Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मार्क्सवाद कसरी विकास भयो ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मार्क्सवाद कसरी विकास भयो ?

* रामराज रेग्मी
१. विषय प्रवेश
उन्नाइसौं शताब्दीको मध्यतिर जब युरोपेली मुलुकहरूमा सामाजिक अर्थव्यवस्था हुर्किएर पुँजीवादमा पदार्पण गर्‍यो, जुन बेला विज्ञानको अद्भुत प्रगति भयो, वर्ग सङ्घर्ष इतिहासमा त्यसअघि कहिल्यै नपुगेको स्तरमा विकसित भयो र औद्योगिक सर्वहारा वर्ग जुझारु शक्तिको रूपमा देखा पर्‍यो। त्यसै बेला जर्मन दार्शनिक कार्ल मार्क्सले एउटा नयाँ दर्शनलाई जन्म दिए । उनकै नामबाट उक्त दर्शनको नाम ‘मार्क्सवाद (Marxism ) रहन गएको छ । संसारको सबैभन्दा उन्नत एवम् वैज्ञानिक ठानिएको यो दर्शन मार्क्सले आफ्ना घनिष्ठ सहयोद्धा बेलायती दार्शनिक फ्रेडरिक एङ्गेल्सको सहयोगमा प्रतिपादन गरेका हुन् । ‘एपिक्युरसका दर्शनसम्बन्धी टिप्पणीहरू’ ‘हेगेलको दक्षिणपन्थी दर्शनको आलोचना’, ‘फायरबाख सम्बन्धी शोधपत्र’, ’दर्शनको दरिद्रता’, ‘आर्थिक र दार्शनिक पाण्डुलिपि’ र ‘लुई बोनापार्टको अठारौँ ब्रुमेयर’ मार्क्सका महत्त्वपूर्ण दार्शनिक कृतिहरू हुन् भने ‘प्रकृतिको द्वन्द्वात्मकता’, ‘जर्मन विचारधारा’, ‘ड्युहरिङ मत खण्डन’, ‘लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य’, ‘साम्यवादका सिद्धान्तहरू’ र ‘समाजवाद ः काल्पनिक र वैज्ञानिक’ एङ्गेल्सका दार्शनिक कृतिहरू हुन् । ‘पवित्र परिवार’ दुवै जनाको संयुक्त कृति हो । यसका अतिरिक्त उनीहरूका थुप्रै दर्शनसम्बन्धी लेख तथा चिठी पत्रहरू सङ्कलित छन् ।
मार्क्स र एङ्गेल्सको देहावसानपछि साम्राज्यवादको युगमा विकसित घटनाक्रमका कारण संसारमा देखिएको परिवर्तनका आधारमा रुसी सर्वहारा वर्गका नेता लेनिनले मार्क्सवादलाई परिमार्जन र विकसित तुल्याएकाले लेनिनको समेत नाम जोडेर त्यस दर्शनलाई ‘मार्क्सवाद–लेनिनवाद’ भन्ने गरिएको छ । मार्क्सकै अगुवाइ र निर्देशनमा हुर्केको कम्युनिस्ट आन्दोलन त्यसलाई आफ्नो विश्व दृष्टिकोण बनाएको छ (Stalin, 1076 : 835)  । यसले पुँजीवादी समाजमा सबैभन्दा उत्पीडनमा परेको सर्वहारा वर्ग र अन्य श्रमजीवी जनसमुदायलाई मुक्तिको बाटो देखाएको छ । यसैको आलोकमा विश्व संरचनामा निकै हेरफेर पनि भएको छ । लेनिनको निधनपछि चिनियाँ कम्युनिस्ट आन्दोलनका अगुवा माओले विश्वको बदलिँदो परिवेशमा मार्क्सवाद–लेनिनवादलाई अझ समृद्ध बनाएकाले यस दर्शनलाई ‘मार्क्सवाद–लेनिनवाद–माओवाद’ पनि भन्न थालिएको छ । माओकै देश चीनमा भने माओवाद नमानी माओ विचारधारा भन्ने गरिन्छ ।
२. मार्क्सवादको आधारभूत पृष्ठभूमि
माथि नै उल्लेख गरिसकिएको छ कि मार्क्सवादी दर्शन सामाजिक परिवेशको उपज हो । विशेष गरी मार्क्स र एङ्गेल्सले युरोपेली समाजमा विकास भएको राजनीतिक तथा सामाजिक अवस्था, त्यहाँ समय समयमा देखा परेका दर्शनहरूको अध्ययन र वैज्ञानिक प्रगतिका आधारमा त्यसलाई जन्म दिएका थिए ।
