Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
सोल्टीनीलाई पत्र ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

सोल्टीनीलाई पत्र !

  • वाशिष्ठ

स्नेही सोल्टिनी  

अमिट माया अनि सम्झना

हजुर घर जाने दिन हामी छुट्टिएपछि म फेरी नेपाल भारत पुस्तकालयमा गएँ । त्यहाँको पुस्तकालय यति व्यवस्थित रहेछ । कसले किताब लगेको छ, कुन ¥याकमा पुस्तक रहेको छ । म पहिला पुस्तक खोज्न असोज १८ गते गएको रहेछु । पुस्तकको नाम थाहा थिएन म पनि त होस प्रसाद भैसकेको थिएँ । त्यहाँ खोज्न  कम्प्युटरमा आञ्जलिकता नाम र थर जैन लेखेपछि पूरा नाम डा. नागेन्द्र जैन र पुस्तकको नाम आञ्जलिकता और हिन्दी उपन्यास देखाए पछि किताबको नाम टिपेर किताब मनोज पाण्डे सरले खत्रि भाइलाई किताब खोज्न लाउनु भयो । किताब पनि  भेटियो ठिक त्यसै बेला  खाजा खाने बेला भएको रहेछ ।  दुर्भाग्य म चार बजे पुस्तकालय बन्द नहुँदासम्म आउँछु भनेँ, हुन्छ भनेपछि मत आफ्नो कार्यालयमा सम्पादन सक्न गएँ । उता समय ४बजे भनेको पाँच बज्यो ।  पेज राम्रो बनाउन फेरी बनाउनु परेपछि ढिला भयो ।  ढिला भए पछि राती  पुस्तकालय बन्द भयो जानै पाइएन ।

अर्को दिन मौका मिलाएर फेरी आएको खोज्न लाउँदा छैन किताब  भने कसैले लियो कि शङ्का त गरेका थिए । त्यहाँ खत्रिजी रहेछन् किताब खोज्ने उनले सम्झन्छन् । म आएपछि किताब खोजिसके पछि त्यही किताब खोज्न त हैन वा खोज्न हो पहेँलो कुर्ता सलवार लाएकी नाम थाहा नभएकी कुनै केटी आएकी थिइन् । उनले लगिन् कि अरूले थाहा नपाउने गरी लुकाएर गइन् वा लामो हात गरिन् भन्छन् खत्रि । जे होस पहेँलो कुर्ता वाली जो भए पनि पहेँलो कुर्ता सलवार जरुर दोषी देखियो ।

त्यसपछि मैले पनि थुप्रै काम गरेर म पनि कोठामा गएँ । साझा प्रकाशन खुला होला भनेर प्रदर्शनी मार्गसम्म खुट्टालाई दुःख दिएँ  । सायद साझा बन्द भइसकेको रहेछ ।

त्यो दिन म सायद छिट्टै घर गएँ । तपाईँ बस कतिखेर चढ्नु भयो होला सम्झँदै थिएँ । बिस्तरामा ढलेकी मान्छे फेरी आराम सङ्ग जानुपर्नेमा लामो बाटो तपाई घर गए देखि तपाई मात्रै दिमागमा नाचिरहनु भयो आँखाको पुतली भएर ।

अनि भोलिपल्ट बिहान फोन गर्दा त तपाई बुटवल मात्रै पुगेको भनेपछि बसले ढिलो गरेछ भन्ने अनुमान लगाएँ । तपाई अलि पछि पाल्पा पुगेको खबर गर्नुभयो दाजुकोमा पुगिसके पछि त ढुक्क भइयो नि ।

अनि मैले त्यो साँझतिर तपाईँलाई सम्झिनको साटो सायद कलम चलाएँ (किबोर्ड) साक्ष्यको व्याख्या गरेकी अल्छी गरेँ थाहा भएन । यसपल्ट आदरणीय …गुरुलाई भेटेर आउन पाइएन त्यही बेला सुकुम सर, म र बुबिनन्द सर डीन कार्यालयबाट बाट सङ्गै कीर्तिपुर आएका थियौँ । गुरुले तपाईँको पत्रमा हस्ताक्षर गर्नु पर्ने काममा गएपछि तपाई आफन्त वा मध्यस्थकर्ता भनेर सोध्नुभयो । मैले भनेँ यी पढ्नेहरूलाई सन्दर्भ सामग्री किताब खोजिदिन्छु गुरु भनेँ ।   गुरुसँगको त्यो यात्रा नै घर आउनु अगाडीको भेट त्यत्ति भयो । फेरी दशैमा घर जाँदा भेट गर्न जाने  समय पाइएन म घर हिँडे । अब गुरुलाई दसैँपछि घरबाट गएर भेट गर्नुपर्ला ।

