health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

कहिले काहीँ यो मनमा किन यति भाव नफुरेर डल्लो परेको हुन्छ । नत बोल्न जाँगर लाग्छ नत पढ्न जाँगर लाग्छ । नत केही कोतर्न जाँगर लाग्छ । फेरी कलम चलाउन लागेको तिसौँ वर्ष भयो । आजकाल कलमको स्थान किबोर्डका गोटीले विस्थापित गरेको छ, अब कलम हैन किबोर्डका गोटी थिच्दछु भन्नुपर्छ । न त अग्रजबाट आउने सुझाव अनुसार यो पुगेन त्यो पुगेन भन्ने कसर मसार नभएको लेख भाँती पुगाएर लेख्न नै सकिएको छ तर पनि किबोर्डका गोटी थिचेर लेखक भएर दरिएकै छ । त्यसैले अहिलेको २०८१ ज्येष्ठ १ गते रात्रि ११ बजे यो लेख लेख्न कसिएकै छ ।
आज मलाई यो लेख लेख्न ऊर्जा मिल्नाको कारण मैले हिजो साँझ राती सुत्ने तरखर गर्नै लाग्दा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका मित्र सुदिपराज बस्नेतको सूचनामा आँखा प¥यो । उनको सूचना थियो सदाझैँ त्रिवि पनिकाको नतिजा र परीक्षा तालिकाको र परीक्षा फारम खोलेको, छुट परीक्षा फारम खोलेको पुनर्योगको नतिजा प्रकाशित भएको पनिकाको कामै यही हो । यही कामको नतिजा पनि बेलामा निकाल्दैन पनिका बल्खु हिजो शिक्षा शास्त्र सङ्काय स्नातक पहिलो वर्षको २०७८को आंशिक परीक्षाको नतिजा दिएछ । सूचनामा आँखा पर्दासाथ मैले प्रवेश पत्रको खातबाट त्यो वर्षको प्रवेश पत्र खोजेर नतिजा हेरेँ आफ्नो सिम्बल नम्बर हान्नेमा अन्तिम नम्बर अर्कैको परेछ नामै फरक यस्तो त नहुनु पर्ने भनेर फेरी हेरेको उक्त अङ्क तलमाथि परेछ अब आफ्नो नम्बर हानेर हेर्छु है सोल्टिनी भन्दै हानेको नतिजा नभनेर खुसीले उत्तेजित भएर सोल्टिनी …सोल्टिनी… भनेको उताबाट पास त होला भन्ने आवाज पहिला आयो । अब पहिलो शुभ आवाज सुनाएकालाई भोली लड्डु भनेँ यसरी मैले आजकालको स्ट्याटसमा यस्तो लेखेँ ।
“ मैले चरेसको, सुन फूलको झोला बोकेको थिएन । जीवनको उत्तरार्धमा भए पनि विश्वविद्यालयको झोला बोकोको थिएँ । मेरा बाउ बाजेले नपढेको विषय अङ्ग्रेजीले अलि बढी सताएको थियो । शिक्षा शास्त्र स्नातक तह प्रथम वर्ष २०७८को आंशिक परीक्षाको अङ्ग्रेजी विषयको आज प्रकाशित भएको नतिजामा पास भएसँगै मेरा तर्फबाट विद्यावारिधि सकिएको महसुस गरेको छु । मलाई स्नेह गरी कक्षा कोठामा विद्यार्थी नभनेर साथी भनेर पढाउने गुरु र साना भाइबहिनीहरूले हाम्रो बाजे भनेर माया गरी सम्बोधन गरी कक्षा कोठाको साथी सरह व्यवहार गरी सिकाई आदान प्रदान गर्ने भाइ बहिनीलाई बेसरी सम्झेको छु । यो परीक्षा दिने बेलामा मलाई टयूसन पढ्न जान वातावरण दिने टेकबहादुर कठायतलाई धेरै सम्झेको छु । मलाई माया गरी ट्युसन पढाउने भ्याली ट्युसन सेन्टर र ट्युसन पढाउने शिषक सुरेन्द्र भट्टलाई बेसरी सम्झेको छु । औपचारिक अनौपचारिक रूपमा प्रेरणा दिने सबैप्रति म कृतज्ञ छु । फेरी पनि तपाईँहरूको साथ र सहयोगको अपेक्षा गरेको छु । अब विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहको औपचारिक रूपमा बूढो विद्यार्थी बन्ने निश्चित भएको छ ।”
“”मैले यति लेखिसकेपछि मेरो व्यक्तिगत म्यासेन्जरमा बबिता बस्नेत बहिनीले मेरो नतिजा हेरिदिनु भनिन् उनको हेरिदिएको पास रहिछन् । भेट नभएकी स्नातक अध्ययनरत फेसबुक साथी बहिनी रोशनी कुँवरले “हार्दिक बधाई सर” भनेर व्यक्तिगत म्यासेन्जरमै लेखिन् । यसपछि भने स्ट्याटसमा कमेन्ट आउन सुरु भए हिजो साँझ सम्म आएका कमेन्टमा सबैभन्दा पहिला मेरी सगोत्री बहिनी मेरी कक्षा साथी शान्ति साउँदको “म हार्दिक बधाई दाजु” आयो । त्यसपछि क्रमशः मेरा बहिनी ज्वाइँ चन्द्र अधिकारी को “बधाई छ हजुर ।” बर्दिया फुपूको छोरा राजेश बजगाईँ भाइले “बधाई