health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, ३ पुस । अस्ट्रेलियाका विश्वकप विजेता बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।
आज दुबईमा जारी आइपिएलको खेलाडी अक्सनमा स्टार्कलाई कलकत्ता नाइटराइडर्सले २४ करोड ७५ लाख भारु अर्थात् ३९ करोड ६० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आइपिएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।
यसअघि आजकै अक्सनमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात् ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको थियो ।
आइपिएल अक्सनको इतिहासमा सबैभन्दा धेरै रकम खर्च गरेर किनिएका दुई खेलाडी यसै अक्सनका रहेका छन् भने दुवै अस्ट्रेलियाका तीव्र गतिका बलर रहेका छन् ।
यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रिनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।