म तपाईँलाई भेट गर्न जाँदा पनि तनावमा नै थिएँ । कारण २९ गते साँझ मेरो पुरानो घरबेटीले एकाएक कोठा खाली गराउन भने कसरी गर्ने त्यत्रो त्यो समान कहाँ राख्ने आदि कुरा मनमा खेलेको थियो । आखिर राखे अटाउने रहेछ लिएर केही छतमा र केही भान्साको आडमा राखेर आएको छु त्यो सामान फेरी काठमाडौँ गएर मिलाउनु पर्ने छ ।

अनि तपाईँलाई नभेटेपछि कामको मेसो नहुने । घर जाने हजुरले भनेझैँ किताब छोडेर तपाइकोमा खाना बनाएर खाएर जाने सोचेको समयले साथ दिएन । तपाइकोमा किताब राख्न जाने समय पनि पाइएन । फेरी तपाई नभए पछि कसैले केही भन्ने त हैन भन्ने अर्को दिमागले काम ग¥यो । बिरामी मान्छे हजुर तनावमा हुनुहुन्छ भन्ने भयो बरु के प भयो भन्ने हुन्छ । 

तपाइले त बिर्सनुभयो होला मलाई कीर्तिपुरमा पर्खाएको बेला मैले सोच्ने जति सोचिसकेको थिएँ । यो मानसिकता आफै यति नकारात्मक चल्छ रे मैले उहिल्यै तनाव व्यवस्थापनमा उषा दिदीबाट सिकेको त्यस्तै भयो । आज कता स्कुटर पल्टाइन् अनि ढिला भयो । नत फोन उठ्छ यस्तै दिमागले काम ग¥र्यो । पछि तपाई म ढिला भए तेल भर्दा भनेपछि म जति पनि कुर्न सकेँ त्यो दिमाग स्वाभाविक हो रे चल्छ त के गर्नु ।

मलाई सोल्टिनी आफ्ना बहिनी जस्ता लाग्छन् । फेरी आफ्नो औपचारिक बहिनी भएको घरमा सोल्टिनीको बिउ छैन । त्यही पनि २०६२ तिर कताका ज्वाइँका दिदिहरुको एक हुल हाम्रो घर भएर आएर सोल्टी साइनो आफै उनीहरूले भनेको सुनेको छु । नत्र आफ्ना तर्फबाट सोल्टिनीको नाम लिने बिउ छैन ।

एक सोल्टिनीको अनुहार देख्न हामी हामी दुई भाइ नरेन्द्र र म  लक्ष्मी दिदीको घर भेट गर्न गएका थियौँ ।  सोल्टिनी भनेँ भेटाएनौँ दिदीकी जेठानी र सासू आमा भेटायौँ । दिदी पहाड  अछाममा पढाउन गएकी अझै आई नपुगेकी जानकारी भयो ।  यो कुरा २०६० अगाडीको हो ।  हामीले अब बिदा माग्यौँ त सासू आमा के भनेका थियौँ सासू आमाको जवाफ एक उखान आयो त्यो अझै बिर्सेको छैन । “पाहुना भनेका दुई नाता मात्रै हुन्, एक छोरी लिने जुवाइँ र अर्को बुवारीको भाइ मेरा बुवारीका भाइ आएका म खाजा नखुवायोर त्यसै पठाउँदैन” भनेर नैतिक बन्धनमा पारिइदिन सासू आमाले । सोल्टिनी चञ्चले थिइन् हाम्रो गफगाफ पनि चल्दै थियो होला । यिनी गजल अलि बढी रसिला खालमा बढी शृङ्गारिक गजल वाचन गर्ने एक भव्य कार्यक्रम थियो । टीकापुरमा यस्तैमा गजलमा उनले वर खोजिन् मेरा हातमा माइक छैन । म कतिखेर वर हुन जानु एक अर्को कार्यक्रम प्रस्तोताले “बाम्नी होऊ पाप लाग्या लाग्ला म तयार छु” भनेजस्तो गजलमा उत्तर दिए त्यो सोल्टिनीको प्रश्नको उत्तर ठिकै थियो । अनि वरतिर आए पछि हाम्रो कले प हो  म छु भनी जान सकिनस् भनेर को आफन्तले मलाई भने । हामी आइहाल्यौँ कहिले काहीँ भने  रेडियोमा सोल्टिनीको आवाज सुनिन्थ्यो ।