छ दाजु”, भान्जा सुशोभन अधिकारीले “बधाई छ मामा”, मित्र यामराज शर्मा “बधाई गुरुदेव”, राष्ट्रिय परीक्षा बोर्डका बागमती प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख मानवीय नाताकी दिदी जयन्ती सत्यालले “बधाई”, मेरो कार्यकालका सुर्खेत प्रलेसका सहसचिव देवप्रकाश सिंह “बधाई छ वाशिष्ठ ज्यू ”, सुर्खेतका मित्र खिम रेग्मी “बधाई”, आयुर्वेद अस्पताल कीर्तिपुरका डा नीराजन खतिवडा नाताले बहिनी ज्वाँई “बधाई छ हजुर”, कथाकार अनसूया ज्ञवालीले “ बधाई”, नेपालगन्ज बस्दाको बेलाका मेरा पत्रकारिताका गुरु आज पनि उत्तिकै माया गर्ने पूर्ण लाला चुके “धन्यवाद जगत्जी ”, मेरा मित्र मध्यपश्चिम विश्वविद्यालयका पत्रकारिताका विभागीय प्रमुख युवराज शर्माले “बधाई”, राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक श्याम रिमाल “ह्युज क्रन्क्राजुलेशन”, भाइ गोविन्द ढुङ्गाना “बधाई दाजु”, मित्र धनराज वास्तविक “बधाई छ” ।
महेन्द्र रत्न क्याम्पस ताहाचलका नेपाली विषयका उपप्राध्यापक धर्मनन्द पन्त “धेरै धेरै बधाई”, पहिला म्यासेन्जरमा बधाई दिने कुँवर बहिनीको फेरी कमेन्टमा “ बधाई छ सर”, मेरा पुराना मित्र पेसाले शिक्षक प्रेम थ्याट “बधाई छ ” । सुर्खेतका मेरा सगोत्री दाजु आकाश तारा बयकले “बधाई छ भाइ जोगाएर राख्नु ”, मेरा मित्र पेसाले अधिवक्ता भीष्म जोशीले “बधाई” भनेर दिएको कमेन्टमा मैले पनि उत्तरमा पानको पात लभ साइन हानेँ सुत्नभन्दा अगाडि बाहिर नलेखे पनि मैले पहिला जसका मुखबाट पास … पास त होला सुनेको थिएँ उनैलाई म्यासेन्जरमा तलका शब्द लेखेर सुतेँ ।
“आत्मीय सोल्टिनी मेरा आँखाबाट अहिले अनायासै बररर आँसु झरे । मेरो यो सफलतामा प्रत्यक्ष अप्रत्यक्ष हजुरको बोली र हात मिसिएको छ । जहिले पनि हजुरको बोलीबाट स्नातकोत्तर पढ्दै गरेको छु भने पनि एक स्तर माथि उठेको हुन्छ भन्ने । सायद हजुरको यो बोली नभएको भए पनि मसँग यो स्वार्थी कँव्रिटको सहरमा निराशा मात्रै बाँकी हुन्थ्यो होला । प्रत्येक व्यक्ति उसले गरेको मेहनतको सफलतामा साथ दिन्छन् । मलाई मेरा शुभचिन्तकले गरेको कमेन्ट हेर्दा मैँले आँसु थाम्न सकिन । यही बेला मेरा कुन दोषले हो सधैँ प्रेरणा दिने क्याटलिस्टको भूमिका खेल्ने मेरी सोल्टिनी आज मुन्टो बटार्ने हुनु भएको छ । भुलचुकको कुनै गल्ती एक पाना हो रे अनन्त सम्बन्ध त किताब हो रे अब कुनै एक पानाको दोषले सिङ्गो किताब नच्यातौँ है सोल्टिनी, एक पाना प गलत थियो त सिङ्गो किताबको के दोष । अब हाम्रो प्राज्ञिक सहयात्रालाई जीवन्त बनाऔँ, जीवन्त बनाऔँ ।”
आज जेठ एक गते बिहान भएपछि फेरी साँझ लेखेको कमेन्टमा नजर परिहाल्यो मलाई हृदयदेखि माया गर्ने अनि दाइ भएका नाताले भाषिक शुद्धता चाहिन्छ यो निर्देशन पनि हो भनेर बेला बेला लेखकीय निर्देशन दिने आदरणीय दाजु हिकमत थापाको सात समुन्द्र पारी अफ्रिकाबाट आएको “हार्दिक बधाई” कमेन्टले थप ऊर्जा थप्यो अनि आज दिनभरि कति कमेन्ट आउँछन् तिनलाई लिपिबद्ध गर्नका लागि पनि एक लेख लेख्छु भनेर मैले पनि कसैलाई लभ पानको पात साइन रियाक्ट नपठाएर दिनभरि आफ्नो काम बिहान अलिकता पढेर दिउसोको काम गर्मी भएकाले सुतेँ । सुत्ने पनि काम हो भन्नुहोला मान्छे मेसिन होइन मेरो बानी अक्सर राती लेखपढ गर्ने भएकाले म दिउसो काम नभएको बेला सुत्ने गर्छु । यो फर्मुला डा. हरि पोखरेल ‘मासाग्नी’ले सिकाउनु भएको हो । “बिना काम बरालिनु भन्दा सुत्नु बेस कम्तीमा बिउँझिँदा मस्तिष्क र शरीरले आराम पाउँछन् ।” यस्तैमा दिउसो गोरखापत्र संस्थानका पूर्व सञ्चालक समितिका सदस्य मित्र दुर्गाप्रसाद भण्डारीजीको फोन आयो यतै काठमाडौँमै छु कैलाली गएको छैन भन्ने भोली भेट गर्ने कुरो भएको छ । दाजु कमानसिंह खड्काले फोन गर्नु भएको रहेछ म भाइ धर्मराजकहाँ गएको थिएँ । बिहान खाना पकाउन अल्छी लाग्यो त्यतै खाना खाएर आएँ । दिउसो मित्र विपिनचन्द्र गिरी आउनु भयो दिनभरि अध्ययन गरेर हामीले साँझको खाना सँगै खाएर छुट्टियौँ । अब सुत्नपर्छ भनेर तरखर गर्न लागेको के थिएँ कमेन्टमा हेर्दा अहिले राती नै लेख लेख्ने ऊर्जा दियो त्रिवि नेपाली केन्द्रीय विभागका गुरु प्रा.