health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

दर्शनशास्त्रको एउटा हाँगा हो – तत्त्व शास्त्र | अङ्ग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीन वटा विभाग छन् : सृष्टि शास्त्र, ईश्वर शास्त्र र मन शास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफूलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मन शास्त्रको काम चाहिँ चेतनाको अध्ययन गर्ने हुनाले दर्शनशास्त्र अन्तर्गत नै पर्छ |
सृष्टि शास्त्रमा ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको उत्पत्ति, जीव-निर्जीवको उत्पत्ति आदि विषयहरूको प्रमाणिक उत्तर खोज्ने प्रयत्न गरिन्छ | यो पनि मूलतः दुई भागमा विभाजित छ भौतिकवाद र चेतनावादी | भौतिकवादले विश्वलाई पूर्णतया प्राकृतिक घटना मान्छ भने चेतनावादीहरूले विश्वको रचना कुनै चेतन तत्त्वले गरेको ठान्छन् |
सृष्टि शास्त्रका अनेकौँ सिद्धान्तहरू छन् | नेपाल, भारत वा विश्वका सबै देश र कालमा यस बारे छलफल गरिएको छ | आजसम्म सर्वमान्य निर्णयमा पुगिएको छैन | ईश्वर शास्त्र पनि सृष्टि शास्त्रकै सन्दर्भमा आएको उत्तर हो | मूलतः विश्वको रचनाकार परम तत्त्व हो र त्यो पूर्ण चैतन्य, सर्वज्ञ, सर्वशक्तिमान् र नियामक छ, त्यो परमेश्वर हो भन्ने तत्थ्यमा विश्वास गर्ने र यस सम्बन्धी सिद्धान्तहरूमा विश्वास गर्नेहरू ईश्वरवादी हुन्छन् |
धेरैजसो धर्म र सम्प्रदायहरूले ईश्वरलाई सृष्टि, पालन र संहारको लागि जिम्मेदार मान्छन् | खास गरी, अङ्ग्रेजीमा theology भनिने ईश्वर शास्त्रका प्रणेता सेमेंटिक रिलिजन (यहुदी, इसाई र मुस्लिम) हुन् | हिन्दुभित्र पनि अनेकौँ सम्प्रदायहरूले एकेस्वर, द्वैतवाद तथा अनेकेश्वरवादमा विश्वास गर्छन् |
तेस्रो धार भनेको मन शास्त्र अर्थात् मनोविज्ञान हो | जसले आरम्भमा आत्माको खोजबाट आफ्नो काम आरम्भ गर्यो तर आजभोलि भौतिकवादी धारमा पर्छ | चेतना, चेतनाको स्वरूप, ज्ञान, अनुभव, संज्ञान, भावना, सुख दुखजस्ता विषयहरूको कारण र त्यसले व्यक्तिमा देखिने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरूको विश्लेषण गरेर चित्त ठिक भए/नभएको विचार गर्छ |
मैले दर्शनशास्त्रको तत्त्व मीमांसाका विषयमा चर्चा गरिरहँदा आज विश्व नास्तिकता दिवस हो | सेमेटिक (यहुदी, इसाई र मुस्लिम) धर्ममा ईश्वरको सर्व’सत्तावाद, उसका दूतहरूको प्रमाणिकता र अन्य ईश्वरको आदेशप्रति निर्विकल्प विश्वास गरिन्छ | यदि कुनै व्यक्तिले उपर्युक्त तीन बटा कुरामा विश्वास गर्दैन भने त्यो नास्तिक हुन्छ | मेरो लागि नास्तिक हुनु र भौतिकवादी हुनु नितान्त फरक कुरा हो |
भौतिकवादीका लागि ईश्वरजस्तो कुनै विषयवस्तुको अस्तित्व नहुने हुँदा, यस विषयमा चर्चा, परिचर्चा, प्रतिरोध वा समर्थन केही गरिन्न | जसले ईश्वरको अस्तित्वका पक्ष वा विपक्षमा तर्क वितर्क गर्छन् यस्ता व्यक्ति तथा समुदायले आफूलाई भौतिकवादी भन्न मिल्दैन | सम्भवतः अङ्ग्रेजीको Atheist शब्दले “तिमीले मान्ने ईश्वरमा हामी विश्वास गर्दैनौ, हामी नास्तिक हौँ” भन्ने सम्मको अर्थ राख्छ | -धेरैजसो पश्चिमा दार्शनिकहरू भौतिकवादी होइन नास्तिक छन् |