दुर्गा दिदीका घर चार भाइ मात्रै सोल्टिनीको बिउ छैन । अनि सोल्टिनीको खिस्सामा घर त बिहेवारिको कुरो बेसरी चल्थ्यो हो सोल्टिनी २०५९ ÷२०६० मान्छे खोज्ने वर्ष थियो म लागि परेको थिएँ । कोही एक कालो कपाल त घर पसाल्न पर्छ आफ्ना योजना हुन्छन् आफूm पढ्नको किरो आफ्ना सन्तान यति आदर्शवान् बनाउनेकी त्यसै भएर पनि मैले पढ्न छोडेको थिएन । यस्तैमा २०६०को परीक्षा दिन म धनगढी गएँ जो म आज पनि जान खोजिरहेको छु तिनै प्रदेश मुख्य महान्यायाधिवक्ता काका कुलानन्द उपाध्याय र अण्टि र भाइ लगायत रेडियो नेपालको पहिलाका संवाददाता हालका सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीलाई भेटेर अन्तरवार्ता लिने मूल काम भएकाले अङ्कल भेट्ने त सहायक काम हो । म आज पनि धेरै सुतेन त्यसैले जाने जाँगर लाग्छ कि नाइँ पानी खाने मन लागेर २ बजे उठेर बेसार पानी तताएर खाएँ । त्यस बेला परीक्षा सकिए पछि घर आएँ घर आएँ पछि साइली आमा जगतराज बिहे गर्नुहोस् के ? फलानीकी नन्द दिने गरे भनिन् । म को रहिछिन् त भन्दा ती सोल्टिनी पनि मलाई त चिन्ने रहिछिन् मैले भने केटी ठिक छन् मैले र तिनले सङ्गै एसएलसी दिने बेला अलि अलि देखेजस्तो लाग्यो भनेँ । दोबाटो पर्दा आँखा जुध्थे हाँस्थिन् नाता सोल्टिनी नै पर्ने थाहा थिएन पछि सोल्टिनी पो परिछन् । को हुन् केटी साइली आमा भनेपछि फलानीकी  नन्द भनिन् । मैले पहिला भए ठिकै हो त्यही फलानीलाई दिएर उसैको साइनो लाएर के बिहे गर्नु कुरा नचलाउनु भनेर भनेँ, पछि कता ठुलो सहर तिर उनको बिहे भयो रे ।

अनि अर्को सोल्टिनी खिस्सा कुटुम्बका कन्याहरूका कुरा गर्दै गर्दा हाम्रा बहिनीहरूले भिनाजु तपाइका दैलेख कोही छैनन् भनेर प्रश्न गरे ज्वाइँले । मामाकी छोरी  दैलेख छ भने । म तिनलाई हेर्ने मिसन त हैन तर सुर्खेत जाने बेला मणिप्रसाद तिमिल्सेना अङ्ल र म पैदलै सुर्खेत गयौँ । छालाका जुत्ताले मेरा खुट्टा खायो ।

