Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ

काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् । 

शुक्रवार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको रुसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो । 

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ ।  आन्तरिक मामिला मन्त्रालय र सङ्घीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोला बारुदसहितका सामग्री प्रमाण स्वरूप जफत गरिएको छ ।  घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकाबधारी आक्रमणकारीले शुक्रवार एक्कासि भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए ।

घटनाको जिम्मेवारी इस्लामिक स्टेट समूह (आइएसआइएस) ले लिएको र आफ्ना लडाकुहरूले आक्रमण गरेर सकुशल आफ्नो स्थानमा फर्किएको बताएको छ ।

मस्को आक्रमणमा संलग्न दुई सन्दिग्ध पक्राउ: अधिकारी

 रुसमा आतङ्कवादी हमला गर्ने २ जना पक्राउ परेका छन् ।


 
रुसी प्रहरीले मस्को आक्रमण गराएको आशङ्कामा दुई जनालाई पक्राउ गरेको एक रुसी सांसदले बताएका छन् ।

बिबिसीका अनुसार संदिग्धहरूलाई मस्कोबाट करिब ३४० किलोमिटर (२१० माइल) दक्षिण पश्चिममा रहेको ब्रायान्स्क क्षेत्रमा कारको पछि लागेर  पक्राउ गरिएको थियो । प्रारम्भिक जानकारी उद्धृत गर्दै रुसी सांसद एलेक्सनाडर खिन्स्टाइनले सञ्चार माध्यमलाई भने ।

अन्य सन्दिग्धहरू नजिकैको जङ्गलमा भागेका र खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

मस्कोको एक कन्सर्टमा भएको गोलाबारीमा ५ जना संलग्न भएको फुटेजहरूमा देखिएको छ। 

मस्कोमा शुक्रवार साँझ भएको हमलामा अहिलेसम्म ९३ जनाको ज्यान गइसकेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...