Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा

सहर पसेपछि आफ्नो जन्मथलो बिर्सने गरिन्छ । अझ आफ्नो पेसा र व्यवसायमा व्यस्त भएपछि  आफ्नो गाउँघरको कुरा गर्ने फुर्सत पनि हुँदैन । तर त्योभन्दा फरक जीवनशैलीमा क्रियाशील छन् काठमाडौँ नयाँबजारका औषधि व्यवसायी रेसम श्रेष्ठ ।
व्यक्तिगत समस्या तथा जीवन चलाउन औषधि व्यवसायमा संलग्न रहे गरे पनि उनको पुरै ध्यान आफ्नो गाउँतर्फ नै हुने गर्दछ  । गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य सेवाको विभिन्न पाटाहरूमा उनी सक्रिय भइरहेका हुन्छन् ।
‘जन्मेको गाउँको विकास हुनुपर्दछ, त्यहाँमा मानिसहरू सक्रिय हुनुपर्दछ’ भनेर समाजसेवी श्रेष्ठ आफ्नो गाउँमा लामो समयदेखि औषधि पसल खोल्दै आए । वि.सं. २०५९ सालमा केही साथीहरूसँग मिलेर आवश्यक प्रक्रिया पुरा गरी हेल्थ सेन्टर पनि उनले खोले । सुरुमा अनुभव नहुँदा सानो औषधि पसल सञ्चालन गरे पनि त्यसलाई व्यवस्थित रूप दिन हेल्थ सेन्टर खोलेको उनी बताउँछन् ।
गाउँको स्वास्थ्य सेवामा सुधार ल्याउन कसरी क्रियाशील भइरहनु भएको छ ? भनेर प्रश्न गरिदा उनी भन्छन्, ‘गाउँमा सिटामोल पाउन पनि गारो थियो । अस्पताल निकै टाढा टाढा हुन्थ्यो । आफ्नो गाउँको स्वास्थ्य समस्या देखेर पनि स्वास्थ्यको पढाइ सुरु गरेको हु ।’ उनी भन्छन्, ‘गाउँमा कुनै बिरामी भयो भने स्टेचरमा बोकेर घन्टौ टाढा लग्नुपर्ने बाध्यता देखेर पनि त्यस प्रकारको काम सुरुवात गरेको हुँ ।’
समाजसेवी श्रेष्ठ भन्छन्, ‘थुप्रै युवाहरू विदेश पलायन भई रहेका छन् । बाँकी रहेकाहरूलाई स्वास्थ्यमा समस्या आउँदा निकै दुःख पाइरहेको अवस्था छ । सामान्य रुघा घोकी जोरो आउँदा पनि ५०० रुपैयाँको औषधि खर्च हुन्छ भने १५००/२०००को ज्याला बेहोर्नुपर्ने अवस्था हुन्छ । त्यो ज्यालाको पैसा पनि जाँड रक्सी खाएर सक्ने अवस्था थियो । यस प्रकारका नराम्रो चलनलाई मेट्न पनि स्वास्थ्य तथा परामर्शको आधारमा सुधार गर्न सक्दो भूमिका निर्वाह गर्दै आइरहेको छु ।’
काठमाडौँमा स्वास्थ्यको क्षेत्रमा क्रियाशील भए पनि आफ्नो गाउँमा भनेजस्तो सुधार गर्न नसक्दा समाजसेवी श्रेष्ठ त्यति सन्तुष्ट छैनन् । तालकोट सेवा समाज नामक संस्थाबाट पनि उनी गाउँको सुधार तथा विकासको क्षेत्रमा सक्रिय छन् ।  गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य तथा कृषि क्षेत्रका विभिन्न पक्षहरूमा उनी क्रियाशील भइरहेका छन् ।
सुन्तला, फलफूल खेती लगायत कृषिको क्षेत्रमा केही फड्को मार्न खोज्दा पनि सबै सहर केन्द्रित हुँदा सोचेअनुसार सफलता प्राप्त गर्न सकेको अवस्था छैन । गाउँको जमिन उजाड भएको अवस्था छ । कृषिमा सुधार हुन सकेको अवस्था छैन । तर पनि समाजसेवी श्रेष्ठ भन्छन्, ‘हामी सामाजिक प्राणी हौ त्यसैले सामाजिक तथा विज्ञानको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहनुपर्दछ । विभिन्न आपत् विपत् आउँदा अरूको मुख ताकेर होइन आफै सक्षम हुनुपर्दछ ।’  यही भावनाका साथ उनी तथा उनको संस्थाले विद्यालय लगायत विभिन्न भौतिक संरचनाहरू निर्माण गर्दै आएको अवस्था छ । त्यस्तै विभिन्न राहत तथा विकासका कार्यक्रमहरू समेत गर्दै आएको अवस्था छ । उनी भन्छन्, ‘अरूको कुरा सुनेको भरमा पछि लागि हाल्ने बानीले पनि दुख पाएको अवस्था छ । त्यसैले यस प्रकारको व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।’
