health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

महेश दाइ नमस्ते, म हजुरकै घर अमरावतीको एक बाहुन भाइ । मेरो कलमको नाम ‘वाशिष्ठ’ । तपाईँ मलाई राम्रोसँग चिन्नुहुन्नथ्यो म एकोहोरो चिन्थे । मेरो र हजुरको बेला बेला साहित्यिक कार्यक्रममा जम्काभेट हुन्थ्यो । म मेरा कुरा राख्थेँ हजुर आफ्ना कुरा राख्नुहुन्थ्यो । हजुरसँग यस्ता साहित्यिक कार्यक्रममा भेट भएर नमस्कार गरेर भलाकुसारी गरेको विविध सन्दर्भ याद आयो ।
कैलालीको टीकापुरमा तपाई र थोमस वर्गिसलाई रथयात्रा गरेको याद आयो । जुन बेला मैले हजुरलाई सोधेको थिएँ । दाजु तपाइलाई कस्तो लाग्यो भनेर । हजुरको जवाफ थियो आजसम्म थुप्रै सम्मान पाइयो, अरू जति सम्मान पाए पनि यति ठुलो सम्मान पहिलो हो भन्नुभएको थियो । त्यो समाचार जत्रो छापिए पनि हजुरको भनाइसहित बाकेबाट प्रकाशित हुने जनमत अर्ध साप्ताहिकमा एक हप्तापछि छापिएको छ ।
त्यस्तै दोस्रो नेपालगन्जमा प्रेमप्रकाश मल्ललाई दुई लाख रुपैयाँ उपचारमा सहयोग गर्ने कार्यक्रममा रात्रि भोजसहितको कार्यक्रममा भेट भयो । मैले २० पैति रातो थुँगा दिएको थिएँ। यो बेचेर नगद बनाएर जति हुन्छ दिनु भनेर । त्यो बेला म प्रलेस सुर्खेतको सचिव थिएँ । सुर्खेतबाट आएको थिएँ त्यहाँ भेट भयो । हजुर मञ्चमा जाने भएकाले हजुर मञ्चतिर जानुभयो हामी तल बस्यौँ ।
त्यही नेपालगन्जमा प्रतिलिपि रजिस्टारको कार्यालय काठमाण्डौको कार्यक्रममा थियो । हजुरले म नै अन्यायमा छु मेरो रायल्टी नै पाएको छैन भनेर बोलेको अहिले नै जस्तो लाग्छ । वीरबहादुर राई रजिस्टार हुनुहुन्थ्यो । मेरो उहाँसँग त्यो कार्यक्रमले राम्रो चिनजान भयो । त्यो कार्यक्रममा हरिप्रसाद तिमिल्सेनाले निमन्त्रणा गर्नुभयो । सुर्खेतबाट अरूलाई बोलाउनु भन्दा हजुर आएको बेला सहभागी भएर जानुस् भन्नुभयो । म त्यो बेला अलि चल्दाफुर्दा अहिलेको भन्दा बढी थिएँ ।
हजुर नेपालगन्जमा एसएसपी हुँदा हजुरलाई त्यहाँ पनि भेटेर आएको छु । यी सबै जति माया छन् यी हजुरको कलमले पाएको माया हो । हो एउटा कुरा हजुरको अलि पदका कारण वा व्यक्तिगत स्वभाव त्यति ख्याल नगर्ने मैले त्यो पनि दुःख मान्न छोडिसके । किनभने भेट हुँदा नमस्ते फर्काइ हाल्नुहुन्छ हात मिलाइहाल्नु हुन्छ मलाई यति भए पुग्छ ।
