health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

आइसल्यान्ड, ४ पुस । दक्षिण पश्चिमी आइसल्यान्डमा एउटा भयानक ज्वालामुखी विस्फोट भए पछि आपत्कालको घोषणा गरिएको छ।
सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ । सुरक्षा चिन्ताका कारण ग्रिन्डाविक सहरबाट हजारौँ मानिसलाई विस्थापित गरिएको छ। ज्वालामुखी विस्फोटका कारण देशमा सङ्कटकाल घोषणा गरिएको छ ।
यस सम्बन्धमा आइसल्यान्डका राष्ट्रपति गुड्नी जोहान्सनले खाली गरिएको सहर ग्रिन्डाभिक नजिकै विस्फोट सुरु भएको बताएका छन् । ‘हाम्रो प्राथमिकता जनताको जीवन र पूर्वाधारको रक्षा गर्नु हो। सिभिल डिफेन्सले प्रभावित क्षेत्र बन्द गरेको छ’ उनले भने, ‘अहिलेको लागि, हामी प्रकृतिको शक्ति हेर्न पर्खिरहेका छौँ। हामी तयार र सतर्क छौँ।’
आइसल्यान्डको नेशनल पुलिस कमिस्नरले ज्वालामुखी विस्फोटपछि आपत्काल घोषणा गरिएको बताएका छन्। साथै नागरिकलाई सचेत गराइएको छ ।
उही समयमा आइसल्यान्डको नागरिक रक्षा विभागका प्रमुख विडिर रेनिसनले स्थानीय समाचार च्यानललाई भने कि मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
वासिङ्टन पोस्टका अनुसार देशको मौसम विभागका अनुसार राति करिब ९ बजे भूकम्प गए पछि सो ज्वालामुखी विस्फोट सुरु भएको हो । भूकम्पका कारण ज्वालामुखीमा दरार आएको विभागले जनाएको छ । यसको लम्बाइ करिब ३.५ किलोमिटर छ र ज्वालामुखी विस्फोटपछि लाभा प्रति सेकेन्ड १०० देखि २०० घन मिटरको दरले बगिरहेको थियो।
विस्फोटको सही स्थान र आकारको पुष्टि गर्न अहिले उक्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ । रिपोर्टका अनुसार ज्वालामुखी विस्फोट हुनु अघि आइसल्यान्डमा करिब ८ सय वटा भूकम्पको धक्का महसुस गरिएको थियो।