09
Jul
काठमाडौँ, २०८१ असार २४ । क्यानडा बस्दै आउनु भएका राजेन्द्र कार्कीद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’को दोस्रो संस्करण प्रकाशित भएको छ । २०८० भाद्रमा पहिलो पटक प्रकाशित यो कृति २०८१ असारमा आएर दोस्रो संस्करण प्रकाशित भएको हो । फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको खाइराइडको दोस्रो संस्करणको आवरण थप परिमार्जन गरिएको छ भने पहिलो संस्करणमा रहेका केही अशुद्धि तथा प्राविधिक भाषिक त्रुटिहरूलाई हटाइएको छ । पहिलो संस्करण प्रकाशित भएपछि ‘खाइराइड’ कृतिमाथि देशमा र विदेशमानसमेत आधा दर्जन परिचर्चा कार्यक्रम सञ्चालन भएका थिए भने यसैमा केन्द्रित भएर दर्जन बढी समालोचना तथा समीक्षाहरू प्रकाशित भएका छन् । प्रकाशित भएको यति छोटो अवधिमै कुनै…