Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 9 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

१९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

१९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको १९औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।   लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र बिहीबार एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।   पुष ५ गते देखि १६ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र…
Read More
डाक्टर विथ सर्वाइभर कार्यक्रम सम्पन्न

डाक्टर विथ सर्वाइभर कार्यक्रम सम्पन्न

काठमाडौँ, पौष ४ गते । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको आयोजनामा डाक्टर विथ सर्भाइभर्स कार्यक्रम सम्पन्न भएको छ । पौष ४ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीको उपस्थिति रहेको थियो । मेटलाइफ इन्सोरेन्सले स्पन्सर गरेको सो कार्यक्रममा क्यान्सरसँग सङ्घर्ष गरिरहेका ३२ जना सर्भाइभर्सहरुको उपस्थिति रहेको थियो । सोसाइटीकी अध्यक्ष प्रमिता खनालका अनुसार कार्यक्रममा स्तन, पाठेघर, रगत, आँखा, थाइराइड, कोलोन क्यान्सरका बिरामीहरूको उपस्थिति रहेको थियो । भिन्दा भिन्दै क्यान्सर समूहहरूको समूह छलफल गरिसकेपछि सबै समूहसँग डाक्टर शाहीले विभिन्न जिज्ञासाहरूको समाधान गरेको अध्यक्ष खनालले ज्ञानघरलाई बताइन । २ घण्टाको लागि कार्यक्रम निर्धारित भए…
Read More
एकाएक धनी बन्ने सपनाले ‘अन्डरवर्ल्ड डन’ बनेका दाउद इब्राहिम

एकाएक धनी बन्ने सपनाले ‘अन्डरवर्ल्ड डन’ बनेका दाउद इब्राहिम

  काठमाडौँ, ४ पुस ।  अहिले सामाजिक सञ्जाल तातिएको छ भने त्यो एक हो, ‘अन्डरवर्ल्ड डन’को चर्चाले। कुनै समय हत्या, हिंसा गरेको भनेर चर्चा कमाएका अन्डरवर्ल्ड डन, यति बेला मृत्युको खबरमा घेरिएका छन्।   विष खुवाएको र त्यसपछि उनको अस्पतालमा उपचार भइरहेको खबर सामाजिक सञ्जालभरि छ। पत्रिकाको पेजदेखि टेलिभिजनको पर्दासम्म उनीमाथि अनेक आशङ्का गरिएको छ।   कतिपयले त दाउदले पाकिस्तानको कराँचीमा अन्तिम सास फेरिरहेको बताइरहेका छन्। यद्यपि अहिले उनको अवस्था कस्तो छ? उनी कहाँ छन्? भन्नेसम्म तथ्य बाहिर आएको छैन।   को हुन् दाउद ?   भारतको खतरनाक डन भनेर चिनिने दाउद इब्राहिमको जन्म १९५५ मा भारतको महाराष्ट्र रत्नागिरी जिल्लामा…
Read More
मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा

मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा

  खड्क सुनार , न्युज कारखाना दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ भइन । अनमीका रूपमा गत वर्षको माघ २४ गते खनाया स्वास्थ्य चौकीमा हाजिर भए पछि हाजिर भएकै दिनबाट तुल्सा स्वास्थ्य चौकी इन्चार्जको घरमा  कोठा लिएर बस्न थालिन । खनायाका स्थानीयलाई आफ्नो दक्षताले भ्याए सम्म सेवा गरेकी तुलसीले झन्डै एक वर्ष पछि जात सोधेर आफूलाई घरबाट निकाली दिएको अहिले तुलसाले बताउन थालेकी छिन । स्वास्थ्य चौकीमा कार्यरत भएपछि डेरा दिएका खनाया…
Read More
आइसल्यान्डमा भयङ्कर ज्वालामुखी विस्फोट, सङ्कटकालको घोषण

