Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
भाषिक संरक्षण कि विलोपीकरण? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

भाषिक संरक्षण कि विलोपीकरण?

* डा.मधुसुदन गिरी
हिजोको मध्य पश्चिमाञ्चल साहित्य परिषद्को ७ औँ साधारण सभामा भाषा शास्त्री चूडामणि बन्धुको परिचय दिँदा उठाएको कुरा :
बाइबल अनुवाद गरेर विश्वभर क्रिश्चियनिटी फैलाउने उद्देश्यले सन् १९३४ मा स्थापना भएको र हाल U S को Texas मा मुख्य कार्यालय र विश्वभर शाखा सञ्जाल फैलाएको SIL International नामको संस्था छ। त्यसले आफ्नो उक्त मूल उद्देश्य पूरा गर्ने माध्यम भाषालाई ठानेको र भाषाका क्षेत्रबाट प्रवेश गरेको देखिन्छ। त्यसले भाषाका क्षेत्रमा अरूलाई देखाउने उद्देश्य भाषिक अनुसन्धान,भाषिक साक्षरतामा स्तरोन्नति र भाषिक संरक्षण भन्ने बनाएको छ। हात्तीका देखाउने दाँतजस्तो यो उसको बाहिर देखाउने उद्देश्य हो । भित्री उद्देश्य पूरा गर्न उसले दुइटा बाटा अपनाएको देखिन्छ:( १) अरूका भाषामै बाइबल अनुवाद गराउने,(२) अरूका भाषा संरक्षणका नाममा भाषा छुट्टाउने आधार बनाएर अरूका भाषा टुक्र्याएर कमजोर पार्ने र क्रमशः समाप्त पार्ने र विश्वभर आफ्नो भाषिक उपनिवेशमार्फत धार्मिक उपनिवेश फैलाउने। आफ्नो भाषालाई भने उनीहरू टुक्र्याउँदैनन् ,बरु अमेरिकन इङ्लिस,ब्रिटिस इङ्लिस,फ्रेन्च इङ्लिस आदि भन्दै विश्वभरका अङ्ग्रेजीलाई एउटै छातामुनि राखेर बलियो बनाई विश्वभर आफ्नो भाषिक साम्राज्य फैलाउँछन् तर सकेसम्म हाम्रा सबै भाषालाई टुक्र्याउँछन्।यो कार्यको सुरुवात उनीहरूले यहाँ नेपाली भाषाबाट सुरु गरेका छन्।यसैले जनगणनामा नेपालीको प्रतिशत घट्दै गएको छ।हाम्रा क्षेत्र र स्थानका मित्रहरूले यो अन्तर्राष्ट्रिय राजनीति बुझ्नु भएको छैन वा… । वा आफ्नो अलग भाषा बनाएमा ठुलो भाग पाइन्छ,अलग पहिचान कायम हुन्छ भन्ठान्नु भएको छ। यसैले आज सुदूरपश्चिम प्रदेशमा डोटेली अलग भाषा भएको छ, बैतडीले, डडेलधुरेली,अछामी अलग। २०७८ को जनगणनामा सुदूरपश्चिम प्रदेशमा डोटेली भाषा एक नम्बर भाषामा पारिएको छ( वक्ता:७७७०००) र नेपाली २ नम्बरमा अर्थात् वक्ता ७७००००। २०५८ को जनगणनापछि अन्तिम निष्कर्ष निकाल्दा भाषिक सल्लाहका निम्ति भाषा शास्त्री प्रा. डा . चूडामणि बन्धुलाई बोलाइयो। उहाँले हाम्रा भाषिकालाई अलग भाषा मान्न तयार नभएपछि २०६८ र २०७८ मा उहाँलाई बोलाइएन । म त भन्छु हामी पश्चिमाहरूले जस्तो एउटै छातामुनि डोटेली नेपाली,बैतडीले नेपाली, डडेलदुरेली नेपाली,अछामी नेपाली भन्न छोडेर किन टुक्र्याउन / टुक्रिनतिर लाग्यौँ?
SIL International ले हाम्रा भाषा छुट्टाउन भाषिक बोध गम्यता,प्रशस्त साहित्य लेखिएको,शब्दकोश,व्याकरण लेखिएको आदि मापदण्ड बनाइदिएको छ र हाम्रा विद्यावारिधिका विद्यार्थीहरू कुनै स्थानीय भाषिक भेदबाट १०० वटा शब्द लिन्छन् आधारभूत शब्द भन्छन्,व्याख्या विश्लेषण गर्छन् अलग भाषा प्रमाणित गर्छन् । त्यो भेदलाई अलग भाषाको मान्यता दिने आधार बनाउँछन् र PHD प्राप्त गर्छन्। यसैले हाम्रा भाषा फुटालेर २०७८ को जनगणना १३० पुर्‍याइएको छ जुन गणनाको काम हाम्रोमा तथ्याङ्क विभागले गर्छ भने उता SIL को कामलाई Ethnologue नामक भाषिक इन्साइक्लोपीडिक कार्यले प्रकाशन गरी मद्दत गर्छ जसको २५ औँ संस्करणले विश्वका जीवित भाषाको सङ्ख्या ७१५१ पुर्‍याएको छ । यसैले आज नेपालीलाई टुक्र्याउने कसरत भइरहेछ भने भोलि बलिया हुँदै गए भने हाम्रा भोजपुरी,मैथिली,थारु,राई(२६),नेपाल भाषा आदि भाषालाई टुक्र्याउने निश्चित छ। के गर्ने मजस्तो उसका विरुद्ध आवाज उठाउनेलाई त उसले केही नबुझेको अर्थात् भाषिक साक्षरता नै नभएको भित्र राख्दछ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...