Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
एकाएक धनी बन्ने सपनाले ‘अन्डरवर्ल्ड डन’ बनेका दाउद इब्राहिम - Gyaan Ghar

Gyaan Ghar

Advertisement

एकाएक धनी बन्ने सपनाले ‘अन्डरवर्ल्ड डन’ बनेका दाउद इब्राहिम

 

काठमाडौँ, ४ पुस ।  अहिले सामाजिक सञ्जाल तातिएको छ भने त्यो एक हो, ‘अन्डरवर्ल्ड डन’को चर्चाले। कुनै समय हत्या, हिंसा गरेको भनेर चर्चा कमाएका अन्डरवर्ल्ड डन, यति बेला मृत्युको खबरमा घेरिएका छन्।

 

विष खुवाएको र त्यसपछि उनको अस्पतालमा उपचार भइरहेको खबर सामाजिक सञ्जालभरि छ। पत्रिकाको पेजदेखि टेलिभिजनको पर्दासम्म उनीमाथि अनेक आशङ्का गरिएको छ।

 

कतिपयले त दाउदले पाकिस्तानको कराँचीमा अन्तिम सास फेरिरहेको बताइरहेका छन्। यद्यपि अहिले उनको अवस्था कस्तो छ? उनी कहाँ छन्? भन्नेसम्म तथ्य बाहिर आएको छैन।

 

को हुन् दाउद ?

 

भारतको खतरनाक डन भनेर चिनिने दाउद इब्राहिमको जन्म १९५५ मा भारतको महाराष्ट्र रत्नागिरी जिल्लामा भएको थियो।

 

दाउदको जन्मपछि उनका बुबा आफ्नो परिवारसँग मुम्बईको डोंगरी क्षेत्रमा बस्न थाले। दाउद डोंगरीमै हुर्केका थिए।

 

खासमा, दाउद इब्राहिमका पिता एक वफादार प्रहरी थिए। उनको दयालुताका कथाहरू जताततै पनि सुनाइन्थ्यो। तर पिताभन्दा विल्कुलै फरक थिए दाउद चाँडै धनी बन्ने सपना देख्थे।

 

त्यही सपनाको कारण दाउदले पैसाको लोभमा ७० को दशकमा हाजी मस्तान गिरोहमा काम गर्न थाले। यस अवधिमा उनले तीव्र गतिमा प्रगति गरे र बिस्तारै उनको प्रभाव डोंगरी सहित पूरै मुम्बईमा बढ्न थाल्यो।

 

केही समयपछि हाजी मस्तान गिरोहसँग झगडा भएपछि उसले आफ्नै गिरोह बनायो र मानिसहरूले उसको गिरोहलाई डी-कम्पनी भन्न थाले। यसपछि उनी ९० को दशकमा मुम्बईमा भएका सिरियल ब्लास्टका मास्टर माइन्ड भए। विस्फोट गराएपछि उनी भारत छोडेर दुबई भागेका थिए। त्यसपछि उनले पाकिस्तानमा आफ्नो नयाँ आधार बनाए।

 

बम विस्फोटपछि 

 

मुम्बईमा शृङ्खलाबद्ध बम विस्फोटपछि दाउद आफ्ना दुई भाइ अनीस इब्राहिम र नूरा इब्राहिमसँग दुबई भागेका थिए। नुराको सन् २००७ मा कराँची बम विस्फोटमा मृत्यु भएको थियो। अर्का भाइ अनीस दाउदसँगै बस्छन्। तेस्रो भाइ इकबाल परिवारसँग मुम्बईमा बस्छन्। दुई बहिनी हसिना पार्कर र सईदा मुम्बईमा बस्थे। तर अहिले दुवैको मृत्यु भइसकेको छ। फरजाना टुंगेकरको पनि निधन भएको छ।

 

मुम्बईमा आफूले गरेको हर्कतका कारण उनी पाकिस्तान पनि पुगे। त्यहाँ पुगेर उनले दोस्रो पटक पाकिस्तानी पठान युवतीसँग विवाह गरे। जबकि उनकी पहिलो श्रीमती मेहजबीन थिइन्।

 

उनले दाउनले दोस्रो विवाह गरेको बताएकी थिइन्। तर दाउदले भने महजबीनको सहमतिमा नै दोस्रो विवाह गरेको बताएका थिए। उनको दुवै श्रीमतीबाट चार सन्तान छन्। उनी तीन छोरीहरू माहरुख इब्राहिम, महरीन इब्राहिम, मारिया इब्राहिम हुन् भने
छोराको नाम मोइन इब्राहिम नवाज हो।

 

दाउदकी जेठी छोरी माहरुख इब्राहिमले सन् २०१४ मा पूर्व पाकिस्तानी क्रिकेटर जावेद मियाँदादका छोरा जुनैदसँग विवाह गरेका थिए। दाउदकी दोस्रो छोरी महरीनको पनि पाकिस्तानी मूलका अमेरिकी व्यापारी अयुबसँग विवाह भएको थियो।

 

खासमा, मुम्बई शृङ्खलाबद्ध बम विस्फोटपछि दाउद पाकिस्तानको कराँचीमा बस्न थालेका थिए। दाउदले आफ्नो बसोबास र व्यापारका लागि दुई ठाउँ बनाएका थिए।

 

कराँचीको क्लिफ्टन रोडमा रहेको ह्वाइट हाउसको बङ्गला पाकिस्तानमा दाउदको स्थायी वासस्थान थियो। उनी सम्पूर्ण परिवारसहित त्यही बस्थे। यसबाहेक कराँचीको डिफेन्स हाउजिङ कोलोनीमा बङ्गला नम्बर-३७ छ, यो दाउदको दोस्रो लुक्ने ठाउँ हो। यसबाहेक उनको देशको राजधानी इस्लामावाद र लाहोरमा पनि धेरै सम्पत्ति छ।