भोली पल्ट दुई दिन लगाएर २०६१ फागुनमा सुर्खेत पुग्दा पैदलै भारी छ किलो जति मह थियो चार किलो फलाना मामालाई दुई किलो सोल्टिनीलाई सोल्टिनी भेट्न जान लागेको मान्छे । हाम्रोमा लोग्नेलाई सोल्टी भनेर भन्ने चल्दैन ज्वाँई नै भन्छौँ ज्वाइँका भाइलाई । ती फलाना ज्वाइँले हाम्री फलानी बहिनीलाई मन त पराएका थिए पछि बहिनी जेठी भइछे । जेठी त गर्दिन बिहे भने । अब सुर्खेत पुगे पछि ज्वाइँलाई भेट्न जिल्ला अदालत पुग्न प¥यो । मणि अङ्कल जय नेपाल होटेलमा बस्नुभयो । अदालतमा पुगेर खोजे ज्वाइँ भेटिनु भयो । अनि कोठा जाऊँ भन्नुभयो । बाटोमा हिन्दै गर्दा के छ नयाँ अनि सोल्टिनीको खबर के छ भन्दा यतै आएकी छ भन्नुभयो । सोल्टिनीको अनुहार हेर्न पाउनेमा मनमनै गद्गद् भइयो । पहिलो पल्ट उसले आफ्नी सहोदर बहिनीको मामा ससुराकी छोरीलाई सोल्टिनी भन्नु पर्ने थियो । कोठामा पुगे पछि सोल्टिनी पनि भनेर चिनाउनु भएन । मलाई चिनाउने सजिलो तरिका हाम्रो माल्दाइको जेठान सकियो परिचय । उनले त्यति भनेपछि सोल्टी भन्नै परेन । नमस्ते त गरिन् खाना कसैले खाएका थिएनन् । खाना थप्न पर्दैन खाना खानुस् भनेपछि पाकेको खाना खाएर  केही बेर आराम गरेर बजार गएर मणि काकासँग भेट गरेर किताब बजारमा आएका छन् की भनेर गएको गेसपेपर आएका थिएनन् । मणि काकाले  “के छ हिँडिसक्ने भए भोली गइजाउँला नत्र नसक्ने भए तँ बसमा आएस् म बाई जान्छु भोली”  भन्नुभयो । मैले तपाइसङै जाउँला सजिलो हुन्छ भनेँ । सोल्टिनीले महको बोतल हातमा लिएर “यो के हक्सी भन्दै थिइन्” “अँ नलाग्ने हक्सी भनेँ तपाइलाई हैन ससुरा बालाई ल्याएको औषधि हुन्छ बुवालाई घर जाँदा लैजानु भनेर भनेँ ।” त्यो मैले नासो भनेर लगेको थिएँ । अर्को जर्किन फलाना भाइ सङ्ग मैले फलाना मामालाई चार किलो मह पठाइदिएँ । मैले आफै जानु पर्ने रहेछ । मामाले दिएको रकम मेरा दुई भाइबाट गायब भयो । सोल्टिनीलाई त उपहार लिएको थिएँ रकमको कुरै भएन ।

जो फलानो भाइ मतलब पौडेलको ज्वाँई भाइ आजकाल सिन्धुपाल्चोक पढाउँछ (हाल कालिकोट) । एक स्कुलको हेडमास्टर भएको छ गणितमा एमए पास गरेको छ । आखिर यही साइनोले त तपाईँलाई ससुराली वंशकी कन्या भनेर सोल्टिनी साइनो लाएको न हो ।

एक ठाउँमा फलाना थरका घर बहिनी छिन् त्यो घरकी सोल्टिनी सोल्टी नभनेर घुमाएर मामा भन्ने गर्छिन् । यसपल्ट घरमा सबैका बिहेका चर्चा चले भाइको कुरा गर्दा “मत सबैभन्दा कान्छो भाउ दाजुको भयाको नाइँ भन्यो ” । म दाजु त पितर हुन् याँ मान्स बरु तेरो काँ जाऊ भनेको जा प जाऊ गार्जेन हजुर भन्छ कतै हेरेको छकी वैशाखसम्म बिहे गरिदिने रे । बिहे हुन पनि खुसी नै हो कि क्या हो । मेरो पनि कुरा गर्दै छन् फलानाकी छोरी छन् ढिस्कानाकी छोरी छन् मेरो एक सूत्रीय उत्तर हुन्छ । अब बिहे गरेर के गर्नू छ नगर्ने भनेपछि कोही फेरी बोल्दैनन् । झन् केटी पक्षकाले उमेर सोधेपछि  ५५ भनिदिने यो फोटोको गेटअपले त्यही त भन्छ है ।

