Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
संसद बन्द गरेर सभामुखको विदेश शयर, परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

संसद बन्द गरेर सभामुखको विदेश शयर, परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ?


काठमाडौँ । देशमा आर्थिक सङ्कट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरू हुने गरेको देखिन्छ ।

यसैबिच सभामुख देवराज घिमिरेले संसद् बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ ।

चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड तर्फ लागेका छन् । 

चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरेसँग  संसदीय दलका प्रमुख सचेतक नेपाली काँग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार स्वीट्जरल्याण्ड पुगेका छन् । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ  र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टिममा सहभागी रहेका छन् । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यसमा रोचक कुरा के छ भने यसका लागि संसद् नै बन्द गरिएको छ । चैत्र ७ गते बसेको प्रतिनिधिसभाको बैठक अब चैत्र १८ गते बस्ने गरी तोकिएको छ । अहिले देशमा अन्यौलता बढेको, व्यवस्थाप्रति नै सडकबाट प्रश्न उठिरहेको, आर्थिक सङ्कटले चौतर्फी रूपमा अर्थतन्त्र धारासायी भएको दलका सांसद नेताहरूले सांसदमै बोलिरहेन तर अवसर पाउना साथ संसद् बैठक नै रोकेर विदेश भ्रमणमा कुदिहाल्ने दोहोरो चरित्र राजनीतिमा देखिएकैले अहिले राजनीतिक वितृष्णा बढेको सजिलै अनुमान गर्न सकिन्छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ चैत्र ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा जाँदै छन् । सामाजिक सञ्जालमा परराष्ट्र मन्त्री ९ दिनसम्म चीन भ्रमण गर्ने विषय प्रश्न उठेको छ । सत्तारुढ दल नेकपा एमालेकै युवा नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ? भन्दै प्रश्न गरेका छन्  ।

उनले भनेका छन्- कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’

यसअघि गृहमन्त्री रहेका श्रेष्ठ अहिले परराष्ट्र मन्त्री बनेका छन् । परराष्ट्र मन्त्रीको रूपमा उनको अहिलेको प्राथमिकता रुसी सेनामा रहेका नेपालीहरूको छिटो उद्धार गर्नु हुनुपर्ने हो । अहिलेसम्म सरकारसँग रुसी सेनामा कति नेपाली छन् भन्ने आँकडा समेत नभएको अवस्थामा यस विषयलाई प्रमुख एजेन्डा बनाएर काम गर्नुको सट्टा ९ दिनसम्म चीनको भ्रमणलाई प्राथमिकता दिएका छन्  ।

निष्कर्षमा राजनीतिक रूपमा अहिले नयाँ दल र पुराना दलको संयुक्त सरकार छ । तर पद तथा विदेश भ्रमणको अवसरलाई दायाँ बायाँ नहेरी लिने सन्दर्भमा पुरानासँगै नयाँले पनि खुट्टा उचाल्ने गरेको पाइन्छ  । यसले राजनीतिक रूपमा थप वितृष्णा बढाउने र सरकारप्रतिको विश्वास घट्ने नै देखिन्छ ।   
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...