 

हालै प्रकाशित धेरै मिडिया रिपोर्टहरूमा दाउदलाई पाकिस्तानी सेना र आईएसआईको सुरक्षा रहेको दाबी गरिएको छ।

 

भारत सरकारले दाउदसँग सम्बन्धित सबै प्रमाण पाकिस्तानलाई दिएपछि पनि पाकिस्तान सरकारले झूट मात्रै बोलिरहेको छैन दाउद पाकिस्तानमा नभएको एउटै धुन बजाउँदै आएको छ। तर, पछि पाकिस्तानले दाउद हामीसँग रहेको स्वीकार गरेको थियो। तर कारबाहीको नाममा सारा संसारलाई भ्रमित गरिरहे।

 

१४ वटा पासपोर्ट

 

दाउदसँग १४ देशको पासपोर्ट रहेको बताइएको छ। उनको आतङ्ककारी पसल–भारत, पाकिस्तान, बेलायत, जर्मनी, टर्की, फ्रान्स, स्पेन, मोरक्को, साइप्रस, युएई, दक्षिण अफ्रिका, श्रीलङ्का, नेपाल, थाइल्यान्ड, मलेसिया र सिंगापुरसम्म फैलिएको छ।

 

दाउद इब्राहिमका १५ उपनामहरू संयुक्त राष्ट्रको सूचीमा समावेश छन्, जसमा दाउद इब्राहिम, शेख दाउद हसन, अब्दुल हमिद अब्दुल अजिज, अनीस इब्राहिम, अजिज दिलीप, दाउद हसन शेख इब्राहिम कासकर, दाउद इब्राहिम मेमन कासकर, दाउद हसन इब्राहिम कासकर, दाउद इब्राहिम समावेश छन्।

 

मेमन, दाउद साबरी, कास्कर दाउद हसन, शेख मोहम्मद इस्माइल अब्दुल रहमान, दाउद हसन शेख इब्राहिम, शेख इस्माइल अब्दुल र हिजरतको नाम समावेश छ।

 

योसँगै दाउदको जीवनमा किताब लेख्ने एस. हुसैन जैदीले आफ्नो पुस्तक ‘डोंगरी से दुबई तक’ मा दाउदको विभिन्न नामहरू पनि उल्लेख गरेका छन्।

 

उनले प्रारम्भिक कालमा दाउदलाई ‘मुछाद’ भनेर चिनिन्थ्यो। यसको कारण उनको बाक्लो र बाक्लो जुँगा थियो। तर भारतबाट भागेपछि उनले आफ्नो नाम र पहिचान परिवर्तन गरिरहे।

 

उनले आफ्नो रूप परिवर्तन गर्न धेरै पटक अनुहारको शल्यक्रिया समेत गराएको बताइएको छ। पाकिस्तानमा बसेपछि उनको नाम पनि परिवर्तन भयो। उनको एक नक्कली नाम शेख दाउद हसन हो। यो नाम पाकिस्तानमा उनको पहिचान हो।

 

प्रसिद्ध पत्रिका फोर्ब्सले २०१५ मा दाउदको कुल सम्पत्ति ६.७ बिलियन अमेरिकी डलर रहेको अनुमान गरेको थियो। फोर्ब्सका अनुसार दाउद इब्राहिम अहिलेसम्मकै सबैभन्दा धनी ग्याङ्गस्टरमध्ये एक हुन्।

 

उनीसँग बेलायतमा मात्रै ४५० मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ। उनले विभिन्न देशमा ५० भन्दा बढी सम्पत्तिमा लगानी गरेका छन्। केही रिपोर्टहरूका अनुसार त्यस कमाइमध्येको ४० प्रतिशत अझै भारत आउने गरेको छ।

 

आतङ्कवादी घोषणा

 

१९९3 मुम्बई बम विस्फोट बाहेक दाउद इब्राहिमलाई २६/११ आतङ्कवादी हमलाहरू, ओसामा बिन लादेन र प्रतिबन्धित आतङ्कवादी सङ्गठन अल कायदाका अयमान अल-जवाहिरीसँग घनिष्ठ सम्बन्ध रहेको, २–जी स्पेक्ट्रम घोटाला र आईपीएल स्पट फिक्सिंग घोटालाको आरोप लगाइएको छ।

 

अन्य मुद्दाहरू मध्ये एक अभियुक्त पनि छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्को आइएस र अल कायदा प्रतिबन्ध समितिले दाउदलाई विश्वव्यापी आतङ्कवादी घोषणा गरेको छ।

 

बलिउडसँग पुरानो सम्बन्ध

 

अंडरवर्ल्ड डन दाउदलाई फिल्महरू धेरै मन पर्छ र यसको पछाडिको कारण उनले फिल्महरू मार्फत आफ्नो कालो धनलाई सेतोमा बदलेका छन्। योसँगै बलिउडले पनि यस अन्डरवर्ल्ड पात्रलाई सिल्बर स्क्रिनमा निकै उत्साहका साथ देखाएको छ।

 

अन्डरवर्ल्डमा आधारित चलचित्रहरूमा ‘ब्ल्याक फ्राइडे’, ‘सुट आउट एट वडाला’, ‘कम्पनी’, ‘डी’ समावेश छन्।

 

‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘वन्स अपन अ टाइम इन मुम्बई अगेन’, ‘शूटआउट एट लोखंडवाला’, ‘डी डे’, प्रख्यात फिल्मले वास्तविक पात्रहरू दाउद इब्राहिम, अबु सलेम, छोटा शकील, छोटा राजन, माया डोलास र मन्या सुर्वेलाई जोडेको छ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...