कोही कोही हामीलाई पनि आफै मन पराउने हुँदा रहेछन् हो सोल्टिनी मेरो अझै कानमा कुरो बज्छ मेरो भाइलाई पढाइदिनु पर्ने हो …मेरो उत्तर तेरो भाइ पढाइदिनु पर्ने म को होउँ र भनेर ठाडै प्रश्न गरेको भाग्नु पर्ने रैछ भगुरी त भागिन रे त ।

अब त सोल्टिनी तपाईँले पनि मेरो जीवनको चासो लिए पछि बिहे होला होला कतै खोज्दै हुनुहुन्छ भन्ने आशा पलाएको छ । घरबारी नरम गरम गर्दा तपाईँको बिहे भएको छैन बिहे खर्च छुटाउनु पर्छ छुटाउनु भनेपछि जहिले भए पनि बिहे होला होला जस्तो लाग्यो नत्र मलाई मेरो बिहे खर्चिन छुटाउनु प¥यो त्यो पढाइखर्च घर दिएजस्तो कसो सोल्टिनी । फेरी मेरा ती पत्रिकाको फाइल मिलाउन को आउलिन् सोल्टिनी हो मेरो त हुने समस्या प देख्छु हो ।

बरु मेरी सोल्टिनीको लागि साढुलाई कतै भित्रभित्रै लुकाएर राखेको छकी अवसर आउँदाका दिन सार्वजनिक गर्ने गरी नत्र कतै राम्रो  एक साढुलाई त हेर्नु पर्छ हो नत्र मेरै जस्तो उमेरले नेटो काट्छ है । आदर्शका जति कुरा गरे पनि एक साथी त चाहिन्छ हो सोल्टिनी ।  मलाई अस्ति तपाई बिमारी पर्दाको मेरा मनमा लागेको भाव नढाँटीकन भन्छु मुखले त भन्न सक्दैन किबोर्डले थिचेपछि त अक्षर पर्छ । तपाईँले म बिरामी सुतेको भने पछि औषधी खाएर होला यस्तै काम गराई त डोजर नि अनि नसके बोलाउनु प पर्छ भन्ने भयो अनि आफै जानु पर्छ भन्ने भयो । म तपाइले नबोलाए पनि बुबाको तिथि चौथी तिथिको दिनको तिथिमा आउँथे समय नपुगेर हो बुवाको श्राद्धेको तिथि थियो । तपाइलाई बानेश्वर बोलाउन पनि टाढा फेरी भान्जीलाई दान दक्षिणा दिन जानु प¥र्यो  । त्यही भएर भान्जीकै कोठामा खाना पकाउन लगाएर बाहुन भाञ्जिीलाई मानेर आएको । फेरी आमा भेट्न ललितपुर गइयो । समय त्यतै सकियो अनि कलङ्की बहिनीकहाँ गएर दान दक्षिणा दिएर म घर गएँ ।

तपाइलाई पनि हिजो तिथिमा आउन पाएन आज त्यही दिन मान्नु भन्न गएको त्यही भएर म बिहानै हिँडिहालेको नि फोन पनि नगरीकन । पछि त कोठामा पुगे प थाहा भयो ज्यान उठ्न नसक्ने भएर लडेको । त्यो बेला मनमा कति आयो के आयो त्यो कुरै नगरौँ सायद सरस्वतीको वरदान एक दामुनयसर्वे सर्व लोक हितेरथा सात अध्याय र ओम नमस्चण्डिकायै मार्कण्डेउबाच को १३ अध्याय मुख खल्ल आउँदो बनाउने सरस्वती आजकाल किन आउँदिनन् । त्यो सोमरसको हुलाकी भएपछि समाप्त भएछ । बाउको सपना पण्डित हो बनाउने छोरो समाज विज्ञानको पण्डित हुने त भयो है ।

अनि मलाई मनमनै एक चिजको सन्तोष मिल्यो पितृ पक्षको बेला न नाता न गोता कताको लगाउने नाता सोल्टिनी लाएर साली भएँ भनेर आम्मियता दर्साएका दिनदेखि खाली सोल्टिनीको आरती वन्दना मात्रै गर्नु भन्दा हजार गुणा आत्मीयता बढ्यो ।