आइसल्यान्डमा भयङ्कर ज्वालामुखी विस्फोट, सङ्कटकालको घोषण

  आइसल्यान्ड, ४ पुस । दक्षिण पश्चिमी आइसल्यान्डमा एउटा भयानक ज्वालामुखी विस्फोट भए पछि आपत्कालको घोषणा गरिएको छ। सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ । सुरक्षा चिन्ताका कारण ग्रिन्डाविक सहरबाट हजारौँ मानिसलाई विस्थापित गरिएको छ। ज्वालामुखी विस्फोटका कारण देशमा सङ्कटकाल घोषणा गरिएको छ ।   यस सम्बन्धमा आइसल्यान्डका राष्ट्रपति गुड्नी जोहान्सनले खाली गरिएको सहर ग्रिन्डाभिक नजिकै विस्फोट सुरु भएको बताएका छन् । ‘हाम्रो प्राथमिकता जनताको जीवन र पूर्वाधारको रक्षा गर्नु हो। सिभिल डिफेन्सले प्रभावित क्षेत्र बन्द गरेको छ’ उनले भने, ‘अहिलेको लागि, हामी प्रकृतिको शक्ति हेर्न पर्खिरहेका छौँ। हामी तयार र…
Read More
ब्ल्याक होल रहस्यका बारेमा जान्नुहोस्, के यसले ब्रह्माण्ड सबै निल्न सक्छ ?

ब्ल्याक होल रहस्यका बारेमा जान्नुहोस्, के यसले ब्रह्माण्ड सबै निल्न सक्छ ?

एरिजोना, ४ पुस । ब्ल्याक होलहरू घना खगोलीय पिण्डहरू हुन्, जसको गुरुत्वाकर्षण यति बलियो हुन्छ कि तिनीहरूले कुनै पनि चीज, प्रकाशलाई समेत, त्यसबाट उम्कन दिँदैनन् । ब्ल्याक होलको गुरुत्वाकर्षण प्रभावको सीमा पार गर्ने कुनै पनि चीज ब्ल्याक होलमा पर्नेछ। यो गहिरो, बाक्लो खाडल भित्र, यो फेरि कहिल्यै देखिने छैन। ब्रह्माण्डमा ब्ल्याक होलहरू यहाँ र त्यहाँ फैलिएका छन्। केही साना ब्ल्याक होलहरू हाम्रो मिल्की वे जस्ता आकाश गङ्गाहरूमा अनियमित रूपमा छरिएका छन् भने अन्य ठुला ब्ल्याक होलहरू, जसलाई ‘सुपरमासिभ ब्ल्याक होल’ भनिन्छ, आकाशगङ्गाहरूको केन्द्रहरूमा अवस्थित हुन्छ। तिनीहरूको वजन हाम्रो सूर्यको द्रव्यमानको दस लाखदेखि एक अरब गुणा हुन सक्छ।   त्यसो भए…
Read More
हुन्डीको १६ लाखसहित विराटनगरबाट एक जना पक्राउ

हुन्डीको १६ लाखसहित विराटनगरबाट एक जना पक्राउ

  काठमाडौँ, ३ पुस । सशस्त्र प्रहरीले हुन्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार  विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो। साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मङ्गलवार पक्राउ गरिएको सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले बताए। को १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो। उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ सय ६९, एक सय दरका ९…
Read More
स्टार्क बने आइपिएल इतिहासकै अहिलेसम्मका महँगा खेलाडी

स्टार्क बने आइपिएल इतिहासकै अहिलेसम्मका महँगा खेलाडी

  काठमाडौँ, ३ पुस । अस्ट्रेलियाका विश्वकप विजेता बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् । आज दुबईमा जारी आइपिएलको खेलाडी अक्सनमा स्टार्कलाई कलकत्ता नाइटराइडर्सले २४ करोड ७५ लाख भारु अर्थात् ३९ करोड ६० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आइपिएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो । यसअघि आजकै अक्सनमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात् ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको थियो । आइपिएल अक्सनको इतिहासमा सबैभन्दा धेरै रकम खर्च गरेर किनिएका दुई खेलाडी यसै अक्सनका रहेका छन्…
Read More
एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन

एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन

  काठमाडौँ, ३ पुस । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । मङ्गलवार बसेको समिति बैठकले सरकारबाट बनाइएको छानबिन समितिको प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर/गैर कर रकम एनसेलबाट असुल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।   बैठकले गरेका यी हुन् निर्णयहरू १. नेपाल सरकारबाट बनाइएको ‘एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समिति– २०८०’ को प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने…
Read More