health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । वानीरा फाउन्डेसनले सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीन जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ दिने निर्णय भएको छ ।
त्यस्तै नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्य भूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिने निरन्य भएको छ ।
यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।
साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ दिने निर्णय भएको फाउन्डेसनका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिएका छन् ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौँको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरू वितरण गरिने सचिव प्रसाईँले जानकारी गराएका छन् ।
वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको उनले बताए ।