यस्तो विशेषता नपाइने होइन । तर नेपालको हकमा भने यो विशेषतालाई अद्वितीय नै भन्न सकिन्छ । किनभने नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र साठीभन्दा अलि धेरै जातिहरूको बसोबासो छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आ-आफ्नै विशिष्ट संस्कृति छ । तिनमा आ-आफ्नै खालका चाडबाडहरू पनि चलनमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडबाडका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ । तर नेपालका…
Read More
तपाईँको निधारमा पनि टीका र जमरा !

तपाईँको निधारमा पनि टीका र जमरा !

* रामबहादुर जि.सी. 'जिसी सर, तपाईँको निधारमा पनि टीका र जमरा !' टेलिफोन फेसबुक मेसेन्जरमामा प्राय: संस्कृति र सांस्कृतिक रूपान्तरण प्रति चिन्ता र सरोकार राख्ने थुप्रै शुभेच्छुक मित्रहरूले यक्ष प्रश्नहरू तेर्स्याउनु भएको छ। पक्कै पनि नेपालमा मनाइने धेरै जसो चाडपर्वहरू जस्तै दसैँ, तिहार, तिज, माघे सङ्क्रान्ति ,चैते दसैँ ,कुल पूजा,देवाली अर्थात् गोतियार भेला इत्यादिमा आध्यात्मिक तथा धार्मिक मिथकहरू जोडिए पनि उपरोक्त चाडपर्वहरूमा प्रकृति तथा वातावरणीय प्रभावका भूमि ,जङ्गल ,आगो ,पानी ,हावाको सम्झना सम्मान तथा पूजा गरिन्छ। जसमा आफन्त ,मान्यजन , इष्टमित्र,भाइ भतिजा ,साथी सङ्गीहरू बिच विचार आदानप्रदान , सुख दुःख साटफेर ,पारिवारिक पुनर्मिलन हुने र गराउने अवसरको रूपमा यी चाडपर्वहरूको…
Read More