अनि मलाई मैले मनमनै धन्यवाद दिएँ मेरा पितरको पनि उद्धार भयो होला कुन जुनीको कुरा सत्य त हो होला सात पुस्ता अगाडी  पात्रो गन्ने मान्छेको बुवा अझै आफै पात्रो गन्ने मान्छे भएकाले होला अलिकता जिनबाटै आएको होला रत अहिले वेद आउँछ होला एक सपना छ वेद पढ्ने त्यो पढ्न सकेको छैन । बाउजु सङ्गै पढ्न नपाए पनि बाउजुले पढेका शास्त्र सबै पढेको छु यो मानेमा सन्तोष छ । कम्तीमा शास्त्र जान्दैन त भन्नु पर्दैन कर्मकाण्ड गर्दै नहिँडे पनि गत वर्ष वेद दिएर वाल्मीकिमा भाषा प्रशिक्षण लिए । त्यो वेद पनि सार हाल्यो र पढेन सकिने भय पछि अनि संस्कृतको व्याकरण र नेपाली व्याकरण अङ्ग्रेजी हेरेपछि कुन के थाहा पाइहालिन्छ समूल पूविर्य दर्शनको कुरा गर्नेले संस्कृत अनिवार्य अध्ययन गर्नुपर्छ  । अनि खोजे पाइन्छ धन्न तपाईँको संस्कृत नहुँदो रहेछ । संस्कृतमा आञ्जलिकतामा नहुँदो रहेछ नत्र तपाईँलाई पनि संस्कृतको गहिराइमा पुग्नुपर्ने थियो  ।

अनि मैले मनमनै सन्तोष मानेको बाउजुको तिथिका दिन एकालङ्काकी को प कसकी छोरी न चिन न जान भएको मान्छेलाई ढलेको बेला खाना पकाएर खुवाएर आउन पाएँ । असरल्ल जुठा भाँडा माझेर आएँ मेरा कति औँ पुर्खाको सन्तानले हजुरको ऋण खाएका थिए मैले तिरे जस्तो लाग्यो । यस मानेमा मेरा पितृ देवता  सन्तुष्ट छन् भन्ने भयो । 

अनि मलाई तपाई ढलेको देखिरहन मनले मानेन र मेरो कर्तव्य पनि हो भन्ने लाग्यो । सोल्टिनी भन्ने ठट्टा गर्दै गरौँला बेग्लै भयो मूल कुरो बिमारी पर्दा त उपचार खानपिनमा ध्यान दिनु प¥यो तपाइले नमानेर त हो शिक्षण अस्पताल जाऊँ भनेकै हो । जति बसे पनि रकम आधामा भइहाल्थ्यो विद्यार्थीलाई ५०प्रतिशत छुट छ । तर तपाइले अस्पताल नजाने भन्नुभयो त्यो पनि ठिकै लाग्यो डेङ्गीको महामारी थियो । फेरी हजुर बिरामी छोडेर कसरी मेरो मन मान्दो हो फेरी नआउनु रे सायद खाना नखाएर बसियो होला भन्ने लाग्ने ।

चिनजान जुन माध्यमबाट भए पनि अब एक अर्कामा आनी बानी जानकारी भएपछि एक अर्काको कामको सहकार्य गर्दै आ—आफ्ना जीवनका उद्देश्य पूर्तिका लागि अगाडिको सुन्दर यात्रालाई सुनौलो देख्दै अगाडीको  यात्रामा सहयात्रा गरौँ, अगि बढौँ ।  अबको छ महिनामा हजुरको शोधको रेखाङ्कन आइहाल्ला । मेरो आफ्नो पेज बाहेक समय म तपाइलाई दिन्छु । आज म धनगढी वकिल अङ्कल भेट्न जाने मुडमा छु है ।