भारत वर्ष र चीनमा आस्तिकता र नास्तिकता “ईश्वर वा उसका दूत, छोरा”सँग सम्बद्ध विषय भन्दा नितान्त फरक छन् | हो, हिन्दुहरूमा अद्वैतवादी, द्वैतवादी, द्वैताद्वैतवादी, अचिन्त्यभेडाभेदवादी, शिवशक्तिवादी, ब्रह्मवादी सबै थरी ईश्वरवादीहरू छन् | तर ईश्वर नमान्नेहरूलाई यहाँ नास्तिक मानिन्न | वेदको प्रमाणिकता अस्वीकार गर्नेहरूलाई नास्तिक भनिन्छ | नास्तिको वेद: निन्दक अर्थात् वेदलाई नमान्ने नास्तिक हुन् भन्दै ईश्वर नमान्नेहरू नास्तिक होइन भनेर बचाऊ नै गरेको छ | वैदिक दर्शनमा खाट्टी भौतिकवादी चार्वाकहरू हुन् |
कार्ल मार्क्सले आफूलाई कट्टर भौतिकवादी मानेका छन् तर उनको साहित्य धर्म र धार्मिकताको निन्दामा बढी केन्द्रित छ | सबै बेथितिको दोष ईश्वर र धार्मिकतालाई दिने कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवाद निःसन्देह प्रच्छन्न ईश्वरवादी अर्थात् नास्तिक वादी हो | विश्वमा ईश्वरवादी र धार्मिकताको विरोधमा जति धेरै मार्क्सवादले बुद्धि र विवेक खर्चिएको छ, त्यति ईश्वरवादी आस्तिकहरूले खर्चिएका छैनन् | संस्कृत व्याकरण अनुसार आस्तिकको अर्थ “परमतत्व छ” भन्ने तत्थ्यमा विश्वास गर्ने समूह पर्छ भने नास्तिक समूहमा “केही पनि छैन” भन्नेहरू पर्छन् |
बौद्धहरूको महानिर्वाण र जैनहरूको कैवल्य असलमा वैदिक नास्तिकताको सही उदाहरण हो | वैदिकहरूका विचारमा भौतिक तत्त्वलाई परम तत्त्वका रूपमा स्वीकार गर्ने अर्थात् “अस्ति” भन्नेहरू आस्तिक नै हुन् | आज “विश्व नास्तिकता” दिवसको प्रवर्धन गरिरहँदा तार्किक रूपमा नास्तिकहरूले धर्म, धार्मिकता तथा धर्मको प्रमुख खम्बा ईश्वरलाई (जैन र बौद्धले ईश्वरलाई मान्दैनन्) अस्वीकार गरेका हुन् कि आफूलाई भौतिकवादका पक्षमा उभ्याएका हुन् ?
प्रस्ट पार्नु पर्छ, कोलिनजस्ता मानववादीले आफ्नो पुस्तक फिलोसफी अफ ह्युमनिज्ममा प्रस्ट पार्न सकेका छैनन् भने आफूलाई भौतिकवादी भन्ने मार्क्सवादीहरू ईश्वर र धार्मिकता विरोधी मानसिकताबाट माथि उठ्न सकेका छैनन् | वैदिक दार्शनिकहरूले आस्तिकता र नास्तिकताका सवालमा अवलम्बन गरेका सिद्धान्तहरू तार्किक र व्यावहारिक रूपमा सङ्गत छन् |
ईश्वरको अस्तित्वमा विश्वास गर्ने र नगर्ने दुवै “हिन्दु” रहन सक्छन् तर पुस्तकीय धर्म मानिने सेमेटिकहरूले पुस्तकको आदेश मान्नै पर्छ | भारतीय दर्शनमा भौतिकवादी आस्तिकहरूमा चार्वाकहरू (पृथ्वी, जल. आगो र बायुको अस्तित्वमा कुनै शङ्का गर्दैनन्) जमेका छन् भने धार्मिक नास्तिकतावादमा महानिर्वाण र कैवल्यमा विश्वास गर्ने बौद्ध र जैनहरू बलियोसँग उभिएका छन् | आज विश्व नास्तिकता दिवस मनाउनेहरू धर्म, धार्मिकता तथा ईश्वर विरोधी भएकोले नास्तिकता दिवस मनाउँदै छन् कि भौतिकवादी भएर आफूलाई नास्तिक भन्दै छन् ? लिङ्ग प्रस्ट छैन |