Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 2024 - Page 7 of 18 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: March 2024

मस्कोमा आतङ्कवादी हमला, ४० को मृत्यु

मस्कोमा आतङ्कवादी हमला, ४० को मृत्यु

मस्को, ९ चैत । रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला भएको छ ।  सो आतङ्कवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो सङ्ख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाइते भएका छन् उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो। सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो। सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको छ । मस्कोस्थित अमेरिकी दूतावासले भिडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रुसले कनेक्सन खोजिरहेको जनाइएको छ। 
Read More
केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रवार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ । बिहीबार राति मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी) ले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो । 
Read More
कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारले भेटे श्रम मन्त्रीलाई

कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारले भेटे श्रम मन्त्रीलाई

काठमाडौँ, ९ चैत । कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई भेटेका छन्। शुक्रवार मन्त्रालयमा नै पुगी पीडित पत्रकारले कान्तिपुर मिडियाले श्रम शोषण गरेको भन्दै न्याय दिलाई दिन आग्रह गरेका हुन्।  नियुक्तिको मितिदेखि श्रमजीवी पत्रकार ऐन, नियमावली तथा श्रम ऐन र नियमावली बमोजिम पाउनुपर्ने पारिश्रमिक, सुविधाहरू तत्काल भुक्तानीका लागि व्यवस्थापनसँग पहल गरिदिन उनीहरूले आग्रह गरेका छन्।  कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेको छैन। ऐन कार्यान्वयन नहुँदा आफूहरू श्रम शोषणमा परेको कान्तिपुर आन्दोलन संयोजन समितिका संयोजक टिका प्रधानले बताए। उनीहरूले नियुक्तिको मितिदेखि नै कानुन अनुसार पाउनुपर्ने सुविधा आंशिक मात्र पाइरहेको गुनासो…
Read More
माओवादीले तोक्यो १६ इन्चार्ज

माओवादीले तोक्यो १६ इन्चार्ज

काठमाडौँ, ९ चैत । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।  माओवादी केन्द्रले शुक्रवार १३ जिल्ला र काठमाडौँ र ललितपुर महानगर र हेटौँडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।  १) रसुवा–कल्पना शर्मा२) धादिङ–पुष्पविक्रम मल्ल ३) चितवन–घनश्याम दाहाल ४) मकवानपुर–विजय गौतम ५) सिन्धुली–बुद्धिमान माझी ६) रामेछाप–श्यामकुमार श्रेष्ठ ७) दोलखा–विशाल खड्का ८) काभ्रेपलान्चोक–तेजबहादुर मिजार ९) सिन्धुपाल्चोक–केशव नेपाल १०) नुवाकोट–हिरानाथ खतिवडा११) काठमाडौँ–सूर्य सुवेदी पथिक१२) ललितपुर–हरि दाहाल १३) भक्तपुर–दिलीप प्रजापति १४) काठमाडौँ महानगर–मुक्तिनारायण प्रधान १५) ललितपुर महानगर–राजकाजी महर्जन १६) हेटौँडा उपमहानगर–प्रह्लाद लामिछाने
Read More
नेपाल विश्व खुसी सूचकाङ्कमा ९३औँ स्थानमा

नेपाल विश्व खुसी सूचकाङ्कमा ९३औँ स्थानमा

काठमाडौँ । विश्व खुसी प्रतिवेदनमा नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार १४३ देशहरूमध्ये खुसी सूचकाङ्कमा नेपालले ९३औँ स्थानमा रहेको हो । सो प्रतिवेदन अनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्यान्ड छ । फिनल्यान्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । त्यस्तै फिनल्यान्डपछि प्रमुख डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।  त्यस्तै यस सूचीमा छिमेकी देश चीन ६०औँ स्थानमा रहेको छ भने भारत १२६औँ स्थानमा रहेको छ । त्यस्तै यस सूचीको पुछारमा अफगानिस्तान रहेको छ । उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टर,…
Read More
अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौँ, ९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ । गृह मन्त्रालयले बिहीबार यसअघि चैत्र ६ मा तयार गरिएको परिपत्रको मस्यौदालाई सच्याएर परिपत्र गरिएको जानकारी दिएको छ । यसअघि पठाइएको २१ बुँदे निर्देशनको दुई नम्बर बुँदामा सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण सम्बन्धी उल्लेख गर्दै त्यसमा अनलाइन न्युज पोर्टल समेत उल्लेख गरिएको थियो । सार्वजनिक भएको निर्देशनमा अनलाइन न्युज पोर्टल, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल, आधारहीन, भ्रामक सन्देशहरू प्रचार प्रसार गर्ने, जातीय…
Read More
भारतको बिहार, जसको बारेमा तपाइलाई धेरै कुरा थाहा नहुन सक्छ