 बिहान अफ्रिकामा रहने  दाजुले गाउँमा क्याम्पस बनाउने नीतिगत योजना के चाहिन्छ तपाईँको नेतृत्वमा लाग्नुस् भनेपछि गाउँमा क्याम्पस खोल्ने अगुवाइ गर्ने आँट आएको छ । दाजु हिक्मतले घर पुगेर आमालाई भेटेर आउनु भनेर फोन नम्बर दिनुभयो । हिक्मत दाजुको  विकाशको शैली देखेर म नि चकित छु पुस्तकालयमा पसेर आउनु रे उत्कृष्ट पाठकलाई  प्रति महिना १०००० पुरस्कार छ पढेर पनि पैसा पाइन्छ भने को पढ्दैन होला है । मत रात दिनै पढ्थेँ । अब तपाईँको पहिला काम डा.लेख्नलाई कति मेहनत गर्नुपर्छ गर्नुस् पाउने जति दौडेर ल्याउनु पर्ने सन्दर्भ सामग्री किताब म ल्याउँछु । मात्रै तपाईँले पढेर कागजमा लेखिदिए पछि हामी टाइपको काम छिटै सक्छौ । हेर्नु न यो खिस्सा त यसरी टाइप गरेर पाना बढेका छन् तपाईँका  शोधका अक्षर टाइप गरे कसो न बढ्लान् । सोल्टिनी भनेपछि अलि—अलि जिस्काउनु पर्ला भन्ने हो, सोल्टिनीलाई मन नपराउने कुन सोल्टो होला ढुङ्गाको मन भएको । सोल्टिनी भने सगरमाथा झैँ अटल भएर बाफ नफाल्ने अनि कति सोल्टिनी भन्नु । बोल्न लाज मान्ने अनि के भनेर जिस्किनु जिस्किनु । हिजो कुटाइ खाएको पनि वार्षिक उत्सव मनाइयो  कहिलेकाहीँ मेरा त आफ्नै भाइले पनि पिट्छन् हो सोल्टिनी । लेख्दा के प लेखियो गन्थन है पढ्न त मेरी सोल्टिनीलाई केको समय पाइएला र अब उही भेट भए बेला सोल्टिनीलाई यो …के लेटर हो सोल्टिनी भन्नु पर्ला अनि कान निमोठाई पाउने त हो । सोल्टिनीले कान निमोठेपछि दुख्छ कि नाइँ । नदुख्ने गरी कान निमोठ्नु है सोल्टिनी । तिहारमा घर जान लागेकी भएकाले घरका सबै आमा, बुवा, दाजु, भाइ  भाउजू, दिदी, छोरी, भदाहा सबैलाई नमस्कार आशीर्वाद सुनाइदिनुहोला । उही तपाईँको जीवनको सधैँ  भलो चाहने हिन्दा बाटोमा भेटिएको उही बेनामे सोल्टो ।

यस्तैमा कृष्णप्रसाद भट्टराईको ‘आमा’ कविता याद आयो यो पनि पूर्ण याद नभएकाले दाजु चक्रपाणि भट्टराईबाट मागेर तलको  कविता राखेको छु ।

कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्

ताते ताते भनी मीठो तोते बोली सिकाउँछिन् ।

राखेर काखमा नानी कहिले गीत गाउँछिन्

बालो सुतोस् भनी आमा हातले थुमथुम्याउँछिन् ।

धर्तीमै छ सबै चिज खोजे मिल्छ घरीघरी

तर जन्मदिने आमा पाइँदैन कसैगरी ।

झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।

जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा

सिर्जना मूल हुन् आमा स्रष्टाको इतिहासमा ।

कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्

ताते ताते भनी मीठो तोते बोली सिकाउँछिन् ।

राखेर काखमा नानी कहिले गीत गाउँछिन्

बालो सुतोस् भनी आमा हातले थुमथुम्याउँछिन् ।

नानी उठ्छ भनी राति अल्प अल्प निदाउने

नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।

नानीकै साथमा खेल्छिन् काख काखै नचाउँछिन्

आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।

‘को खा को खा’ भनी खाना नानीलाई खुवाउँछिन्

बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।

मातृ वात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि

बचेरा गुँड छोडेर टाढा टाढा गए पनि ।

आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि

सन्तान पर भई जान्छन् डोलीमा अन्मिएपछि ।

तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव

आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब ।।

जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्

आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।

धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी

तर जन्म दिने आमा पाइँदैन कसै गरी  ।

  लेखन (२०८० कार्तिक २० टीकापुर बहिनी निवास सुरु बिहान ३ बजेबाट निन्द्रा नलागे पछि हिक्मत दाजुसँगको अनलाइन संवादबाट छुटिए पछि ।) सम्पादन २०८१ वैशाख १६ बिहान ।

लेखक: गोरखापत्र राष्ट्रिय दैनिक खस जुम्ली भाषाका पृष्ठ संयोजक एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...