हजुर कर्णालीको डिआइजी हुँदा म हजुरको कार्यकक्षमा नै गएर आएको छु । मैले भनेको थिएँ दाजु म पुलिस भनेर भेट्न आएको हैन । तर तपाईँ फेरी पनि बर्दीधारी पुलिस त हो त । तपाईँको एसपीले मेरा दुई जना लेखक ल्याएर थुनिदिएको छ । म विज्ञप्ति सिज्ञप्ती केही निकाल्दैन विज्ञप्ति निकाल्नु भनेको हजुरसँग दोहोरी खेल्नु हो । विचार बोक्न पाइन्छ दाजु हजुर के विचार राख्नु हुन्छ आफ्नो ठाउँमा छ । म आज सुर्खेतको प्रलेसको अध्यक्ष हुँ ।मैले विज्ञप्ति निकाले पनि हुने । यो ठाउँमा तपाईँ भएपछि म किन विज्ञप्ति निकालूँ भनेर भनेँ । विचारले नै गणतन्त्र आएको हो । त्यसैले विचारको साहित्य लेख्दा मेरा लेखक किन थुन्ने दाजु । हो उनीहरू विप्लव माओवादी हुन् तर राजनीति बमको गर्दैनन् भनेर भनेँ, कलमले गर्छन् । म कलम बाज दाजु हुनुहुन्छ भनेर हजुरसँग याचना माग्न आएको छु । म भेटेर केही कुरा राखेर जाउँन भनेर आएको भनेँ । यति भने पछि म दुई तीन दिनमा छोड्न लगाइदिउँला भन्नुभयो उनीहरू छुटे पनि । ती थुनिएका मेरो कमिटीका सदस्य थिए प्रदेशका सदस्य थिए । तपाइले मैले भनेको आग्रहलाई काम गरिदिनु भएको थियो ।
अहिले कता हुनुहुन्छ थाहा छैन । वसन्त अधिकारी सिडिओ हुनुहुँदो रहेछ फोनमा कुरा हुँदा उहाँले अलि ठुला कुरा गर्नुभयो । कार्यक्रम गर्न स्थानीय प्रशासनलाई सोधेर गर्ने थाहा छैन भनेर अलि हप्काएको पारामा नै । अनि मैले जवाफ पनि हप्काएको पारामा नै दिएको थिएँ । हाम्रा प्रलेसको कार्यक्रम कुनै पुलिसलाई जानकारी गराएर गरेको इतिहास छैन । त्यसैले तपाई पुलिसको हाकिम र पुलिसलाई जानकारी गरिएन भनेर मैले भनेँ । एसपीको नाम बिर्से उहाँको धारणा अलि फरक थियो । तपाईँका लेखकलाई हामीले थुनेको हैन भनेर कुरालाई उहाँ अन्तै मोड्न चाहनु हुन्थ्यो । अहिले कता के गर्दे हुनुहुन्छ थाहा छैन । छैन त्यो उहाँको डिउटी होला ल्याएर हाम्रा लेखक थुनिदिनुभयो । एक कविता भन्ने कविले देशै पट्काउने भनेपछि कति शक्तिशाली कविता रहेछन् त हामी लेखकसँग । कविताले गणतन्त्र धरापमा पर्ने । यस्तो गणतन्त्र कति कमजोर होला एउटा कविताले धरापमा पर्ने ।
हो दाजु मलाई एउटा कुराको याद आयो । डा. तारानाथ शर्माले तत्कालीन राजा महेन्द्रको कविताको समालोचनामा कमजोर कविता वा के थियो पछि त दरबारबाट बोलाहट भएपछि शमाृले विनम्र पूर्वक मैले श्री५महेन्द्रको कहाँ आलोचना गरेको त । कवि मविवि शाहको आलोचना गरेको भनेपछि महेन्द्र मुसुक्क हाँसेका थिए रे । त्यस्तै मैले पनि पुलिसको डिआइजी महेशविक्रमलाई कहिल्यै म चिन्दैन म छापामारको छोरो महेश विक्रमलाई चिन्छु ।
अस्ति मात्रै हजुरलाई भने भुँइखाटमा मेरो धारणा बदलियो दाजु भनेर । तपाइको बारेमा दर्जनौँले विद्यावारिधि गर्दै छन् ।
अलिकता स्वभाव धेरै वर्ष प्रहरीको उच्च पदमा बसेकाले पनि होला लेखक कम अलि प्रशासक बढी जस्तो स्वभाव लाग्थ्यो । त्यो हामीले भेटघाट नगरेर मात्रै हो दाजु म त्यसलाई व्यक्तिगत स्वभावका रूपमा लिन्छु ।
