health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ ।२०८१ ज्येष्ठ ३२ ,बिहीबार। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा ‘अनुवाद गोष्ठी’को आयोजना प्रतिष्ठानकै देवकोटा सभाकक्षमा गरेको थियो ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार हो र आफ्नै रैथाने भाषा भाषीमा पनि अनुवादको काम हुनुपर्छ।जुन लोकभाषा,साहित्य ,कथन,इतिहास ,संस्कृति र मौलिकतालाई बुझ्न र आत्मसात् गर्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्नुभएको थियो ।साथै उहाँले प्रज्ञा-प्रतिष्ठानबाट कतिपय प्रसिद्ध पुस्तकहरू अनुवाद भइसकेका छन् ,त्यस्ता कृति थप प्रकाशित हुँदै जानेमा जोड दिनुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद )विभाग प्रमुख हंसावती कुर्मीले गोष्ठीको सभाध्यक्षयता गर्नुभएको थियो।उहाँले भाषा जान्दैमा अनुवाद गर्न सकिन्छ भन्ने छैन,यो एक प्राविधिक विधा हो । प्रज्ञा-प्रतिष्ठानले अनुवादबाट उत्पन्न हुने चुनौतीलाई क्रमशः संवोधन गर्ने छ ।यससम्बन्धी प्रश्न र जिज्ञासाको निरूपण छलफल र विमर्शबाट हुने छ भन्नु हुँदै अनुवादले एक अर्कालाई परिचित गराउने बताउँदै गोष्ठीको समापन गर्नुभएको थियो ।
गोष्ठीमा अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको ओैचित्य माथि प्रकाश पार्दै अनुवाद ज्ञान ,विज्ञान र प्रविधिसँग समेत जोडिन्छ।यसले एक आपसमा भाषाको सञ्चार गर्छ र लेखनमा समृद्धि ल्याउन अनुवादको महत्त्व रहेको हुन्छ भन्ने धारणा राख्नु भएको थियो ।
गोष्ठीमा डा.बलराम अधिकारीद्वारा लिखित ‘अनुवादको भाषा :सैद्धान्तिक बहस र अभ्यास’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।कार्यपत्रमा शाब्दिक तथा संरचनात्मक तहको भाषा र अनुसन्धानको ओैचित्य बारे व्याख्या गरिएको थियो । यस गोष्ठीमा प्रस्तुत गरिएको उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अनुवादक राजन जोशीले अनुवाद बोझिलो र भड्किलो हुनु हुँदैन ।अनुवादको भाषा सरल र बोधगम्य हुनुपर्छ। कुनै पनि स्रष्टाको अनूदित कृतिको मौलिकता र मर्म मर्नु हुँदैन ।त्यतातिर अनुवादकको ध्यान जानुपर्नेमा जोड दिनु भएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (कविता/काव्य )विभाग प्रमुख बाबा बस्नेतले लेखकभन्दा पनि अनुवादक सचेत हुनुपर्छ ।गुगलबाट हुने अनुवादमा मौलिकता रहँदैन ।यसको विशिष्टतालाई जोगाउन सुझाव दिनुभएको थियो । गोष्ठीमा प्राज्ञसभा सदस्य द्वय धर्मेश पोखरेल र प्रकाश तिवारीले प्रस्तुत कार्यपत्रमाथि जिज्ञासा राख्नुभएको थियो ।
गोष्ठीमा सहभागीमध्येबाट रामबहादुर पहाडी ,अजितमान तामाङ,डा.सोम धिमाल,ठाकुर अमगाईँ ,वेदना उपाध्याय ,कृष्ण अधिकारी र उमेश बस्तीलगायतले उक्त कार्यक्रममाथि आआफ्नो सुझाव र जिज्ञासा प्रकट गर्नुभएको थियो । गोष्ठीको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गर्नुभएको थियो ।
•सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला