Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत ५ जनाको राहदानी रोक्का राखिएको ब्यहोरा सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ। उनीहरूलाई उपत्यका बाहिर जान रोक लगाउनसमेत सिफारिस गरेको छ। पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, पूर्व  गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व  राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
Read More
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा'' विषयक विचार गोष्ठीको आयोजना भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचकाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलबाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना फैल्याउँदै नियन्त्रण गर्नु जरुरी छ।अहिले अनियन्त्रित सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले 'जेन-जी' पुस्ता मानसिक रूपले अस्वस्थ हुँद‌ै गयो भन्ने चिन्ता र चासो बढिरहेको छ ।यस्तो अस्वस्थ जीवनशैलीलाई स्वस्थ राख्न सचेतना अभियान जरुरी रहेको बताउनुभएको थियो। कार्यक्रममा डा.चिन्तामणि गौतमले ''Empower Your Health: Through Yoga and Mindful…
Read More
सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली

सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरूले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुसरण गर्न जरुरी रहेको बताएका छन् । पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।   केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे । ‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो…
Read More
लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण

लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण

  आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा 'रानाथारु भाषा व्याकरण र शब्दकोश' प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रा. डा. दुविनन्द ढकालले गर्नुभएको थियो ।उहाँले 'रानाथारु भाषाको व्याकरण र शब्दकोश'ले रानाथारु समुदायको भाषा र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने , लेखनमा शुद्धता र लिपिबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।  विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मातृभाषा,कोष तथा व्याकरण…
Read More
कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत 

कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत 

 काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। कुलपति भूपाल राईले 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार' जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' डोट्याली भाषाको साहित्यिक पत्रिका 'गुगुल्डी' मासिकका सम्पादक वीरबहादुर चन्दलाई अर्पण गर्नुभयो। उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ र ताम्रपत्र रहेको छ।   यस क्रममा कुलपति राईले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म समावेशीकरण भएकाले…
Read More
जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड

जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड

काठमाडौँ , असार ३०– संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् ।   उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाइको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन।” प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौँको डिल गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यङ्ग्यात्मक लहजामा भने, “तपाईँका…
Read More
१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछ: ऊर्जा मन्त्री खड्का

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछ: ऊर्जा मन्त्री खड्का

काठमाडौँ, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि बढिसकेको जानकारी गराए। “ट्रान्समिसन लाइन पुगेको ठाउँमा विद्युत् उत्पादन गर्न दिनु पर्ने प्रधानमन्त्रीज्यूको नीति अनुरूप पिपिए भएको छ,” मन्त्री खड्काले बताए। साथै, उत्पादनका क्रममा देखिएका अवरोध हटाउन वन मन्त्रालयसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको उनले जानकारी दिए। ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको…
Read More
आज कर्णालीबाहेक अन्य प्रदेशमा भारी वर्षा हुने

आज कर्णालीबाहेक अन्य प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश लगायत पहाडी भू(भाग साधारणता बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   दिउँसो देशभर साधारणता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,…
Read More
काठमाडौँमा साम्राज्यवादी युद्धको विरोधमा  प्रदर्शन हुने

काठमाडौँमा साम्राज्यवादी युद्धको विरोधमा  प्रदर्शन हुने

काठमाडौँ, २७ असार ।  १२ वटा राजनीतिक दलहरू तथा विभिन्न संस्थाहरुको आयोजनमा आज साम्राज्यवादी युद्धको विरोधमा  तथा प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । नेकपा (मसाल),  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित  वामपन्थी दल र सङ्गठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १तः०० बजे शान्तिवाद, रत्नपार्कमा हुनेछ । इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका वामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद् बाहिर रहेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् । आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः - नेकपा (मसाल)  - नेकपा (माओवादी केन्द्र) -…
Read More
‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार

‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार

काठमाडौँ, २३ असार ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । सोमबारको कार्यब्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसको जानकारी गराएका हुन् । उनका अनुसार नेपाली काँग्रेसका सांसद जीवन परियारको संयोजकत्वको सो समिति गठन गरिएको हो ।   प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम 'सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' गठन गरिएको हो । सो समितिले २१ दिनको समय सीमा पाएको छ ।   सो छानबिन समितिमा दलीय आधारमा नेपाली काँग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय…
Read More