डा. लक्ष्मणप्रसाद गौतमको कमेन्टले, उहाँले आगामी शैक्षिक सत्रमा त्रिवि नेपाली केन्द्रीय विभागमा भर्ना हुन निमन्त्रणा गर्नु भएको रहेछ उहाँको कमेन्ट “जगत्जी, अब आउँदो सत्रमा नेपाली केन्द्रीय विभाग, कस्र्तिपुरमा नेपाली एम.ए.मा भर्ना हुन आउँनुहोस ।” यसपछि भने मैले धेरै कमेन्ट कुर्न लागिन र लेख लेख्न सुरु गरेँ मैले मेरो जवाफ उहाँलाई “गुरुको नजर परेर कोटी कोटी स्नेह भाव व्यक्त भएपछि नआउने कुरै भएन । सिकाइका साथै गल्ती गरेपछि कान निमोठेर पृष्ठपोषण गर्ने अधिकार समेत राख्नुहुन्छ ।” यसरी मैले लक्ष्मण गुरुकोमा कमेन्ट फर्काएँ अनि ल्यापटपको किबोर्डमा औँला थिच्न थालेँ । कता पुगेर कस्तो लेख बन्छ खिस्सा मात्रै बन्ने हो कि थाहा छैन । त्यस अघि सुर्खेतका शैक्षिक र साहित्यिक धरोहर मेरा मात्रै नभएर हजारौँ विद्यार्थीका गुरु सुर्खेत क्याम्पस शिक्षा हाल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख महेन्द्रप्रसाद गिरीको “बधाई”ले मलाई पहिले नै आलेख लेख्न प्रेरित गरिसकेको थियो । यस्तैमा सयौँ मित्रका कमेन्टले मलाई थप ऊर्जा दिएको छ ।
यस्तैमा मैले मेरी सोल्टिनीलाई मैले हजार पल्ट उदाहरण दिएका दुई जनाको पनि उदाहरण आज पनि दिएको छु । उहाँलाई कानमा सुनाएको शब्दले पार नलागेपछि म भूमिका बाँधेर यस विषयमा पनि लेख्न गइरहेको छु । कथावस्तु खासमा यस्तो रहेको छ ।
कुरो २०६७ सालको हो हामी धनगढीबाट काठमाडौँ आउनका लागि आएका थियौँ नेपाल प्रज्ञाप्रतिष्ठानको सुदूरपश्चिममा साहित्यिक भाषिका सङ्गोष्ठी थियो । मुलुकभरिका साहित्यकारमा मलाई पनि मित्र टिएन जोशीजीले बोलाउनु भएको थियो त्यो बेला मेरो बसाई सुर्खेत थियो त्यो बेला म असाध्यै सक्रिय थिएँ । मेरो निजी कामले काठमाडौँ आउनुपर्ने थियो प्रज्ञा प्रतिष्ठानको गाडीमा सिट खाली भएकाले मलाई काठमाडौँसम्मको यात्रामा प्राज्ञहरूसँगै आउने शुभ अवसर प्रा.डा. जीवेन्द्रदेव गिरी सरका अनुकम्पाले जुरेको थियो । त्यस बेला गाडीमा सवारमा प्राज्ञ महादेव अवस्थी, प्राडा. जीवेन्द्रदेव गिरी, प्रा.डा. खगेन्द्र लुइँटेल भाषाविद् प्रा.डा.योगेन्द्र यादव, लेखक केवी सिम्पल, प्रा.डा चूणमणि बन्धु प्रज्ञा—प्रतिष्ठानका कर्मचारी लगायत हामी १२ ÷१३ जना थियौँ । प्रमुख अतिथि नेपाल प्रज्ञा—प्रतिष्ठानका तत्कालीन उपकुलपति गङ्गाप्रसाद उप्रेती आकाश यात्राबाट आइसक्नुभएको थियो । उहाँले बाटोमा खाना खाँदा बाटोभन्दा भित्र गएर समय लागे पनि ताजा खाना बनाउन लगाएर खाएर आरामसँग आउनु भन्नुभएको थियो । हाम्रो खाना उप्रेती सरले भनेजस्तै कोहलपुरमा पुगेर भने जसरी भयो । मैले त्यो बेलाको बाटोभरिको यात्राको वार्ताको संस्मरणलाई प्राज्ञसँगको यात्रा भनेर आलेख बनाएको थिएँ । त्यस बेला सबैले भनेका काम लाग्ने विषलाई मैले लिपिबद्ध गरेको थिएँ तर आज स्मरणमा दुई जना व्यक्तित्वका भनाई मार्मिक र जीवनदेखि निराश भएकालाई अलिकता भए पनि त्राण दिने खालका भएकाले पढाई लेखाई केही होइन भन्ने भाव भएकालाई खासमा काम लाग्ने भएकाले त्यो उहाँको भनाई र अनुभूतिलाई लिपिबद्ध गर्दैर्छु उहाँले भनेको र मैले