Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
साहित्य Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement

साहित्य

लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण

लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण

  आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा 'रानाथारु भाषा व्याकरण र शब्दकोश' प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रा. डा. दुविनन्द ढकालले गर्नुभएको थियो ।उहाँले 'रानाथारु भाषाको व्याकरण र शब्दकोश'ले रानाथारु समुदायको भाषा र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने , लेखनमा शुद्धता र लिपिबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।  विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मातृभाषा,कोष तथा व्याकरण…
Read More
कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत 

कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत 

 काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। कुलपति भूपाल राईले 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार' जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' डोट्याली भाषाको साहित्यिक पत्रिका 'गुगुल्डी' मासिकका सम्पादक वीरबहादुर चन्दलाई अर्पण गर्नुभयो। उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ र ताम्रपत्र रहेको छ।   यस क्रममा कुलपति राईले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म समावेशीकरण भएकाले…
Read More
टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न 

टुक्का सर्जक भेटघाट तथा टुक्का सङ्ग्रह’काव्य कलश’को लोकार्पण सम्पन्न 

 काठमाडौँ । कविताको लघुतम रूपमध्ये टुक्का कविता पनि एक हो ।२०७७ साल साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो।यस सिद्धान्तलाई आत्मसात् गर्दै टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का कविता सङ्ग्रह ‘काव्य कलश’ लोकार्पण कार्यक्रमको आयोजना भयो।  प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी लगायतले 'काव्य कलश'को संयुक्त रूपमा अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा हलमा लोकार्पण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुन सक्छ। यसैले प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको…
Read More
विचार चौतारीमा वर्गीय पहिचानको चर्चा 

विचार चौतारीमा वर्गीय पहिचानको चर्चा 

असार १४, काठमाडौँ । समावेशिताको कानुन बनाउँदा वर्गीय पहिचान धरापमा पर्दै गएको विचार चौतारीमा तर्क उठेको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको ८०औँ शृङ्खलाको अवसरमा सो तर्क उठेको हो । असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रम प्रति टिप्पणी गर्दै प्रलेसका पूर्व अध्यक्ष डा.मधुसूदन गिरीले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ, हिजो प्रलेसको विचार चौतारी( परिसंवादको परिवर्तित नाम) को८० औँ शृङ्खलामा ' नेपालको गणतान्त्रिक आन्दोलनमा लेखकहरूको भूमिका ' शीर्षकमा वरिष्ठ वामपन्थी लेखक तथा प्रगतिशील लेखक मोहनविक्रम सिंहले कार्यपत्र र प्रा डा जीवेन्द्रदेव गिरीले टिप्पणी गर्नु भयो । उक्त कार्यक्रममा ललित कला…
Read More
साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह  

साहित्यकारहरूको उच्च दार्शनिक तथा वैचारिक स्तर हुनुपर्दछ ः मोहनविक्रम सिंह  

असार १३, काठमाडौँ । साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माण गर्ने महान् जिम्मेवारी भएको प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले बताउनुभयो । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजित ८०औँ शृङ्खलाको अवसरमा वहाँले सो धारणा राख्नुभएको हो । असार १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रममा साहित्यकार मोहनविक्रम सिंहले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती तानासाही शासनको अन्त्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा राजनीतिक दलका साथै साहित्यकार, बुद्धिजीवीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै वहाँले राजनीतिक रूपले आन्दोलन सञ्चालन गरेर मात्र प्रतिगमनका विरुद्धको आन्दोलन सशक्त रूपले अगाडि बढ्न वा प्रतिगमनमाथि निर्णयात्मक विजय प्राप्त गर्न…
Read More
कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण

कवयित्री रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रहको लोकार्पण

काठमाडौँ।२०८२ असार १ गते । ओखलढुङ्गाका कवयित्री रेणुका श्रेष्ठद्वारा रचित 'भावनाका लहरहरू' बाल कविता सङ्ग्रहको लोकार्पण प्रमुख अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभएको छ । प्राज्ञ धमलाले 'भावनाका लहरहरू'मा समाज भनेको विविधताको सौन्दर्य हो ।कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो। कृति समाजका साहित्यिक ,सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको कुरा ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि धमलाले बताएका हुन् ।उनले 'भावनाका लहरहरू' बाल कविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी ,सरल र सटीक रहेको बताए। कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए । कार्यक्रममा अतिथि स्रष्टाहरू…
Read More
स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ। पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ। त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको…
Read More
लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न 

लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न 

  * जयराम बिडारी   फागुन २४, काठमाडौँ । लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रूपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक समय अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रमको सम्पन्न सो कार्यक्रममा रेणु अधिकारीको  ‘मौनता’ कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ परिचर्चा गरी सम्पन्न गरिएको थियो ।  राजधानीस्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि हुनहुन्थ्यो ।  प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी…
Read More
आमालाई चिठी परिचर्चा कार्यक्रममा तेर्सिए थुप्रै प्रश्नहरू 

आमालाई चिठी परिचर्चा कार्यक्रममा तेर्सिए थुप्रै प्रश्नहरू 

काठमाडौँ । चिठी साहित्यमाथि केन्द्रित हुँदै तयार पारिएको कृति आमालाई चिठीको परिचर्चा कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । साहित्यकार केशव नेपालको सो कृतिमाथिको परिचर्चा कार्यक्रम, नयाँ बजारस्थित ज्ञानशाला अनुसन्धान कार्यक्रमले आयोजना गरेको थियो । क्रान्तिप्रतिको निष्ठा र आशावादले भरिपूर्ण कृति, आमालाई चिठी लेखक नेपालको २२औँ कृति हो । क्रान्तिकारी सोच, विचार र भावना भएकी पात्र मुनाको चुनौतीपूर्ण यात्रालाई केन्द्रमा राखेर कृतिलाई कलात्मक रूप दिने प्रयास गरिएको, परिचर्चा कार्यक्रममा लेखक नेपालले बताउनु भएको थियो । पद, प्रतिष्ठा र पैसाको लालच देखाएर कृतिको प्रमुख पात्र मुनालाई आत्मसमर्पण गर्न खोजिन्छ तर उनी आफ्नो क्रान्तिकारी आदर्शका साथ निरन्तर रूपमा लडिरहन्छिन् । परिचर्चा…
Read More
प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? 

प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? 

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको तेर्हौ सम्मेलन चैत्र २३ र २४ गते काठमाडौँमा हुँदै छ । राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा देशका विभिन्न जिल्लाहरूमा धमाधम सम्मेलन भइरहेका छन्  । ज्ञानघरलाई प्राप्त जानकारी अनुसार हालसम्म ३२ वटा जिल्लामा सम्मेलन भइसकेका छन् । बाँकी जिल्लाहरूमा छिटै सम्मेलन सम्पन्न गरी प्रदेश सम्मेलन सम्पन्न हुनेछ । हालसम्म सम्मेलन भइसकेका जिल्लाहरू- कोसी प्रदेश १) झापा २) सुनसरी ३ं) तेह्रथुम ४) भोजपुर मधेस प्रदेश ५) महोत्तरी ६) रौतहट ७) सिराहा ८) धनुषा बाग्मती प्रदेश ९) काभ्रे १०) चितवन ११) ललितपुर १२) भक्तपुर १३) मकवानपुर १४) सिन्धुली १५) धादिङ गण्डकी प्रदेश १६) कास्की १७) गोरखा १८) लमजुङ…
Read More