Gyaan Ghar

Advertisement

Year: 2023

धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

काठमाडौँ, १४ पुस । ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिवार दशरथ रङ्गशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । १-० ले पछि परेको खेलमा कम ब्याक गर्दै ललितपुर सिटीले खेल जितेको थियो । ललितपुरको जितमा इमोह इजेकीएलले २ गोल गरेका थिए भने दिनेश हेम्जनले एक गोल गरेका थिए । ललितपुरका लागि पहिलो गोल इमोहले खेलको ४५औँ मिनेटमा गरेका थिए । त्यसपछि खेलको ५१औँ मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औँ मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई…
Read More
वडा अध्यक्ष रिहाइको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

वडा अध्यक्ष रिहाइको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

मुकेश कुमार यादव सिराहा, १४ पुस। चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाइ गर्न माग गर्दै कर्जन्हा नगरपालिका मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्। कानुन विपरीत उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाइको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दीपुरमा सडक जाम गरेको हो। सडक जामका कारण सयौँ सवारी साधन र हजारौँको सङ्ख्यामा यात्रुहरू अलपत्र परेका छन्। विभिन्न कामले हिँडेका यात्रुहरू विना कारण बिच बाटोमा बिचल्लीमा परेका छन्। वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिराहाले…
Read More
जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

काठमाडौं, १३ पुस । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शनिवार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्। सन्दीपका कानुन व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात् छिटो फैसलाको पूर्ण पाठ आउने अपेक्षा रहेको सन्दिपका एक कानुन व्यवसायीले भने। कानुनतः फैसलाको पूर्ण पाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन। जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटिपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दिपका कानुन व्यवसायीले बताए।
Read More
आयुर्वेद भरपर्दो उपचार पद्धति हो : स्वास्थ्य मन्त्री बस्नेत

आयुर्वेद भरपर्दो उपचार पद्धति हो : स्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक, १४ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताएका छन्। राष्ट्रिय  आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिवार आयोजना गरिएको नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्धतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन्। आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे। मन्त्री बस्नेतले भने, ‘आयुर्वेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ।’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा…
Read More
पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

काठमाडौँ, १४ पुस । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो। नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो। पर्साका लागि अनिल शाहले सर्वाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्। पर्साको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजवंशी र रसिद खानले २-२ विकेट लिएका थिए। त्यस्तै करण केसी र शेर मल्लले एक एक…
Read More
अवैध उत्खननको आरोपमा वडाध्यक्ष र क्रसर सञ्चालक पक्राउ

अवैध उत्खननको आरोपमा वडाध्यक्ष र क्रसर सञ्चालक पक्राउ

मुकेश कुमार यादव सिराहा, १४ पुस।  चुरे तथा वन क्षेत्रबाट अवैध रूपमा ढुङ्गा,गिट्टी,बालुवा र ग्राभेल उत्खननको सिफारिस दिएको भन्दै अध्यक्ष र क्रसर सञ्चालकलाई डिभिजन वन कार्यालय लहान सिराहाले पक्राउ गरी हिरासतमा राखेको छ।   वन क्षेत्रमा पोखरी गैर कानुनी ढङ्गले उत्खनन सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष फणीन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहम्मद खलिल राइनलार्ई पक्राउ गरेको हो। डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्स्काभेटर प्रयोग गरी अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस गरी सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको…
Read More
उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुईँमा पढ्न बाध्य

उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुईँमा पढ्न बाध्य

इन्दीप कोइराला बारा, १४ पुस । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ ।   तर, बाराको आदर्श कोटवाल गाउँपालिका–५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयका सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेन्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् ।   आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुईँमा खाली खुट्टा बसेर अध्ययन गर्नुपर्दा आफूहरूलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिकाको…
Read More
रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, ‘पश्चिमाको थप सहयोग चाहियो’

रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, ‘पश्चिमाको थप सहयोग चाहियो’

किभ, १४ पुस । रुस र युक्रेनबिच झन्डै दुई वर्षदेखि जारी युद्ध चलिरहेको छ तर रोकिने अवस्था अझै देखिँदैन । शुक्रवार मात्रै रुसले युक्रेनी सहरमा भीषण मिसाइल आक्रमण गरेको छ । जसका कारण देशभर १८ जना सर्वसाधारण मारिएका छन् भने ८६ जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रवार रुसले युक्रेनमा कुल १२२ मिसाइल र २६ ड्रोनहरू प्रहार गरेको थियो, जसले युक्रेनमा ठुलो क्षति पुर्‍याएको छ।   युक्रेनी वायुसेनाका एक अधिकारीले २२ महिना लामो युद्धमा यो नै रुसले गरेको सबैभन्दा ठुलो हवाई हमला भएको बताए ।   युक्रेनी सेना प्रमुख भ्यालेरी जालुज्नीले युक्रेनी वायुसेनाले आक्रमण…
Read More
प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान

प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान

- रामराज रेग्मी शान्तदासजीले जीवनको पछिल्लो अवधिमा उच्च श्रेणीको बाल साहित्यकारको पहिचान बनाउन सफलता प्राप्त गरेका छन् । उनको निधनका अवसरमा र त्यसपछि प्रायजसोले यही कार्यलाई लिएर उनको उच्च प्रशंसा गरेका छन् । उनले जीवनभर बालखुराक मात्र पस्किए भनिएको छ । तर उनको पहिचान अन्य क्षेत्रका साहित्यिक र राजनीतिक कार्यहरूबाट पनि स्थापित भएको छ । उनलाई अलि फराकिलो क्षितिजमा नियाल्नु पर्दछ भन्ने लाग्दछ । शान्तदासका जगतलाई बुझ्ने र जीवनलाई फेर्ने माध्यम तीनवटा थिए – राजनीति शिक्षा र साहित्य । जीवनका भिन्नभिन्न कालखण्डमा उनले यी तीनमध्ये कहिले एउटालाई, कहिले अर्कोलाई प्राथमिकता दिए (सङ्ग्रौला, २०८० :  कोशेली) । अनुवादक र लेखकका रूपमा शान्तदास झण्डै…
Read More
‘साहित्यमा शान्तदास’ कार्यक्रम सम्पन्न

‘साहित्यमा शान्तदास’ कार्यक्रम सम्पन्न

काठमाडौँ । पारिजात स्मृति केन्द्रको आयोजनामा यही २०८० साल पुस १३ गते साहित्यमा शान्तदास' कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार शान्तदास मानन्धरका व्यक्तित्वका विविध पाटाहरूमा केन्द्रित रहेर वक्ताहरूले आफ्ना विचारहरू राखेका थिए । विचार राख्ने क्रममा मार्क्सवादी चिन्तक निनु चापागाईँले शान्तदास मानन्धरको बालसाहित्यकार रूपमा बढी चर्चा भए पनि साहित्यका अन्य विधामा पनि महत्त्वपूर्ण योगदान रहेको बताए । त्यसै गरी अर्का वक्ता मार्क्सवादी चिन्तक रामराज रेग्मीले 'प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान' विषयक आफ्नो विचारपत्र प्रस्तुत गर्दै सत्ताधारीहरूले चिन्न नसके पनि शान्तदास जनताको हृदयमा बस्न सफल भएको बताए । कार्यक्रमका अर्का वक्ता नेपाल भाषाका प्रसिद्ध साहित्यकार मल्ल के सुन्दरले वि.…
Read More