health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, पौष ४ गते । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको आयोजनामा डाक्टर विथ सर्भाइभर्स कार्यक्रम सम्पन्न भएको छ । पौष ४ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीको उपस्थिति रहेको थियो ।

मेटलाइफ इन्सोरेन्सले स्पन्सर गरेको सो कार्यक्रममा क्यान्सरसँग सङ्घर्ष गरिरहेका ३२ जना सर्भाइभर्सहरुको उपस्थिति रहेको थियो । सोसाइटीकी अध्यक्ष प्रमिता खनालका अनुसार कार्यक्रममा स्तन, पाठेघर, रगत, आँखा, थाइराइड, कोलोन क्यान्सरका बिरामीहरूको उपस्थिति रहेको थियो । भिन्दा भिन्दै क्यान्सर समूहहरूको समूह छलफल गरिसकेपछि सबै समूहसँग डाक्टर शाहीले विभिन्न जिज्ञासाहरूको समाधान गरेको अध्यक्ष खनालले ज्ञानघरलाई बताइन । २ घण्टाको लागि कार्यक्रम निर्धारित भए पनि सर्भाइभर्सहरु एकदमै उत्साहित हुँदा ४ घण्टासम्म सो कार्यक्रम चलेको थियो ।
संस्थाकी अध्यक्ष प्रमिता खनालले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष पूजा कुँवरले धन्यवाद मन्तव्य राखेकी थिइन । कार्यक्रममा बिनु के.सी., सुस्मीता पोख्रेल र कस्तुरी भुसालको सहयोगी भूमिका रहेको थियो ।
