Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो - Gyaan Ghar

Gyaan Ghar

Advertisement

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

* मोहनविक्रम सिंह
“कमरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिट्लरको फासिवाद, यहुदीहरू माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरू छन् । ती परिच्छेदहरूमा हिट्लरले यहुदीहरूमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरूको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौँ देशहरूमा उनीहरूमाथि भीषण बर्बर अत्याचारहरू गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरू समेतमाथि त्यस प्रकारका अत्याचारहरू गरिएका थिए ।
हिट्लरद्वारा युरोपमा यहुदीहरूमाथि गरिएका त्यस प्रकारका अत्याचारहरूसित सम्बन्धित कैयौँ म्युजियमहरू युरोप भरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरूको भ्रमण गर्दा मैले त्यस प्रकारका कैयौँ सङ्ग्रहालयहरूको अवलोकन गरेको छु । ती सङ्ग्रहालयहरूमा हिट्लरले हत्या गरेका मानिसहरूका लासहरूको थुप्रो, कैयौँ ग्या“स च्याम्बरहरुका दृश्यहरू समेत देखाइएका छन्, त्यहाँ“ लाखौँ मानिसहरूलाई एकै ठाउँमा राखिन्थ्यो, जसमाथि कैयौँ प्रकारका अत्याचारहरू गरिन्थ्यो वा त्यहाँ एकैसाथ ग्याँसद्वारा हजारौँ मानिसहरूको हत्या गरिन्थ्यो । निश्चय नै त्यस प्रकारका अत्याचारहरू यहुदीहरूमाथि मात्र हुँदैनथे र अन्य जातिका मानिसहरू माथि पनि ठुलो पैमानामा त्यस प्रकारका अत्याचारहरू गरिन्थे । तिनीहरू मध्ये ठुलो सङ्ख्या यहुदीहरूको नै हुन्थ्यो ।
जर्मनीमा ‘हाउस्ट’ नामको एउटा सङ्ग्रहालय छ । त्यहाँ दुई वटा यहुदी बच्चाहरूले आफ्ना बाबुलाई लेखेको पत्र राखिएको छ । त्यो पत्रमा भनिएको छ ः ‘हामीहरूलाई बाच्ने ठुलो इच्छा छ । तर तिनीहरूले हामीहरूलाई बाच्न दिने छैनन् । पापा, अलबिदा’ । त्यो अत्यन्त कारुणिक दृश्य थियो । हिट्लरको अत्याचारसित सम्बन्धित त्यस प्रकारका हजारौँ, लाखौँ घटनाहरू छन् ।
जुन यहुदीहरूले त्यस प्रकारका बर्बर अत्याचारको सामना गर्नु परेको थियो, के अहिले उनीहरूले नै हिट्लरका फासिवादी कार्यविधिलाई अपनाइरहेका त छैनन् ? हमासले अक्टोबर ७ मा इजरायलका जनतामाथि जुन प्रकारको अमानवीय र बर्बर अत्याचार गरे, त्यसलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्दछौँ । तर त्यस सन्दर्भमा यो कुराप्रति पनि हामीले ध्यान नदिईकन रहन सक्दैनौ त्यस प्रकारको कारबाहीका पछाडि इजरायलद्वारा ठुलो पैमाना उनीहरूमाथि गरेका अत्याचारका विरुद्ध उनीहरूमा पैदा भएको आक्रोशले काम गरेको छ । सर्वप्रथम त लाखौँ प्यालिस्टाइनहरुलाई आफ्नो भूमिबाट जबरजस्ती पूर्वक देश निकाला गरेर पठाइयो र अहिले उनीहरू खाडीका विभिन्न देशहरूमा शरणार्थी बनेर दुःख पाउँदै बस्नु परिरहेको छ । त्यो कार्यलाई कुनै पनि अवस्थामा न्यायोचित भन्न सकिन्न । इजरायल सरकारद्वारा ठुलो सङ्ख्यामा प्यालिस्टाइनका निर्दोष महिला र केटाकेटीहरू समेतको हत्या हुने गरेको छ । ती सबैको परिणाम स्वरूप प्यालिस्टाइनका जनतामा इजरायल प्रति पैदा हुने आक्रोश, घृणा र बदलाको भावना स्वाभाविक नै हुन् र तिनीहरूलाई कुनै पनि अवस्थामा गलत मान्न सकिन्न । ७ अक्टोबरको घटनालाई पनि त्यही परिवेशमा बुझ्नु पर्दछ । तैपनि कुनै पनि पक्षद्वारा गरिने त्यस प्रकारको कारवाहीलाई हामीले सही मान्न सक्दैनौ । त्यो निश्चित रूपले एउटा आतङ्कवादी कारबाही हो र जुनसुकै पक्षले त्यस प्रकारको कारबाही गरे पनि त्यसलाई हामीले गलत नै मान्नु पर्दछ ।