यहाँ लिपिबद्ध गरेको कति मेल खान्छ मैले स्मरणका आधारमा लेखेकाले केही शब्द तलमाथि पनि हुन सक्छन् भाव त नमर्ला भाव यस्तो रहेको छ । प्राध्यापक खगेन्द्र लुइँटेलको भाव यस्तो थियो “आफूm प्राध्यापन सेवामा प्रवेश गर्दा सँगै आइएनजीओमा नाम निस्कियो जसको तलब ४० हजार र त्यसै बखत त्रिवि सेवामा उपप्राध्यापकको नाम निस्कियो यताको तलब २२०० अब उहाँ भन्नुहुन्छ २२०० र ४० हजार तुलना गर्ने कुनै गणित हो तर मैले २२०० रोजेँ र आजको खगेन्द्र लुइँटेल भएको हुँ भन्नुभयो । धेरै जना मित्रले आइएनजिकोमा जागिर खान सुझाव दिएका थिए आफूmले सोचेँ आइएनजिओमा जागिर खाएमा धनको केही अभाव हुने छैन अनि त्यो रकम जसरी आउने छ त्यसरी नै खर्च हुनेछ आफूmलाई सङ्घर्षको कुनै अनुभूति हुने छैन भनेर थुप्रै आफन्त र शुभचिन्तकको सल्लाह नमानेर २२०० रोजेकाले म आजको खगेन्द्र लुइँटेल भएको हुँ ।” त्यस्तै अर्को अनुभूति प्राध्यापक महादेव अवस्थिको थियो अवस्थीको अनुभूति “त्यस बेला आफूm प्राइभेट क्याम्पसदेखि सबैतिर हालीमुहाली हुँदा महिनामा ३६०० कमाउने व्यक्ति त्रिविमा स्थायी भएर त्रिविमा केन्द्रित हुँदा ६०० मा आयो रे कमाई अवस्थी सरले भनेजस्तै मिलाएर सरकै जस्तो भाँती पुगाएर लख्न त आएन तर फलाना होटेलको सेकुवा छुट्यो फलाना होटेलको खाजा छुट्यो आज त्यहीले महादेव अवस्थि र प्राध्यापक बनायो । ” यसरी शब्दको खेती र प्राज्ञिकता भनेको एकाएक धन वर्षा गर्ने र गराउने चिज हैन सोल्टिनी मैले बारम्बार यी उदाहरण हजारपल्ट हजुरका कानमा भनेँ यस दिन पनि भनेपछि धेरे पल्ट सुनाई सक्नुभयो यो आदर्शले खान दिँदैन भन्ने हजुरको वाणी फेरी सुनेपछि मैले लिपिबद्ध गरेरै भए पनि फेरी पढाउने कोसिस गरेँ अबदेखि भुलेर पनि प्राज्ञिकता भनेको काम लाग्ने चिज हैन भन्ने मानसिकताबाट हटाइदिनुहोला भन्दै मैले मेरी सोल्टिनीलाई लिपिबद्ध अनुच्छेद अध्ययन गरी दिन हुन हार्दिक आग्रह गर्दै बाँकी आलेख अगाडी बढाउन तर्फ लागे । रात छिप्पिएकाले आजको राति सुत्ने तरखर गर्दै अब बाँकी लेख भोली दुई गते बिहान लेख्ने प्रण गरेँ ।
आज दुईगते बिहान ल्यापटप खोलेर फेरी उही म्यासेन्जरमा कमेन्ट हेर्न लागेको केही कमेन्ट थपिएछन् । उहिल्यैको कुरा हो कार्टुनको विषयमा छलफल थियो कार्टुनिष्ट राजेश केसीले आफूmले बनाएको कार्टुनले सम्पादक हाँसेपछि कार्टुन पास भएको मानेर आफूm जाने गरेको सम्पादक गुणराज लुइँटेल नहाँसेसम्म मिलेन भन्ने हुने कुरा सुनाउनु भएको र उहाँ हाँसेपछि उहाँ मात्रै नभएर ५० हजार व्यक्ति हाँसेको गणना गरेझैँ मैले पनि यहाँ कमेन्ट गर्ने प्रत्येक व्यक्तिलाई ५० हजारले योग गरेपछि १२८ जनाको ६४ लाख हुँदो रहेछ मलाई कमेन्ट गर्ने व्यक्तिको व्यक्तित्वको स्तरले त्यही मापन गर्छ त्यसैले भनिन्छ र सधैँ मैले भन्ने गरेको हामी मात्रात्मक खोजी गर्दैनौ गुणात्मकतालाई मूल्याङ्कन गर्छौँ । त्यसैले मैले भिडलाई छोडिसके र भिडको विश्वास पनि गर्दैन म भिड छोडेर औँलामा गणना गर्ने यस्तै एक व्यक्ति आफैमा कोटी कोटी गुणबद्धता भएकाको सङ्गतमा भएकाले यहाँ पनि त्यस्तै व्यक्तिले मात्रै कमेन्ट गर्नु भएको छ । कसैलाई यस्तो हार्दिक बधाई को गन्थन पनि लेख हुन्छ र भनेर पढ्नलाई अल्छी लाग्न पनि सक्छ तर पनि लिपिबद्ध गर्नका खातिर मैले कसैलाई नछुटाई कन लिपिबद्ध गर्नतिर किबोर्डमा औँला अगाडि बढाएँ ।
भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेत “हार्दिक बधाई तथा मङ्गलमय शुभकामना”, परदेशमा रहनुभएका दाजु परशुराम उपाध्याय “बधाई ”, सुर्खेतबाट पत्रकार दाजु प्रवासकुमार शाक्य “बधाई”, मेरो भाइ नरेन्द्रप्रसाद भट्टराई “बधाई दाजु” मेरा महेन्द्र रत्न क्याम्पसका शिक्षण अभ्यासका गुरु हेरम्बराज बास्तोला “ हार्दिक बधाई जगत् सर !” हाल अस्ट्रेलिया रहनुभएका दाजु टिएन अर्यालले “ खुसी लाग्यो मित्र बधाई” उहाँले मित्र भने पनि म सम्मानका साथ दाजु भन्छु उहाँको सुझाव थियो अङ्ग्रेजी अलिकता ल्याक रहेछ अलि मेहनत गर्नुपर्ने छ भन्ने सुझाव थियो ।
नेपाल सरकारका उपसचिव खेमराज उपाध्यायको “बधाई”, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटा “बधाई”, मित्र चूडा ढकाल “बधाई”, त्रिवि नेपाली केन्द्रीय विभागकी उपप्राध्यापक दिदी गीता खनाल “हार्दिक बधाई”, कञ्चनपुर निवासी लेखक कथाकार रामचन्द्र नेपाल “हार्दिक बधाई”, टीकापुरका मित्र जमान बटाला “हार्दिक बधाई”, मित्र शरद पौडेल “बधाई छ, जगत्जी! सिक्न उमेर बाधक होइन भन्ने प्रमाणित गरिदिनु भएको छ ।”सुर्खेतका मित्र गणेश बस्नेत “बधाई”, गोरखापत्र राष्ट्रिय दैनिक अछामी भाषाका पृष्ठ संयोजक डा. हर्कबहादुर शाही
“बधाई”, निजामतीका अधिकृत जयबहादुर बिसी. “बधाई”, खस जुम्ली भाषाका स्तम्भकार नगेन्द्रप्रसाद आचार्य “हार्दिक बधाई”, मेरी प्यारी बहिनी आँखाकी पुतली सबिता पौडेल “बधाई ब्रदर”, मेरा गाउँका मित्र धर्मराज देवकोटा “बधाई”, सुर्खेतका मित्र गगनसिंह हार्दिक “बधाई” चितवनका मित्र विपिन पाठक “हार्दिक बधाई सर”, मित्र अजित खनाल, “हार्दिक बधाई” टेक कठायत “हार्दिक बधाई” खासमा उनको छायामा सहयोग रहेको छ । उनले १५ दिन जति मलाई भान्सामा एकल सघाएर मलाई पढ्ने वातावरण दिएका थिए । पूर्व बागमती प्रदेश सभासद् मिना ज्ञवाली “बधाई”, पूर्व थारु भाषाका संयोजक कृष्णराज सर्वाहारी “बधाई बहुट बहुट” भनेर थारु भाषामै लेख्नु भयो ।
नेकपा एमाले जन सांस्कृतिक महासङ्घका उपाध्यक्ष आरसी न्यौपाने “हार्दिक बधाई छ मित्र” । महेन्द्र संस्कृत विविका उपप्राध्यापक नाताले मेरा मामा खगेन्द्रप्रसाद घोडासैनी “हार्दिक बधाई छ भान्जा बाबु”, सगोत्री दिदीतर्फका भिनाजु लिटिल एन्जल्सका नेपाली शिक्षक कृष्ण निरौला “बधाई वशिष्ठ”, नेपाल प्रज्ञा —प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसाल “बधाई”, नाताले ज्वाँई माधव अधिकारी “बधाई”, उमेरले भाइ पेसाले शिक्षक रत्नप्रसाद गौतम “बधाई छ दाजु”, प्रलेसका पूर्व सचिव युगदर्शन साप्ताहिकका सम्पादक प्रकाश थापा मगर “बधाई छ जगत्जी । तपाईँ मात्रै होइन बुढो विद्यार्थी, म पनि पछि पछि आउँदै छु । बुलन्द मानसिकताका साथ अघि बढ्नुस् ।”
मलाई ताते ताते गरी कखरा सिकाउँदै कक्षा तीनसम्म प्रथम बनाउने श्री पूर्णादेवी प्रावि गाईनेकाँडाका गुरु मणिप्रसाद तिमिलसेना “बधाई छ” । टीकापुर निवासी कवि शिक्षक मित्र अशोक सोहरा असीम “बधाई सर”, निजामतीका अधिकृत दाजु सुरेश चपाई “धन्यवाद भाइ”, जुम्लाका लेखक समाजशास्त्रका अध्येता भर्खरै सपालदक्ष कर्णाली पुस्तकका लेखक माधव चौलागाईको प्रेरणादायी र ऊर्जामय यस प्रकारको कमेन्टले थकानलाई त्यसै थकाइदिन्छ, “वाह! प्रेरणादायी ऊर्जा रहेछ । पढ्न उमेरले छेक्दैन । शुभकामना छ ।”
दाङ् लमही निवासी लावा डगर त्रैमासिकका सम्पादक छविलाल कोपिला दाजु “ल बधाई तथा शुभकामना”। राजनीतिज्ञ सिता नेपाल “हार्दिक बधाई”, मित्र भरत सिंह “बधाई”, टीकापुरका मित्र नरराज खनाल “बधाई हो”, सगोत्री बहिनी समाजशास्त्रकी विद्यावारिधि स्कलर प्यारी बहिनी भवानी भट्टराई “बधाई”, पोखराकी बहिनी हेम्जा साहित्य प्रतिष्ठानकी पूर्व अध्यक्ष डी. टी. कान्छीका नामले परिचित देवी त्रिपाठी “बधाई छ दाजी ! बाँकी सफलताको कामना”, प्रलेसका पूर्व उपाध्यक्ष लेखक शशिधर भण्डारी “बधाई सर”, बाँकेस्थित ज्ञानोदय