19
Dec
* भरत पोखरेल गत मङ्सिरको अन्तिम साता नेपालमा भएका दुई वटा विवाहको बहस सामाजिक सञ्जालमा चलिरहेका छन् । एउटा विवाह नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल-सीता दाहालकी नातिनी अर्थात् रेणु दाहाल-अर्जुन पाठककी छोरी प्रतिभा पाठक र अर्को विवाह बद्रीप्रसाद खतिवडाकी नातिनी अर्थात् नेकपा (एकीकृत समाजवादी) का नेता पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिस नेपाल शृङ्खला खतिवडाको विवाह । शृङ्खलाको विवाह बहसको शृङ्खला चलिरहला अहिले मेरो ध्यानाकर्षण रेणु पुत्री प्रतिभाको विवाह बारे रहेको छ । म चालीसको दशकमा चितवन भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थेँ । विद्यार्थी सक्रिय राजनीतिबाट प्राध्यापन पेसामा पसे पनि चितवनको सचेत समाजमा मेरो बौद्धिक सामाजिक सक्रियता थियो…