व्यवसायी श्रेष्ठको मिठो बोली र व्यवहारबाट पनि नयाँ बजारमा उनको औषधि व्यवसाय फस्टाएको अवस्था छ । उनी भन्छन्, ‘काम गर्ने शैलीले पनि नयाँ बजारमा मेरो औषधि पसल फस्टाएको हो  । सम्भव भए सम्म कम खर्चमा सेवाग्राहीले सुविधा पाउनुपर्दछ भन्ने मान्यता राख्दछु । अनि सरकारी अस्पतालमा उपचार गराउन सुझाव दिन्छु । यी सबै कारणले पनि उनी आफ्नो व्यवसायमा लोकप्रिय हुँदै गएको उनी बताउँछन् ।
महँगो स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन के गर्नुपर्दछ ? भनेर प्रश्न गरिदा उनी भन्छन्, ‘सबै वडाहरूमा हेल्थ पोस्टहरू स्थापना गरेर दक्ष जनशक्तिको निर्माण गर्नुपर्दछ । उचित अनुगमन हुन नसक्दा पनि उपभोक्ताहरूले आवश्यकताअनुसार सुविधा पाउन सकेको अवस्था छैन । औषधिहरू राम्रा हुन कि होइनन्, कर्मचारीहरूले राम्ररी काम गरेको छ कि छैन लगायतका कामहरूलाई दुरुस्त हुनुपर्दछ । यो क्षेत्रमा सरकारको विशेष भूमिका हुनुपर्दछ । त्यो भयो भने मात्र आम जनताको स्वास्थ्य क्षेत्रको आर्थिक भारलाई कम गर्न सकिन्छ ।’
वि.सं.२०२९साल चैत्रमा साबिकको गोरखाको तालकोट र हाल बारपाक वडा नं.६मा जन्मिएका रेसम श्रेष्ठ सानैदेखि कृषि पेसा नै व्यस्त रहे । नजिकै स्कुल भए पनि गाउँमा शिक्षाको वातावरण थिएन । कृषिबाट नै सबै गुजारा चल्छ भन्ने भावनाले पनि पढाइमा ध्यान गएन ।  साथीहरू अलि ठुला मान्छे भएको देखेपछि मात्र पढ्नुपर्दछ भन्ने भावनाको विकास भएको उनी बताउँछन् ।
 १६÷१७ वर्षको उमेरमा मात्र श्रेष्ठको प्राइमरी स्कुलको सुरुवात भयो । ठुलो परिवार थियो । घर चलाउन गारो थियो । कृषिले मात्र बाच्न गारो थियो । किसानको छोरो भएका कारण आर्थिक कठिनाइको सामना गर्नुपर्‍यो । त्यति बेला १०/१२ हजार जुटाउन पनि गारो कुरा थियो । अभिभावकसँग पनि माग्ने अवस्था थिएन । तर पनि निकै आर्थिक कठिनाइका बाबजुद पढाई पुरा गरेको उनी सुनाउँछन् ।
एसएलसीको पढाई पछि श्रेष्ठले अहेवको पढाई पुरा गरे । सेभ त चिल्ड्रेनमा काम गर्दै उनले थुप्रै अनुभवहरू समेत बटुल्दै गए । सामाजिक भावनाका विकास हुँदै गयो । अहिले पनि उनी काठमाडौँ, नयाँबजारमा रहेको मनासलु फार्मेसीको नामबाट औषधि व्यवसायमा लागेका छन् । ‘तर मन त गाउँमै छ’, उनी भन्छन् । आफ्नो जन्मथलोलाई अझ राम्रो बनाउनुपर्दछ भन्ने उच्च भावनाका साथ आफ्नो बाँकी जीवनमा प्रयासरत रहिरहने उनी बताउँछन् ।
(समाजसेवी रेशम श्रेष्ठसँग कुराकानीमा आधारित / समीर सिंह)

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...