माविकी पूर्व प्रधानाध्यापक लेखक आदरणीय दिदी किरण आचार्य “बधाई छ”, मित्र युवराज शर्मा “बधाई छ”, पशुपति बहुमुखी क्याम्पसका सहप्राध्यापक षडानन्द पोड्याल “ बधाई छ ”। मेरो प्राथमिक शिक्षा उत्तीर्ण गरेको विद्यालयका उमाविका शिक्षक मित्र दिलीप शाही “लौ बधाई छ गुरु! अग्रगामी यात्रा सुखद रहोस्”; मेरो कामना छ । नाताले कुटुम्ब भाइ दीपेन्द्र उपाध्याय हाम्रो जोशी नातामा जी र भट्टराईजी चल्ने तम्रा छोरी बैनी नचल्ने सम्मका ठट्टासम्म चल्ने दीपेन्द्र प्रसाद उपाध्याय “ल बधाई छ भट्टराईजी ” जी, लेखक कवि सन्तोष सिंखाडा “बधाई छ ” ।
यहाँ आज विद्यावारिधि केही हैन भन्ने पैसा मात्रै संसार ठान्ने मेरी एक सोल्टिनीलाई मैले सम्झाउन सकेको छैन । उहिल्यै नाम मात्रै निकाल कोरिया म लिन्छु भन्ने मित्र कृष्ण चपाईजी अब कोरिया कसरी जान सकिएला तपाइले भनेका बेलामा बत्ती बलेन अहिले जान दिँदैन । मेरी सोल्टिनी पैसाबिना मलाई गन्दिनन् तेरो विद्याले खान दिँदैन भन्छिन् हो मलाई एक मनले भन्छु तर पनि म त अक्षरको खेतीवाला मान्छे त्यही भएर पनि अहिले यी अक्षर कोरिरहेकोछु मेरा अनन्य मित्र कृष्ण चपाई कोरिया दुईचोटी गएर आएर पैसाले सुख सयलमा पक्कै रमाउनु नै भएको होला अब भने मलाई पनि उपाय सिकाउनु पर्छ धन्यवाद हजुर ।
यहाँ मेले विशेषण दिएर लेख्न मन लाग्यो २०७४को चुनावताका विजयी भएर उत्सव मनाएर आइरहेकोबेला बाटोमा दुर्घटनामा परेर उहाँको खुट्टा सदाका लागि शरीर वाट अलग्गियो यस बेला मैले बाबु खेर जाँदा दुःख मानेको थिएन त्यो दिन त्यस्तो दुःख लाग्यो । मित्र तुल सहकारी “बधाई छ गुरु तपाईँको जोस र जागर लाई ।”
हुम्लाका लेखक कर्ण रोकाया “बधाई छ गुरु ” । मित्र चेतन आचार्य “ बधाई”, कैलालीका मित्र बलराज भाट “ बधाई”, मेरा मित्र हाम्रो भित्ते पत्रिकाको स्मारिकाका मास्टर हेड पेन्टर आजका शिक्षक निर्दोष डेबिट “बधाई छ सर”, पूर्व घरेलु विकास समितिका निर्देशक विनोद देव पन्त “बधाई छ” । साझा बिसौनी पब्लिकेशन प्रालिका अध्यक्ष गोपी मुस्कान अधिकारी “ बधाई छ” म्यासेन्जरमा समेत । पत्रकार तथा मेरा अग्रज टीकापुर निवासी प्रकाश भण्डारी “ हार्दिक बधाई ”, लेखक कमल कार्की “ बधाई छ जगत् जी !! ” मेरो प्रवेशिका अध्ययनका कक्षा साथी अरुणोदय मावि खैरिफाँटा कैलालीका प्र अ कपिलराज भाट “ बधाई छ सर “, धनगढीकी मेरी दिदी जुन घरमा भान्सामा के पाक्यो भनेर नसोधी पस्केर खान सकिन्छ हेमन्ति जोशी “हार्दिक बधाई छ भाइ”, भाइ पूर्णप्रसाद उपाध्याय “हार्दिक बधाई”, मित्र गोविन्द पुन ग्रिस “हार्दिक बधाई” , राजनीतिज्ञ लाल बहादुर नेपाली “बधाई”, शिक्षक मित्र सुर्खेत प्रलेसका पूर्व सहसचिव किशोर पोखरेल “बधाई” ,
प्राध्यापक तथा राष्ट्रिय प्रतिभा कपिल लामिछाने “बधाई छ भाइ”, त्रिवि नेपाली केन्द्रीय विभागकी उपप्राध्यापक अनुपमा रेग्मी “बधाई छ सर”, सुर्खेतका मित्र शिक्षक नेमबहादुर शाही “बधाई छ”। गजलकार एवम् भर्खरै शिक्षक भएका भाइ पहल असीम “हार्दिक बधाई छ गुरु”, मेरो कार्यकालका प्रलेसका सदस्य, उपाध्यक्ष र हाल अध्यक्ष समेत रहेका जागेश्वर नेपालको ऊर्जामय कमेन्ट “हजुरलाई धेरै धेरै बधाई छ, थप प्रगतिको हार्दिक शुभकामना ।”
म सिकाइलाई अपमान मान्दैन यस वर्ष अङ्ग्रेजी फेल भएमा कोठामा भान्सामा खुवाएरभएपनि भए पनि अङ्ग्रेजी पास गराउने जिम्मा लिनुभएका ताहाचलका अङ्ग्रेजी विषयका स्नातकोत्तर विद्यार्थी नेता पेसाले अधिवक्ता दीपेन्द्र शाही “बधाई छ गुरु”, गोरखापत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक शिव भट्टराई नाताले सगोत्री दाजु “बधाई छ” ।
