07
Mar
खिलानाथ ढकाल काठमाडौँ, २३ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल काङ्ग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको दुई दिनपछि बुधवार मन्त्रिपरिषद् विस्तार गरे। मन्त्रिपरिषद् विस्तार गर्दा उनले १६ जना मन्त्री थपे। यसअघि नियुक्त भएका तीन जना मन्त्रीलाई दाहालले मन्त्रालयको जिम्मेवारी दिए। थपिएका सबै मन्त्रीले शपथ खाएसँगै दाहाल मन्त्रिपरिषद् २० सदस्यीय भएको छ। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धन बन्दा यी सबै पार्टीबाट मन्त्रीहरू सहभागी बनेका छन्। ८ बुँदे सहमति गर्दा नयाँ गठबन्धनमा सामेल भएको दल जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी छैन। जसपाले सरकारमा जाने-नजाने वा समर्थन गर्ने/नगर्नेबारे ठोस निर्णय…