मेरा बुबा हुनुहुन्न दाजु म बुबा उमेरका सबैलाई बुबा भन्छु । बुबाले दिने सल्लाह तिनैबाट लिन्छु । म बुबालाई फुपा र मुवालाई फुपू भन्छु । विद्या दिदी मेरी गुरु आमा हुनुहुन्छ । मेरो पढाई नबिग्रेको भए आज म प्राध्यापक हुन्थे होला दाजु खैर केही छेन । हजुरको बाछिटाले म लेखक भएँ ।
मैले अनौपचारिक रूपमा हजुरसँग अन्तरसम्बाद गरेको दिन भनेको मङ्सिर १५को एएलाईसि होटेलमा भएको रात्रि भोजमा हो । त्यहाँ थाहा पाएको थिएँ । हजुर २० वर्षदेखि शाकाहारी म १६ वर्ष देखि शाकाहारी खानाको प्याला हजुरको र मेरो जम्यो धन्न त्यो भेलामा रङ्गिन चढाउने कोही भएनन् । मैले सम्मानका खातिर पहिला हजुरले लिए पछि मात्रै मेरो प्लेटमामा राखेँ । त्यही बेला भनेको थिए दाजु अमरावतीको स्कुलको काठको कौवा बसेको टौवा आज छैन पक्की घर बनेको छ । पुरानो तीन कोठे घर भत्काएछन् । पुरानो चिज केही छैन । सबै नयाँ भएछ । त्यही बेला भनेको थिएँ । हजुरले हातमा पहेँलो घडी साइकलमा हजुर र कपाल हल्लाएर पछाडि फाल्ने याद छ । दाजु भनेर हजुर हाँस्नु भयो । हजुरका घरमा मयुर नाच नचाएको हजुरले भिडियो खिचेको सबै मलाई याद छ । त्यो अमरावतीको घर बनाएको पनि मलाई याद छ ।
कहिलेकाहीँ पढाउँदा माड सापले फरक शैली अपनाउँछन् । सुर्खेत क्याम्पस शिक्षाका उपप्राध्यापक थानेश्वर लामिछानेले महेशविक्रमलाई सम्पर्क गरिदिनु एमएका विद्यार्थीसँग अडियो संवाद गराएर पढाउने मन लागेको छ भने पछि मैले समन्वय गराएँ उहाँले अडियो क्लास चलाउनुभयो ।
म औपचारिक प्रवीणता पास थिएन तर साहित्यको संवाद म स्नातकोत्तरका सँग गएर शिक्षा क्याम्पसमा सहभागी हुन्थे । यो अभ्यासकै कुरो हो दाजु त्यस दिन म त्यहाँ थिएन नभए म पनि सहभागी हुन्थेँ होला । हजुरसँगको अन्तरक्रिया फलदायी भएको लामिछाने माड सापले जानकारी दिनुभएको थियो ।
कोभिडको बेला अनलाइन जुममा मैले तपाइलाई प्रश्न गरेको थिएँ हजुरले जम्मै कथा द्वन्द्वका लेख्नुभयो शान्तिका कथा कहिले लेख्ने भनेर त्यो बेला ।
अहिले समाज यति अशान्ति भएको बेला हजुरलाई भित्र खोरमा नै राखे पनि त्यो जति शान्ति अन्त छैन दाजु । अहिले गृह मन्त्रालयले निर्णय गरेर जेलमा विपश्यना चलाउने भनेको छ । घरहरू निर्माण हुँदै छन् । मैले भनेजस्तै विपश्यनामा । जेलैमा भए पनि बस्न परो दाजु पहिला आफैलाई शान्ति राख्नुपर्यो ।