इजरायलमा प्यालिस्टाइन जनतामाथि दसकौँ देखि जुन अत्याचार हुँदै आएका छन्, त्यसका लागि सम्पूर्ण यहुदी जातिलाई नै दोषी ठहराउनु अवश्य पनि न्यायसङ्गत हुने छैन । इजरायलमा जसरी त्यहाँ बसोबास गरेका प्यालिस्टाइन जनतालाई जबरजस्तीपूर्वक त्यहाँबाट निकाल्ने काम गरियो, त्यसका लागि पनि सम्पूर्ण यहुदी जातिलाई दोष दिनु सही हुने छैन । त्यसका पछाडि मुख्य रूपमा अमेरिकी साम्राज्यवादको नै भूमिका रहेको छ । वास्तवमा अहिले इजरायलमा जुन सरकार बनेको छ, त्यो सरकार अमेरिकी साम्राज्यवादको बलमा नै बनेको हो । खाडीका देशहरूमा आफ्नो प्रभुत्व कायम गर्न नै अमेरिकाले त्यहाँ इजरायल सरकारको स्थापना गरेको हो । त्यो सरकारले सम्पूर्ण यहुदी जातिको हितको होइन अमेरिकी साम्राज्यवादको नै स्वार्थको प्रतिनिधित्व गर्दछ र मध्य एसियामा आफ्नो प्रभुत्व कायम गर्नका लागि अमेरिकी साम्राज्यवादले त्यो सरकारलाई उपयोग गर्ने काम गरिरहेको छ । एकातिर इजरायली सरकारको त्यस प्रकारको अमेरिकी साम्राज्यवाद परस्त र, अर्कातिर, आम इजरायली जनताका बिचमा भएको त्यो अन्तरप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज प्यालिस्टाइन र इजरायली जनताका बिचमा बाह्य र प्रकट रूपमा शत्रुतापूर्ण सम्बन्ध भएजस्तो देखिए पनि आधारभूत रूपमा उनीहरूका हितमा कुनै अन्तर छैन । त्यसरी उनीहरूका बिचको शत्रुता होइन, उनीहरूका बिचको एकता नै प्रधान र दीर्घकालीन महत्वका विषय हो ।
हिट्लरद्वारा यहुदी जातिमाथि कति धेरै अत्याचार भएका थिए ? विश्वको इतिहास त्यसको साक्षी छ । जुन जातिले स्वयं त्यस प्रकारका अत्याचारहरू भोग्नु परेको थियो । त्यही जातिद्वारा अहिले गाजापट्टीमा त्यहाँका निर्दोष जनता, महिला, बालबालिका र गर्भवती तथा भर्खर जन्मेका शिशुहरू समेत माथि जुन प्रकारका बर्बर अत्याचारहरू हुनु धेरै नै दुःख र पीडाको कुरा हो । अमेरिकी साम्राज्यवाद वा त्यसको कठपुतली इजरायली सरकारद्वारा त्यस प्रकारका अत्याचारहरू हुनु सामान्य कुरा हो । उनीहरूले संसार भरी नै त्यस प्रकारका अत्याचारहरू गर्दै आएका छन् । वास्तवमा साम्राज्यवाद युद्ध तथा सबै प्रकारका अन्याय र अत्याचारको स्रोत हो । त्यसले लोकतन्त्र र मानवताको ठुला ठुला कुरा गर्दछ । तर अमेरिकी साम्राज्यवादको बलमा गाजामा भइरहेका अत्याचारहरूबाट यो कुरामा कुनै शङ्का रहन्न कि त्यसको लोकतन्त्र र मानव अधिकारको प्रचार कति धेरै नक्कली र अवास्तविक छ । गाजापट्टीमा भइरहेको अत्याचारप्रति इजरायल सरकार गम्भीर रूपले दोषी ता छ नै । तर त्योभन्दा कैयौँ गुणा गम्भीर रूपले अमेरिकी साम्राज्यवाद नै दोषी छ । जुन पक्षहरूले गाजामा भइरहेका घोर, अमानवीय र बर्बर अत्याचारहरूलाई समर्थन गर्ने काम गरिरहेका छन् उनीहरूले वास्तवमा शान्ति र न्याय होइन, अमेरिकी साम्राज्यवादलाई नै मद्दत पु¥याउने काम गरिरहेका छन् ।
यो साँच्चै नै दुःखको कुरा हो कि गाजामा सामान्यतः इजरायल सरकारद्वारा र मुख्यतः अमेरिकी साम्राज्यवादद्वारा भइरहेका बर्ब र अमानवीय अत्याचारहरू खाली त्यहाँ“मात्र होइन, सम्पूर्ण विश्वसित जोडिएका समस्या हुन् । आज त्यहाँ“ जे भइरहेको छ, त्यो संसारको कुनै पनि देशमा हुन सक्दछ । त्यस कारण प्यालेस्टाइनी जनता माथि भइरहेका त्यस प्रकारका अत्याचारहरूका विरुद्ध संसार भरी र नेपालमा पनि आवाज उठाउनुपर्ने आवश्यकता छ । त्यसरी हामीले खाली प्यालेस्टाइनका जनतालाई मात्र समर्थन गरिरहेका हुँदैनौ, तर भोलि हाम्रो देशमा पनि सम्भावित त्यस प्रकारको स्थितिलाई रोक्नका लागि प्रयत्न गरिरहेका हुनेछौँ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...