Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement
Edit Content
Edit Content

Month: March 2024

पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मूल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ । त्यसै गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
Read More
गुजरातमाथि नेपाल ८ विकेटले विजयी

गुजरातमाथि नेपाल ८ विकेटले विजयी

काठमाडौँ । नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ । कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि अनिल शाहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए ।  यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा अल आउट हुँदै ९८ रन बनाएको थियो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए  । त्यसै गरी नेपाली बलर गुलशन झाले सर्वाधिक…
Read More
सुनिल र विकललाई थप २१ दिन हिरासतमा राख्न अनुमति

सुनिल र विकललाई थप २१ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । गैर कानुनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो ।
Read More
हर्क सम्पाङलाई अर्थमन्त्रीले भने- तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु

हर्क सम्पाङलाई अर्थमन्त्रीले भने- तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु

काठमाडौँ, १८ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।  आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए।  ‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित…
Read More
बागमतीका मुख्यमन्त्री जमरकट्टेलको सङ्कट बढ्यो !

बागमतीका मुख्यमन्त्री जमरकट्टेलको सङ्कट बढ्यो !

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल सङ्कटमा परेका छन् । सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जमरकट्टेल सङ्कटमा परेका हुन् । यसअघि हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत पाउने निश्चित भएकोमा अब एकीकृत समाजवादीले सती प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मतको पक्षमा नउभिने निर्णय गरेको हो । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनालले समान सहभागिता हुने सुनिश्चितता नभएको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरू उभिन बाध्य भएको बताएका छन् । हाम्रो नेपाली पार्टी सरकारमा सामेल भए पनि पार्टीले निर्णय नगरेको भन्दै विवाद भएको छ । मुख्यमन्त्री जमरकट्टेलले सोमबार १…
Read More
पेरुमा थप चर्कियो घडी काण्ड, राष्ट्रपतिको निवासमा मारियो छापा

पेरुमा थप चर्कियो घडी काण्ड, राष्ट्रपतिको निवासमा मारियो छापा

लिमा, १८ चैत । पेरुका राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ । राष्ट्रपति बोलुआर्टेको घरमा अज्ञात लग्जरी घडीहरूसँग जोडिएको भ्रष्टाचार अनुसन्धानको एक भागको रूपमा छापा मारिएको पेरुको प्रहरीले जनाएको छ ।  पुलिस कागजातलाई उद्धृत गर्दै बोलुआर्टेले घोषणा नगरेको रोलेक्स घडीहरू खोज्न शनिवार बिहानको छापामा ४० जना अधिकारीहरू उनको निवासमा पुगेका थिए । प्रहरी र अभियोजनको कार्यालयको संयुक्त अपरेसन स्थानीय टेलिभिजन च्यानल ल्याटिनमा प्रसारण गरिएको थियो। टेलिभिजनमा अनुसन्धान टोलीका सरकारी एजेन्टहरू राष्ट्रपतिको निवासमा स्लेज ह्यामरको साथ तोडफोड गरिरहेको देखिएको थियो । राजधानी लिमाको सुर्किलो जिल्लामा सरकारी एजेन्टहरूले घर घेरेपछि अधिकारीहरूले त्यस आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाएका…
Read More
जनावरले होइन, बरु मान्छेले जनावरलाई दुई गुना बढी भाइरस सार्छन्  : अध्ययन

जनावरले होइन, बरु मान्छेले जनावरलाई दुई गुना बढी भाइरस सार्छन् : अध्ययन

काठमाडौँ, १७ चैत । मानिसमा धेरै घातक र घातक रोगहरू पशुबाट आएको भनिन्छ।  भाइरस जनावरबाट मानिसमा सर्छ भनिँदै आएको छ। उदाहरणका लागि एड्सका लागि जिम्मेवार भाइरस चिम्पान्जीबाट मानिसमा आएको हो। त्यस्तै, कोभिड–१९ को महामारी चमेरोबाट मानिसमा सरेको भनिएको छ । तर यो सिक्काको एउटा पाटो मात्र हो । मानिस यस मामिलामा जनावरभन्दा धेरै अगाडि रहेका छन् । एउटा नयाँ अध्ययनले जनावरमा भाइरस फैलाउनमा मानिस दोब्बर अगाडि रहेको देखाएको छ । अन्वेषकहरूले सार्वजनिक रूपमा उपलब्ध भाइरल जिनोमको अनुक्रम विश्लेषण गरे र पत्ता यो लगाए कि मानिसहरूले जनावरहरूमा भाइरस सार्न सक्छन्, त्यो पनि सङ्ख्याको दोब्बर हुने गरी अर्थात् जनावरबाट मानिसमा सर्ने भाइरसको सङ्ख्या…
Read More
साउदी अरबको मस्जिदमा रोबर्टले पढाउने थाल्यो ११ भाषामा इस्लामको ज्ञान

साउदी अरबको मस्जिदमा रोबर्टले पढाउने थाल्यो ११ भाषामा इस्लामको ज्ञान

रियाद, १८ चैत । साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य सुरु गरेको छ ।  आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग भएको रोवर्ट  साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो । यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभवमा सुधार गरिरहेको छ ।  रोबोटमा ठुलो स्क्रिन टच एलसिडी जडान गरिएको छ, जसमार्फत ११ भाषामा आधुनिक इस्लामका बारेमा जानकारी दिइने गरिएको छ । यसमार्फत सम्पूर्ण मस्जिदलाई एकै साथ कुनै पनि जानकारी दिन सकिन्छ। गल्फ न्युजका अनुसार यी रोबोटको माध्यमबाट मस्जिद पुग्ने व्यक्तिले इस्लामसँग सम्बन्धित कुनै पनि प्रश्न सोध्न सक्छन्। यस मेसिन मार्फत धर्मगुरुहरूलाई…
Read More
इलाम- २ मा २०७९ को आम निर्वाचनमा कसले कति मत पाएका थिए ?

इलाम- २ मा २०७९ को आम निर्वाचनमा कसले कति मत पाएका थिए ?

काठमाडौँ । वैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा दलहरूले उम्मेदवार छान्ने क्रम जारी रहेको छ । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तै कोसी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् ।  अब नेपाली काँग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकी रहेको छ । २०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । उनी केवल ११४ मत अन्तरले विजयी भएका थिए ।  उनका निकटतम प्रतिद्वन्द्वी…
Read More
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबिच भेट

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबिच भेट

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शनिवार साँझ छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबिच छलफल सुरु भएको हो। २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबिच पहिलो पटक छलफल हुन लागेको हो। प्रधानमन्त्री प्रचण्डले शनिवार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए। संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषद्को बैठक आइतबार बोलाइएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश…
Read More