भतिजो वसन्त आचार्य “बधाई”, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक कवीन्द्र भट्टराई “बधाई”, नेपाल प्रहरीका उपरीक्षक मेरो प्रेरणाका श्रोत दाजु जनकबहादुर शाही “हार्दिक बधाई तथा शुभकामना”। भाउजू विमला शाही “धन्यवाद बाबु” ,ज्वाँई नारायण रामप्रसाद ओझा “धन्यवाद”, सुर्खेत क्याम्पसका पूर्व स्ववियु सचिव अनन्य मित्र मनोज गौतम “हार्दिक बधाई छ गुरु मित्र ”।
हाम्रो भट्टराईको वंशकी छोरी रहिछन् जानकारी थिएन खनालकी बुहारी लोग्ने मामा साइनो लाग्ने बज्यैले माइजू भनेर ढोगाई सके पछि भट्टराई भएपछि कसरी मलाई यसले माइजू भन्छ त ? भनेपछि दिदी साइनो लाइयो सानो बाबुलाई देखाएर यो मामाको भोको भोली वंश नम्बरले जे साइनो लाग्ला त्यही लाउँला भनेर दिदी भिनाजु भएको भिनाजु बैङ्कमा हुनुहुन्छ दिदी घर भान्सा धान्नुहुन्छ हाउस वाईफ देवकला भट्टराई त्यसपछि हाम्रो पनि वंश नम्बर हुन्छ भन्ने बह्मज्ञान खोलिदिएकी दिदी देवकला भट्टराई “बधाई सँग अझै उच्च सफलताको नि कामना ।”
साहित्यकार हाइकुकार मेरो प्रलेसको अध्यक्षको कार्यकालको कोषाध्यक्ष, पूर्ण प्रसाद भण्डारी “बधाई छ दाजु”, भानिज दाजु रुद्रलाल उपाध्याय “धेरै धेरै बधाई भाइ ”, भाइ धर्मराज उपाध्याय “बधाई दाजु” । दिदी सम्झना आचार्य “ल बधाई छ”, मेरो गृह नगर अमरावतीका मित्र तपेन्द्र भण्डारी “बधाई छ गुरु”, मेरा सहपाठी प्रेम थापा “बधाई”, सहपाठी सप्तराज देवकोटा “बधाई”, सुर्खेत अमर ज्योति माविका शिक्षक कुमार ढकाल “हार्दिक बधाई”, कथाकार गजलकार साहित्यकार बहिनी लक्ष्मी खनाल अवि “हार्दिक बधाई छ दाइ”, नेपाल पत्रकार महासङ्घ कर्णालीका कोषाध्यक्ष गणेशकञ्चल भारती “बधाई”, मित्र विपिन गिरी “धन्यवाद बधाई छ सर”, आदरणीय दाजु नेसंविका उपप्राध्यापक डा. टीकाराम उदासी “हार्दिक बधाई तथा शुभकामना”, मित्र नारायण पौडेल “हार्दिक बधाई”, डा लक्ष्मणप्रसाद गौतमको र महेन्द्र प्रसाद गिरीको पालो माथि नै आइसकेकाले क्रम अलि भङ्ग भएको छ ।
संस्कृतिविद् डा. भक्त राई “धन्यवाद”, लेखक कथाकार कमल नियोल लौ धेरै धेरै बधाई, मेरा मित्र चेपाङ भाषाका पृष्ठ संयोजक नेपोलियन चेपाङ “धन्यवाद”।
म्यासेन्जरमा न्याय अधिकृत नाताले मेरा बहिनी ज्वाइँ ओम कठायतसँग राती नै वार्ता भयो उहाँले भन्नुभयो । “हार्दिक बधाई अब मास्टर्स पढ्ने” । अनि आफै फोन गरेर हाम्रो सुर्खेतका धरोहर डा. दीपक गौतमले “हार्दिक बधाई” भन्नुभयो । पहिला नै स्नातक सकेको भए हामीकहाँ अध्ययन गर्न आउनुस् भनेर मित्र वासुदेव पाण्डेयले निमन्त्रणा दिनुभएको छ । यस बेला मलाई सङ्गठनको कामलाई थाती राखेर पढ् भन्ने राष्ट्रिय जनसाँस्कृतिक महासङ्घका अध्यक्ष प्रेम अधिकारीलाई मनैदेखि सम्झेको छु किनभने यो दश थरी दिमागले काम गर्न नसक्ने भएकाले नगेन्द्रप्रसाद आचार्यले प्रत्यक्ष फोनबाटी “बधाई दिएँ” भन्नु भएको छ ।
यसरी कमेन्टमै थपिनेमा राष्ट्रिय जनसाँस्कृतिक महासङ्घका सूचना प्रविधि विभागमा कार्यरत मित्र किरण थापा “बधाई” , पोखराका मित्र नारायण परिश्रमी “धेरै खुसी लाग्यो। अलि चिन्तित थिए । कटेछ । बधाई अनि धन्यवाद!”बहिनी कमला उपाध्याय “बधाई”, तनहुँका लेखक शेषमणि आचार्य उहाँलाई मैले एकोहोरो फेसबुकबाट चिनेको उहाँका यस्ता साधुवादका शब्दले ऊर्जा थप्छ “यो सुन्दा खुसी मान्ने मलाई के भनेर सम्झ्या होला !!” मित्र सनत कुमार शाही लेख्छन् बधाई छ, “जगत्जी ज्ञान विज्ञान सबैको जीवनमा कहाँ सम्भव छ र ? सिलाजितको महत्त्व उसैलाई थाहा हुन्छ जसले कम्मरमा लहरा बाँधेर पहरासँग ठोक्किएर छिनो माथि घनले ठोकेर जसले सिलाजित निकालेको होओस् , पिउनुहोस् मित्र ज्ञानरूपी सिलाजितको रस ।”
