24
Mar
काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा भारत र जर्मनी आमने सामने भएका छन् । केजरीवालको पक्राउ बारे जर्मन विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेपछि भारतले आपत्ति जनाउँदै आन्तरिक मामलामा टिप्पणी नगर्न चेतावनी दिएको हो । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई दिल्लीको मदिरा नीतिमा कथित भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । शुक्रवार, अदालतले उनलाई सात दिनको लागि ईडी हिरासतमा पठाएको थियो । यस प्रकरणमा जर्मनीले टिप्पणी गरेपछि भारतीय विदेश मन्त्रालयले शनिवार बिहान नयाँ दिल्लीस्थित जर्मन दूतावास नियोगका उपप्रमुख जर्ज एन्ज्वेलरलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको…