Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ दोस्रो संस्करण प्रकाशित - Gyaan Ghar

Gyaan Ghar

Advertisement

हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ दोस्रो संस्करण प्रकाशित

 

काठमाडौँ, २०८१ असार २४ । क्यानडा बस्दै आउनु भएका राजेन्द्र कार्कीद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’को दोस्रो संस्करण प्रकाशित भएको छ । २०८० भाद्रमा पहिलो पटक प्रकाशित यो कृति २०८१ असारमा आएर दोस्रो संस्करण प्रकाशित भएको हो ।

 फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको खाइराइडको दोस्रो संस्करणको आवरण थप परिमार्जन गरिएको छ भने पहिलो संस्करणमा रहेका केही अशुद्धि तथा प्राविधिक भाषिक त्रुटिहरूलाई हटाइएको छ । पहिलो संस्करण प्रकाशित भएपछि ‘खाइराइड’ कृतिमाथि देशमा र विदेशमानसमेत आधा दर्जन परिचर्चा कार्यक्रम सञ्चालन भएका थिए भने यसैमा केन्द्रित भएर दर्जन बढी समालोचना तथा समीक्षाहरू प्रकाशित भएका छन् । प्रकाशित भएको यति छोटो अवधिमै कुनै हास्यव्यङ्ग्य कृतिमाथि यति धेरै चर्चा परिचर्चा र समीक्षा भएको संभवत यो नै पहिलो अवसर हो ।

साहित्यपोस्ट उत्तम गैर आख्यान पुरस्कारको उत्कृष्ट ५ मा परेको ‘खाइराइड’ कृतिमाथि धेरैले पाठकीय, समालोचकीय टिप्पणी गरेका छन् । ती मध्ये केही प्रतिनिधि टिप्पणीहरूलाई पनि यसको दोस्रो संस्करणमा समावेश गरिएको छ । ‘खाइराइड’ कृतिका बारेमा प्रा.डा. खगेन्द्र लुइँटेलले “अनुप्रासिक कृत्रिमता कहीँ देखिँदैन, यो सबै भन्दा सबल पक्ष हो । कतिपय निबन्ध त यस्तो संवेदनशीलताले भरिएका छन् कि एक चोटि मान्छेको मन मस्तिष्क हल्लाउँछ । सोच्न बाध्य बनाउँछ ।” भन्नु भएको छ । त्यसै गरी समीक्षक डा.कुशुमाकर शर्माले “खाइराइडमा पुरानो पुस्तादेखि जेड जेनेरशन सम्मका विषयवस्तु समेटिएको छ । भोजपुरको एउटा गाउँलेबाट विषयवस्तु एकै पटक इलोन मस्कमा पुग्छन् ।” भन्नु भएको छ । “कार्कीको लेखाइ जादुमयी छ । बडो मार्मिक विषयहरूलाई हास्य रसको कसीमा ढालेर लेख्दा त लेखहरूले मस्तिष्कलाई झनन्न पार्ने रहेछ । सङ्ग्रहभित्रका विषयहरूको चयन निकै उत्कृष्ट लाग्यो । हास्यव्यङ्ग्यको स्वादिलो प्रस्तुतिले पाठकलाई पुस्तक पढिरहँदा पनि झिँजो लाग्दैन ।” 

खाइराइडका बारेमा लेखिका अनिता कोइरालाले उल्लेख गर्नु भएको छ । “राजेन्द्रजीको व्यङ्ग्य भाग्दाभाग्दै र अरू पनि सबै पढ्दा मलाई बारम्बार अग्रज व्यङ्ग्य लेखक सूर्यबहादुर पिवाको लेखाइको झल्को आइरहेको छ । त्यो एउटा अपूरणीय क्षति उहाँले पूरा गर्नु भएको छ ।” यो चाहिँ प्रकाश सामयीको कथन हो भने लेखिका मीन राजभण्डारीले “पुस्तकको सबैभन्दा सबल पक्ष भनेको सबै निबन्धहरू छोटो र छरितो हुनु हो । सबै निबन्धहरूले मेरो मन छोएको” बताउनु भएको छ । त्यसै गरी बद्रीप्रसाद दाहालले आफ्नो लामो समीक्षामा लेख्नुभएको छ- “‘खाइराइड’ नेपाली समाजको हर क्षेत्रको प्रतिविम्ब बनेर उभिएको छ । यहाँ थाइराइड, खाइराइड र धाइराइडका लक्षण र आशयलाई विनोदात्मक शैलीमा कतै लक्षार्थ, कतै वाच्यार्थ र धेरै व्यञ्जनार्थमा रगडेर पाठकहरूका लागि पठनीय बनाएका छन् निबन्धकारले ।” हास्यव्यङ्ग्यकार व्यक्तित्व चट्याङ मास्टरले खाइराइड कृतिका बारेमा आफ्नो विचार राख्दै- “हास्यको गहना  भनेको एउटा अनु प्रयास हो, अर्को उखान टुक्का हो । त्यो दुई वटालाई राम्रो गहना बनाउनु र लाउनु भएको छ । त्यो हरेक रचनामा देखेको छु” भन्नु भएको छ । 

