Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 8 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

भीम रावलको प्रश्न, ‘मन्त्री सुदन किराँतीका पुर्खा क्रिश्चियन थिए ?

भीम रावलको प्रश्न, ‘मन्त्री सुदन किराँतीका पुर्खा क्रिश्चियन थिए ?

काठमाडौँ, ६ पुस । नेकपा एमालेका नेता भीम रावलले नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन् । संस्कृति मन्त्री किराँतीले ‘क्रिश्चियन धर्म नमान्ने संविधान विरोधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति दिए पछि एमाले नेता रावलले प्रश्न गरेका हुन । ‘मन्त्री सुदन राई किराँतीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न, के मन्त्री सुदनका पुर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’ उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘यस्ता प्रश्नको जवाफ चाहियो।’
Read More
आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा

आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा

सहर पसेपछि आफ्नो जन्मथलो बिर्सने गरिन्छ । अझ आफ्नो पेसा र व्यवसायमा व्यस्त भएपछि  आफ्नो गाउँघरको कुरा गर्ने फुर्सत पनि हुँदैन । तर त्योभन्दा फरक जीवनशैलीमा क्रियाशील छन् काठमाडौँ नयाँबजारका औषधि व्यवसायी रेसम श्रेष्ठ । व्यक्तिगत समस्या तथा जीवन चलाउन औषधि व्यवसायमा संलग्न रहे गरे पनि उनको पुरै ध्यान आफ्नो गाउँतर्फ नै हुने गर्दछ  । गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य सेवाको विभिन्न पाटाहरूमा उनी सक्रिय भइरहेका हुन्छन् । ‘जन्मेको गाउँको विकास हुनुपर्दछ, त्यहाँमा मानिसहरू सक्रिय हुनुपर्दछ’ भनेर समाजसेवी श्रेष्ठ आफ्नो गाउँमा लामो समयदेखि औषधि पसल खोल्दै आए । वि.सं. २०५९ सालमा केही साथीहरूसँग मिलेर आवश्यक प्रक्रिया पुरा गरी हेल्थ सेन्टर…
Read More
फेसबुकले प्यालेस्टाइन समर्थक आवाजहरू दबाउन थाल्यो: अधिकार समूह

फेसबुकले प्यालेस्टाइन समर्थक आवाजहरू दबाउन थाल्यो: अधिकार समूह

न्युयोर्क, ६ पुस । फेसबुक र इन्स्टाग्राममा प्रकाशित प्यालेस्टाइन समर्थक सयौँ पोस्टहरू हटाउने कार्य मेटाले गरिरहेको आरोप लगाइएको छ। त्रुटिपूर्ण सामग्री मध्यस्थता नीति, कमजोर कार्यान्वयन र अनावश्यक सरकारी प्रभावको कारणले उसले यस्तो काम गरिरहेको मानव अधिकार समूहले लगाएको छ। ‘प्यालेस्टाइनको समर्थनका सामग्रीलाई मेटा सेन्सरशिपले पहिले नै प्यालेस्टिनीहरूको अभिव्यक्तिलाई दबाइराखेको अकथनीय अत्याचार र दमनको समयमा चोटको लागि अपमान थप्छ’ एचआरडब्लुका कार्यवाहक तथा मानव अधिकार निर्देशक डेबोरा ब्राउनले भने।   ‘सामाजिक मिडिया मानिसहरूलाई साक्षी दिन र दुर्व्यवहारको विरुद्ध बोल्नको लागि एक आवश्यक प्लेटफर्म हो जबकि मेटाको सेन्सरशिपले प्यालेस्टिनीहरूको पीडालाई थप्दै छ,’ उनले अगाडी भने ।   एचआरडब्लुकले भन्यो, ‘यसले ६० देशहरूमा मेटा…
Read More
ईङल्याण्ड  विरुद्धको टी- २० सिरिजमा वेस्टइन्डिज ३-२ ले विजयी

ईङल्याण्ड विरुद्धको टी- २० सिरिजमा वेस्टइन्डिज ३-२ ले विजयी

  काठमाडौँ, ६ पुस । वेस्टइन्डिजले ईङल्याण्ड विरुद्धको टी- २० सिरिज जितेको छ । गए राती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३-२ ले विजयी भएको हो । ईङल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिज १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै ईङल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै १३२ रन बनाएको थियो । योसँगै वेस्टइन्डिजले ईङल्याण्ड विरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।
Read More
भारतमा अब फर्जी सिम किन्नेलाई ३ वर्ष जेल सजाय र ८० लाखसम्म जरिवाना

भारतमा अब फर्जी सिम किन्नेलाई ३ वर्ष जेल सजाय र ८० लाखसम्म जरिवाना

नयाँ दिल्ली, ५ पुस । भारत सरकारले देशमा नक्कली सिम कार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ  ।   दूरसञ्चार विधेयक २०२३ संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयकमा नक्कली सिम किन्नेलाई ३ वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । राष्ट्रपतिले उक्त विधेयकमा हस्ताक्षर गरेपछि ऐन बन्नेछ ।   नयाँ दूरसञ्चार विधेयक २०२३ गत बुधवार लोकसभामा पारित भएको थियो भने आज राज्यसभामा पनि यसलाई हरियो सङ्केत मिलेको छ । यस विधेयकले सरकारले राष्ट्रिय सुरक्षा कारणले कुनै पनि दूरसञ्चार सेवा वा नेटवर्कलाई नियन्त्रणमा लिन, व्यवस्थापन गर्न वा निलम्बन गर्न अनुमति दिनेछ ।   सार्वजनिक…
Read More
प्युठानमा जिप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

प्युठानमा जिप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौँ, ५ पुस । प्युठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। दुर्घटनामा परेर घाइते भएका आँपडाँडा निवासी ५६ की चुराकुमारी घर्ती मगर, ४० वर्षकी अमि घर्ती मगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगरलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको छ। यस्तै, जिप चालक डाँडा गाउँ बस्ने वर्ष ३४ को कविराज घर्ती मगर र सोही ठाउँ निवासी वर्ष ५५ की कृष्ण घर्ती मगरको अवस्था मध्यम…
Read More
चीन र फिलिपिन्स बिच समुन्द्री तटमा तनाव बढ्दो, हल गर्न दुवै पक्ष वार्तामा

चीन र फिलिपिन्स बिच समुन्द्री तटमा तनाव बढ्दो, हल गर्न दुवै पक्ष वार्तामा

बेइजिङ, ५ पुस । चीनका विदेश मन्त्री वाङ यीले मनिलालाई चर्को विवादित दक्षिण चीन सागरमा सावधानीका साथ काम गर्न आग्रह गरेका छन् । किनभने उनका फिलिपिन्स समकक्ष एनरिके मनालोले दुई देशबिच वार्ताको आवश्यकतालाई समेत औँल्याएका छन् । हालैका महिनाहरूमा जलमार्गमा बेइजिङ र मनिला बिचको तनाव बढेको छ । विशेष गरी स्कारबोरो शोल र दोस्रो थोमस शोलमा जहाँ मनिलाले चिनियाँ तट रक्षकलाई सिएरा माड्रेमा नाविकहरूलाई नियमित पुनः आपूर्ति अभियानको क्रममा फिलिपिनो समुन्द्री रक्षकका विरुद्ध खतरनाक कार्य गरेको आरोप लगाएको छ। मनिलाले चीनको व्यवहारलाई लिएर दर्जनौँ कूटनीतिक विरोध गरेको छ र यस महिनाको सुरुमा चिनियाँ र फिलिपिनो जहाजहरू बिचको टक्कर पछि चिनियाँ…
Read More
मन्त्री किराँतीलाई गोकुल बाँस्कोटाको प्रश्न, ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?’

मन्त्री किराँतीलाई गोकुल बाँस्कोटाको प्रश्न, ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?’

काठमाडौँ, ५ पुस । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको बिबादस्पद अभिव्यक्ति प्रति कटाक्ष प्रयोग गरेका छन् । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीको अभिव्यक्ति प्रति कटाक्ष प्रहार गर्दै पूर्व मन्त्री बाँस्कोटाले अहसहित दर्ज पनि गरेका छन् । उनले माओवादी अरू कसैको सेवा दिन मिसनरी उद्योग रहेको गम्भीर आरोपसमेत लगाएका छन् । ‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको सङ्ख्या (हिन्दु, बौंध्द, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि  प्रमाणित…
Read More
राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

काठमाडौँ, ५ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छ। प्रशासन कार्यालयले बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखे पछि विरोध पनि सुरु भएको छ।   गत महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेमा समय सकिएपछि प्रशासनले दुई महिना थप गरेको हो। यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ। सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका…
Read More
संस्कृति मन्त्रीको अभिव्यक्ति प्रति रवि लामिछानेको आपत्ति

संस्कृति मन्त्रीको अभिव्यक्ति प्रति रवि लामिछानेको आपत्ति

काठमाडौँ, ५ पुस । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो । यसबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिनु पर्ने तथा तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएका छन्  । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैर जिम्मेवार,पदीय गरिमा विपरीतको र अत्यन्तै  खेदजनक  छ,’ उनले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु,…
Read More