आज म खुलेर लख्छु । मलाई २०६६ सालमा किन प हो आफ्नो पुरानो जीवमा फर्किए सबै दुःखका पहाड मात्रै छन् । दारु खाएर नेपालगन्जमा आफ्नै भाइले पिट्यो । आज बेकुफ त्यो बेला दार खान छुटाइदिनु पर्ने भन्दे छरे । आफूलाई शिक्षाका कारण हीनताबोध जगायो जसलाई अङ्ग्रेजी शब्द फ्रस्टेसन डिप्रेसन बनायो । म कसैलाई भन्न सक्दैनथे तर म साथी छोड्दैनथेँ कारण बाटोमा हिन्दा हिन्दै ढलेपछि त अस्पताल लिन्छन् नि त । मैले एक महिना योग गरे बिहान तीन बजे उठेर जान्थेँ । खजुरा शान्तिनगरदेखि भैरव स्थानसम्म । नाताले मामा किरण पन्तले योग चलाउनु भएको थियो । मैले एक महिना योग गरेपछि मैले दैनिक कामको लयमा मन र शरीरलाई ल्याएँ । काठमाडौँ आएको बेला २०६८ जेठमा म मानसाग्नीलाई भेट्न गएँ यो समस्या खुलेर राखेँ । मानशाग्नीले प्रपन्नाचार्य भेट्न सल्लाह दिनु भयो । मैले स्वामी प्रपन्नाचार्य पनि भेटे । मैले भने मलाई काले राई स्वामी प्रपन्नाचार्य कसरी भए थाहा छ त गुरु भनेर भनेँ । थाहा भए पनि गएर भेट्न भन्नुभयो । एक राजपरिषद्को सदस्य आश्रममा गएर खुम्चनु पर¥यो कतै विचलित भएनन् । मलाई मानशाग्नीले पुनर्जीवन दिनुभयो विपश्यनामा यो लेखक हो भनेर सिफारिस गरिदिनुभयो । म लुकेर बसेको थिए डा. दीपक र म सुर्खेतमा गर्ने राष्ट्रिय साहित्य महोत्सवको रकम जम्मा गर्न आएका थिएउँ । त्यो बेला मैले पत्रकारिता तालिम पाएँ हजुर जानु म पछि आउने भएँ भनेर ठगेर बसेको थिए ।
मलाई विपश्ना गरेपछि म नै संसार हाँक्न सक्छु भन्ने इच्छाशक्ति पलायो । मैले सुर्खेतमा भएको त्यो सात दिनको कामको भिडलाई रातदिन मैले समाल्न सके । उसरी हामी हजारकै मूल आयोजक समितिमा थियौँ, उप समिति पनि थुप्रै थिए । जिम्मेवारी भन्ने कुरा जिम्मेवारी हो सातै दिन आयोजक मूल सदस्यको १५ जना सचिवालयको नाताले मैले छोड्न मिल्दैनथ्यो । हामीले आआफ्ना काम बाँडेको थियौँ । मेरो जिम्मा जनसम्पर्क र पाहुनालाई आवासको व्यवस्थापन थियो ।
देशभरिका साहित्यकारलाई मैले निम्ता दिएको थिएँ । तेरो सम्पर्क बलियो छ कसैलाई नछुटाएस् भनेर संयोजक डा दीपक गौतमले भन्नुभएको थियो । । यहाँसम्म कि दार्जिलिङ इन्द्रबहादुर राईसम्मलाई निम्ता दिएर संवाद गरेको छु । प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन उपकुलपति गङ्गाप्रसाद उप्रेतीलाई नेपालगन्जबाट मैले रिसिभ गरेर लिएको थिएँ । तत्कालीन मध्यपश्चिमका पशु निर्देशनालयका निर्देशक अमर शाहले आफ्नै गाडीमा उपकुलपतिलाई ल्याइदिनुभएको थियो । कहिलेकाहीँ व्यक्ति रोजगारीको सिलसिलामा जागिर एक क्षेत्रको हुन्छ । रुचि अर्कै हुन्छ अमर शाह पनि कथाकार हुनुहुन्छ अस्ति मात्रै उहाँलाई मध्यपश्चिम साहित्य परिषद्ले सम्मान गरेको छ । त्यसैले म पनि अहिले ठुला बडा भन्नेलाई भेट्दैन दाजु म भुईँ मान्छेलाई भेट्छु । जो जसलाई भुईँको सुगन्ध थाहा छ । म अहिले गाउँ गाउँमा जान्छु फेसबुके हल्ला गर्दैन दाजु एक दुई वर्षमा तत्कालीन मध्य र सुदूर आजको लुम्बिनी कर्णाली र सुदूरपश्चिमको भूगोल घुमेर सक्ने योजना छ । हल्ला किन गर्नु काम गर्ने हो दाजु ।