 समीक्षक खेमराज पोखरेलले समीक्षात्मक लेखमा यसरी उल्लेख गर्नु भएको छ “हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीको लेखनीमा केही खास विशेषता पाइन्छ । विशेषतः सामाजिक विषय छानेका छन् । खाइराइडका निबन्धमा परम्परावादी सोचभन्दा माथि उठेर आधुनिकताका पक्षमा पनि निबन्धहरू लेखिएका छन् । कामलाई सानो ठुलो भन्ने मान्ने परम्परावादी प्रचलनलाई भत्काएको छ र काम भनेको काम हो भन्ने आधुनिक चिन्तन समावेश गरिएको छ ।” उहाँहरूका अतिरिक्त श्याम तमोट, साहित्यपोस्ट, चन्द्र घिमिरे, केदार शर्मा, अन्जु कार्की, कृष्णप्रसाद निरौला, गायत्री लम्साल, प्रमोद अमात्य, सर्वज्ञ वाग्ले, ठाकुर शर्मा भण्डारी, डा. रमेश शुभेच्छु र रेहित सैंजु लगायतका हरूका  प्रतिक्रियाहरूलाई यस संस्करणमा समावेश गरिएको छ । दोस्रो संस्करणको लेखकीय मन्तव्यका क्रममा खाइराइडका स्रष्टा राजेन्द्र कार्कीले भन्नु भएको छ- “प्रकाशित भएको आठ दश महिनामा दर्जन भन्दा बढी समीक्षा आउला भनेर अपेक्षा गरिएकै थिएन । आधा दर्जन भन्दा बढी अन्तरक्रियामा साहित्यका ठुला हस्तीहरूबाट चिराचिरा केलाइएर बहस होला भनेर कल्पना गरिएकै थिएन । बिसौँ पत्रपत्रिकामा ‘खाइराइड खाइराइड’ भन्दै समाचार आउलान् भन्ने पनि सोचेको थिएन ।” साहित्यपोस्ट उत्तम गैर आख्यान पुरस्कारको उत्कृष्ट ५ मा परेको राजेन्द्र कार्कीको ‘खाइराइड’का निबन्धहरू विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले रसिला बनेका छन् । कार्कीका व्यङ्ग्य समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । व्यङ्ग्य-निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो रहेको जानकारहरू बताउँछन् । यस संस्करणको मूल्य रु. ४००।- राखिएको ‘खाइराइड’मा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको विश्लेषणात्मक भूमिका र नरनाथ लुइँटेलको प्रकाशक्यौली आलेख समावेश छ । ‘खाइराइड’ को प्रकाशन संस्थाका प्रमुख एवम् फिकौलीका प्रधान सम्पादक नरनाथ लुइँटेल भन्नुहुन्छ- वर्तमानमा हास्यव्यङ्ग्य मृत प्रायः भइसकेको छ भन्नेहरूका लागि ‘खाइराइड’ एउटा गतिलो जवाफ नै हो, गालैमा हानिएको थप्पड हो । नेपाली हास्यव्यङ्ग्य मृत होइन केही समय सुस्त जस्तो देखिए पनि यो अहिले फित्कौली मार्फत भरभराउँदो भएर आइरहेको छ । खाइराइडको लोकप्रियता यसको कडी हो, सङ्केत हो ।”

००० – रेहित सैजुद्वारा सम्प्रेषित

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...