भारतको बिहार, जसको बारेमा तपाइलाई धेरै कुरा थाहा नहुन सक्छ

काठमाडौँ, ८ चैत । बिहारको नाम सुन्दा जनताको मनमा निकै गरिब र पिछडिएको राज्यको तस्बिर उभिन्छ । अवस्था यस्तो छ कि आज जब बिहारको कुरा आउँछ, मानिसहरू यसलाई घृणाको नजरले हेर्न थाल्छन्, तर महत्त्वपूर्ण कुरा यो हो कि यो राज्यलाई माया होस् वा नहोस्, कसैले यसलाई बेवास्ता गर्न सक्दैन। १. विश्वको सबैभन्दा ठुलो बाइफाई क्षेत्र बिहारको राजधानी पटनामा छ। यसले करिब २० किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको सहयोगमा पटना एनआईटीदेखि दानापुरसम्मका मानिसहरूले निःशुल्क इन्टरनेट चलाउन पाउँछन्। २. कसैले सही भनेका छन् गरिबीको भट्टीमा परिश्रम गरेर मानिस महान् बन्छ । बिहारमा सबै गरिबीको बाबजुद पनि यस राज्यबाट धेरै अधिकारीहरू बाहिर आएका…
Read More
सहकारी पीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

सहकारी पीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

काठमाडौँ, ७ चैत । कास्कीको पोखरास्थित  सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरूको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् ।  प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सूर्य दर्शन बचत पीडित सङ्घर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले दिएको निवेदनमा आफूहरूको निक्षेप फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।  बिहीबार समिति सभापति रामहरि खतिवडालाई बुझाएको निवेदनमा जिम्मेवार निकाय मौन बसेको र ठगीमा संलग्नहरू सबै पक्राउ नपरेकाले आफूहरूलाई न्याय दिलाउन माग गरिएको छ ।  सूर्य दर्शन संस्थाले १८ हजार सात सय बचतकर्ताको एक…
Read More
गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न काँग्रेसको अल्टिमेटम

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न काँग्रेसको अल्टिमेटम

काठमाडौँ, ७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ। बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्। ‘गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा ।…
Read More
दुई अश्वेत माथि रङ्गभेद गर्ने ६ गोरा अमेरिकन अफिसरलाइ २० वर्ष जेल

दुई अश्वेत माथि रङ्गभेद गर्ने ६ गोरा अमेरिकन अफिसरलाइ २० वर्ष जेल

न्युयोर्क, ७ चैत । मिसिसिपी यातना मुद्दामा पूर्व प्रहरी अधिकारीलाई २० वर्षको जेल सजाय सुनाइएको छ । मिसिसिपीका पूर्व प्रहरी अधिकारी हन्टर एलवर्डले उनीहरूको घरमा पुगेर दुई अश्वेत पुरुषलाई यातना दिएको मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो। यसरी जेल सजाय सुनाइएका अफिसरमध्ये एलवर्ड पहिलो नम्बरका हुन्। समाचार अनुसार उनीहरूले अश्वेत पीडितहरूलाई उनीहरूको घरमा पुगेर कुटपिट गरेका थिए भने स्टन गन देखाएर तर्साउने कामसमेत गरेका थिए । त्यति मात्रै होइन, सन २०२३ मा बिना वारेन्ट भित्र पसेका ती गोरा अधिकारीहरूले यौन दुर्व्यवहारसमेत गरेका थिए, जसमध्ये एकको मुखमा गोलीसमेत लागेको थियो। सो घटनाको भिडियो सार्वजनिक भए पछि यो ठुलो बहसको विषय बनेको थियो  । र, दबाब…
Read More