मैले हजुरको गनाएको चामल पढेको छु र पौ९मा शून्य समयमा त्यही कथा वाचन गरेको छु । बाख्राको खोर भित्रको घर पढेको छु । मानौँ हजुरका सबै कथा आद्योपान्त पढेको छु । मात्रै भेटघाट पातलो भएको हो । हजुरको भेटघाट गर्ने लिएर पनि हजुरको आफ्नै खालको भएकाले हामी बेलामा भेट नभएको मात्रै हो । एउटा सल्लाह अलिकता स्वभाव परिवर्तन गर्नु पर्ला हजुरलाई तलका मान्छेले पनि भेट्न खोजेका हुन्छन् । पुलिसको जागिर एक घर व्यवहार चलाउन खाइएको थियो । खासमा म त्यही गाउँको एक भुईमान्छे हुँ भन्ने नबिर्सनुहोला सानालाई प्रेरणा दिनुहोला । नभए म चार कक्षामा पढ्दाको हजुरको साइकल चलाएको लहरमा हिँडडुल गरेको सबै याद छ त तर भेट घाट प भएको थिएन अझै पनि कहिले काहीँ त म अमरावतीको बाहुन भाइ भनेर चिनाउनुपर्छ । ध्यान पनि कति रहोस् देश भरीकालाई चिन्नु छ ।
म हजुरलाई जानकारी नआएको एउटा कुरा गर्छु मैले २०५७ सालमा बुबालाई मलाई सानो काम कतै लगाइदिनु प¥यो भनेपछि जग्गा कति छ ? बरु म सस्तोमा जापान पठाई दिउँला जग्गा कति छ धितो राखेर भए पनि भन्नुभयो । त्यो समय द्वन्द्व थियो गाउँमा बस्न असहज भएकाले बुबा धनगढी वा काठमाडौँ लाई रमाना हुनु भएको थियो । त्यो बेला मतिले काम गरेर जापान गएको भए । म आज कहाँ हुन्थेँ होला कहिले काँहि आफैmलाई प्रश्न पनि गर्छु ।
अब रह्यो हजुर भ्रष्टाचारी भएको खबर कलङ्क कहिले काहीँ लाग्छ दाजु कहिलेकाहीँ नखाएको विष पनि लाग्छ । सबैलाई हजुरले पनि खुसी नबनाउनु भएको हुन सक्छ । शत्रु कथा पढ्नै भएको होला ।
मैले हजुरलाई भनेको थिएँ दाजु फैसलाले सजाए तोके पछि जे तोके पनि विचलित नहुनुहोला । तपाइलाई यो दुईचार रुपैयाँ मा दायाँ बायाँ गर्नुपर्ने म देख्दैन । एक संस्कार हुन्छ । सुरतबहादुर शाहको संस्कार र त्यो वंशको सन्तानले यो कर्म गरिरहनु पर्दैन । डुडेझारी टीकापुर रोडमा भएको अरूले लगाउने दशौँ बिगाहा जमिन आफूले खेती लाउन नसकेर अरूले खेती लाएका कसले देख्नु दाजु ।
मैले महेशविक्रमको बचाउमा यो लेखेकै हैन । सबैले बलेको आगो ताप्छन् दाजु । म उमेरले सानो भए पनि अलिकता यो आत्तिने डराउने बानीबाट म मुक्त भएकाले हजुरलाई म लेख्दै छु । म वर्षैदेखि विपश्यना गर्छु त्यसले सिकाउने भनेको बर्तमानमा बाँच्न दाजु । हामी गएको समयको व्याख्या गरी रमाउँछौँ । आउने समयको व्याख्या गर्छौँ । तर वर्तमानमा राम्रो र आज र अहिलेको समयमा बाँच्दैनौ । हामी बाँच्नु पर्ने भनेको अहिलेको समयमा हो ।