यस पोस्टमा १११ जना लाइक र १२८ कमेन्ट गर्ने महानुभावमा लाइक र कमेन्ट गर्नुहुने सबैलाई कमेन्ट मात्रै गर्ने लाई र लाईक मात्रै गर्नेलाई पनि हृदयदेखि हार्दिक धन्यवाद । यहाँ कमेन्टलाई मात्रै लिपिबद्ध गरिएकाले लाइक गरेकाले मन नकुँड्याउन पनि अनुरोध छ । जो तपाइका लाइक कमेन्टले मलाई थप ऊर्जा थपेको छ । यसमा मलाई कोभिड लागे बेला हल्ला नगरेको पश्चात्ताप भएको छ । यसरी त्यो बेलाको बिरामी भएको बेलाको समयको हल्ला गरेको भए मलाई सहानुभूतिस्वरुप गेट वेला सुन हामी छौँ त भन्दा हुन् भन्ने लाग्ने रहेछ । मैले कसैलाई खबर नगरी एक वर्षसम्म हतोत्साहित मानसिकतामा दिन बिताएँ मैले त्यो बेलाको हतोत्साहित मनस्थितिलाई एक वर्षसम्म सम्हाल्न सकिन ।
गर्ने काम जति ज्यान बाँचेपछि गर्ने त हो भनेर अनलाइन कक्षा पनि अध्ययन गर्न सकिन र अहिले पनि म राम्रोसँग अध्ययन गर्न सक्दैन किताब भेट्टाएपछि पढ्नको किरो त्यस बेलादेखि मनस्थिति हतोत्साहित भएको छ । दशौँ हजार व्यक्तिले त्यो बन्दाबन्दीमा संसार छोडे । हामी भाग्यले यस धर्तीमय स्वर्गमा जीवित रहेकै छौँ । सबै काम बाँचेपछि गर्ने न हो । माथिल्लो संसारमा गएको भए यही लेख कहाँ लेखि थ्यो कहाँबाट बधाई पाइन्थ्यो । त्यसैले सबैभन्दा पहिला बाच्नु हो भन्ने पनि बुझ्नुपर्ने जरुरी रहेको छ । प्रतिकुल परिस्थितिमा बाँच्नै असहज हुँदाको बखतको समयलाई बिर्सेर आज धन मात्रै हुनेलाई मान्छे गन्ने केही मानवीय भाव नै बिर्सनेलाई कसरी सम्झाउन सकिन्छ र ?
यसरी पटक पटकका राति बिहान गरेर हिजो रातिदेखि यस लेखलाई सम्पादन र थपथाप पारेर आज २०८१ साल जेठ आठ गते रातीको वा बिहानको २ः३०मा यसलाई यस्तै आकारमा ढालियो । सायद दिनभरि अरूको काम गर्ने भएर होला दिन अर्काको रात आफ्नो भनेर गाउँघरमा भण्डारनि फुपूको भन्ने उखान छ त्यसैले होला लेखक÷ प्राज्ञ सुलोचना मानन्धर दिदीले रात शीर्षकका ६० कविताको किताब नै रात लेख्नुभएको छ । यो पत्तिकारले पनि कहिल्यै उज्यालोमा साइत पाएन त्यसैले रातमा नै साइत पाउने भएकाले आज साफी गर्ने साइत पाएकाले यो आलेख यस्तै रह्यो कसैलाई ह्या के हो भन्ने पनि लाग्न सक्छ । पढ्न अल्छी माने नपढे पनि हुन्छ। । उत्साह भनेको उत्साह हो मलाई ममाथि शुभ भाव बर्साउने महानुभावले बर्साएको शुभ भावलाई मैले लिपिबद्ध गरेँ म एक गाउँको गोठालो काठमाडौँमा आएर अध्ययन गरेर भोली गाउँ फर्किदा स्नातकोत्तर गरेर फर्किन पाउने गर्विलो छाती भएको छ । मैले कुनै अपराध गरेर फलानो जेल जाँदै छ अथवा फलाना कारागारमा छ भन्ने खबर मेरा आफन्तले सुन्नुपर्ने छैन । के गर्दे छ भन्दा पढ्दै छ । त्यसैले गुरु केशव सुवेदीले एक दिन भन्नु भएको दियो फर्केर आमालाई सुनाउँदा के सुनाउने मैले यति पढेर आएँ भनेर सुनाउनु परेन भनेको ताजै लाग्छ हजुरका प्रेरणाका वचनले मैले अर्को वर्ष स्नातकोत्तर भर्ना भएर अध्ययन गर्ने अवसर प्राप्त गर्ने छु । मैले धनको बिटो हैन क्लियर ब्यागमा सर्टिफिकेट बोकेर घर फर्कने छु केशव गुरु हजुरको माग दर्शन पाई राखूँ । यसरी औपचारिक अनौपचारिक कक्षाकोठाका मित्र अनौपचारिक छलफलका मित्र सबैलाई हृदयदेखि सम्झेको छु ।
म सबैभन्दा बढी जे भए पनि लेखिराख भन्ने आदरणीय गुरु जीवेन्द्रदेव गिरीलाई बेसरी सम्झेको छु । यस अगाडिका यात्रामा अझ तपाई शुभचिन्तकका शुभाशिष् चाहिने भएकाले बाटो बिराएमा कान निमोठेर लिकमा ल्याइदिन आग्रह गर्दे बिदा भएँ ।
लेखक ः गोरखापत्र राष्ट्रिय दैनिक ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ ‘खस जुम्ली ’भाषाका पृष्ठ संयोजक एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य हुन् ।