विपश्यनामा एक प्रवचन छ । दाजु एक जना कैदी सात वर्षमा निर्दोष साबित हुन्छ । तर उसले भन्छ म निर्दोष थिएँ भने आजसम्मको मेरो खाना पिना निन्द्रा किन हराम गरिस् प्रकृति भन्छ । त्यस्तै गरी हजुरको हातमा हतकडी लगाएर लग्यो भने पनि एक रति विचलित नहुनुहोला भनेर मैले जसरी भनेको थिएँ त्यो विचलित नहुनुहोला । सिङ्गो मान्नमी हजुरका विरुद्धमा भए पनि मेरो धारणा बदलिएन हिजोको जो महेशविक्रम हो मसँग अहिले यो फैसला सुन्दा पनि मेरो धारणा बदलिएको छैन ।
म हिजो कता कता व्यस्त भएँ दाजु अनि त्यो पूर्ण पाठमा के आयो जानकारी नपाएको अहिले मैले केही समाचारका लिङ्क हेरे तै पनि मेरो धारणा बदलिएको छैन । हजुरले कुनै हालतमा विचलित नहुनुहोला हतकडी लाएर लिएछ भने पनि हाँसी खुसी जानुहोला । एक दिन सत्यको विजय हुनेछ । त्यो दिनसम्म पर्खनु पर्छ एक दिन हजुर निर्दोष साबित हुनुहुने छ । मलाई आत्मविश्वास छ । जो हजुरको भनाई पनि नराखी एकतर्फी समाचार लेख्नेहरू स्कुप मार्ने समाचार लेख्नेहरू भोली लज्जित हुनेछन् । धैर्य गर्नुहोला दाजु । सबैले बलेको आगो ताप्छन् दाजु धारणा बदल्छन् म निभेको आगो पनि ठोस ठास गरेर बाल्ने प्रयत्न गर्छु फरक यही हो । म घर गएको बेला बुबा मुवालाई भेटेर केही नआत्तिनुहोला भनेर सम्झाएर आएको छु मैले हजुरलाई भनेको थिएन यही पत्र मार्फत भन्दै छु ।
हो समाजको प्रतिष्ठित मान्छे एकै पलट यस्तो सन्देश बाहिर जाँदा धारणा बदल्नु स्वाभाविकै हो ।
यो धारणा पनि समय अनुसार हुन्छ । अहिले धारणा बदलेकालाई धारणा फेरी अर्को सकारात्मक धारणा बनाउनलाई समय लाग्छ दाजु । विचलित नहुनुहोला आजको ब्रम मुहूर्तमा हजुरको सजायको समाचार पढेँ । मलाई कुनै तरङ्गित बनाएन मैले विश्वास गरेको छु । महेश दाजु एक दिन निर्दोष साबित हुनुहुने छ । भलै हजुरले त्यो तीन वर्ष खोरमा बस्नु परे पनि हामी धारणा बदल्ने छैनौ अहिलेका भन्दा उम्दा कथा लेखेर समाज रुपानन्त्रणमा एक इँटा अरू थप्नुहुने छ भन्ने लागेको छ ।
महेशविक्रमलाई म के सुझाव दिन सुकला तर आजको बिहानको लेखाई यस्तै रह्यो । मेरो आग्रह छ आमा बुबा पनि विचलित नहुनुहोला । उहाँको बारेमा विद्यावारिधि गरिसहनु भएका शोधार्थीले पनि धारणा नबदल्नुहोला । मनमा कहिलेकाहीँ लाग्न सक्छ मेरो शोध नायक पनि यस्तो …भन्ने त्यो एक रति मनमा नलिनुहोला आफ्नो काम गर्दै गर्नुहोला । हाम्रो धर्म भनेको निभेको आगो बाल्ने हो । बलेको आगो ताप्ने आगो निभेपछि झन् पानी खन्याउने हैन । नकारात्मक लेख लेख्ने समाचार कसले के लेख्छ त्यो पनि खोजी नगर्नु होला । त्यसले आकाश खस्दैन धर्ती भासिँदैन दाजु । मात्रै मनलाई शान्ति राख्नुहोला । अहिलेलाई बिदा मागे दाजु । शुभ बिहानी ।
उही अज्ञानी भाइ वाशिष्ठ
अल्प विद्या भयंकरम
सरगम निवास, कीर्तिपुर
२०८० पुस २६ बिहान ब्रह्म मुहूर्त