२.१ सामाजिक तथा राजनीतिक अवस्था
सत्रौँ शताब्दीमा युरोपमा पुँजीपति वर्गले सामन्तवादका विरुद्ध क्रान्ति सम्पन्न गर्दै एकपछि अर्को गरी विभिन्न देशमा पुँजीवादी व्यवस्था खडा गर्दै गयो । तर, पुँजीवाद पनि शोषणमा आधारित व्यवस्था भएकाले जनताले त्यस व्यवस्थामा न्यायको अनुभूति गर्न पाएनन् । पुँजीवादको विकाससँगै श्रमजीवी वर्गमाथिको शोषण झन् झन् चर्को हुँदै गयो । जसका कारण समाजमा वर्ग सङ्घर्षको आगो दन्किन थाल्यो । सुरुमा सङ्घर्षरत मजदुरहरू दिशाविहीन अवस्थामा थिए । भालुको रिस खनियामाथि भनेझैँ कसले आफूमाथि उत्पीडन गरेको हो भन्ने कुरा नबुझीकन तिनले मेसिन र कारखाना तोडफोड गर्ने गर्दथे । पछि भने असफलता र अनुभवबाट पाठ सिक्दै विभिन्न माग राखी सचेत ढङ्गबाट पुँजीपति वर्ग र पुँजीवादी राज्यसत्ताविरुद्ध खनिन थाले । युरोपका पुँजीवादी देशहरूमा एकपछि अर्को गरी मजदुर आन्दोलनहरू उठ्न थाले । सन् १८३१ मा फ्रान्सको लियोन सहरका कपडा मजदुरहरूले विद्रोह गरे । सन् १८३२ बाट बेलायतका मजदुरहरूले माग पत्र प्रकाशित गरी झन्डै दस वर्षसम्म चार्टिष्ट आन्दोलन सञ्चालन गरे । सन् १८३२ मै पेरिसका मजदुरहरू सडकमा उत्रिए । सन् १८४४ मा जर्मनीको सिलेसिया सहरमा मजदुरहरूले उत्पात मच्चाए । यी सबै राजनीतिक घटनाक्रमहरूले के कुराको सङ्केत गरिरहेका थिए भने उत्पीडित मजदुर वर्गले पुँजीवादी व्यवस्थालाई ढाली मुक्ति हासिल गर्ने सम्भावनातर्फ परिस्थिति सोझिएको छ । मार्क्स–एङ्गेल्सले आफ्नो गहिरो अध्ययनपश्चात् बुझे कि युरोपेली देशहरूमा पुँजीवादको उदय हुनुभन्दा पहिले सामन्तवादी व्यवस्था थियो र सामन्तवादी व्यवस्था आउनुअघि दास समाज अस्तित्वमा थियो । नयाँ व्यवस्थाले पुरानो व्यवस्थालाई विस्थापित गरी मानव समाज अघि बढेको यस्तो परिस्थितिको लेखाजोखा गरेपछि उनीहरू के टुङ्गोमा पुगे भने । पुँजीवादी व्यवस्था पनि चिरस्थायी व्यवस्था होइन र यसलाई अवश्य पनि अर्को व्यवस्थाले विस्थापित गर्दछ (लेनिन, १९८२–४ ः १९८) ।
यदि पुँजीवादी व्यवस्था चिरस्थायी होइन भने त्यसलाई कुन व्यवस्थाले प्रतिस्थापन गर्न सक्छ त भन्ने कुराको खोजीमा मार्क्स एड्गेल्स लागे । त्यसै समयको वरिपरि युरोपमा उदय भएको काल्पनिक समाजवादी विचारले उनीहरूलाई वैकल्पिक व्यवस्थाका लागि बाटो देखाइदियो ।
काल्पनिक समाजवादका एक जना व्याख्याता अङ्ग्रेज विद्वान् थोमस मुर हुन् । उनले ’युटोपिया नामक पुस्तक लेखेका थिए । जसमा एउटा सुखमय टापुको कल्पना गरिएको छ । मुरको सुखमय टापुमा एउटा सुन्दर नगर हुन्छ । जहाँ मानिसहरू स्वतन्त्र जीवन बिताउँछन् । त्यहाँ अरूको कमाइमा भर पर्ने परजीवी मानिसहरू हुँदैनन् । त्यहाँ पैसाको अस्तित्व हुँदैन र मानिसले धनको पूजा पनि गर्दैनन् । श्रमिकले केवल ६ घण्टा काम गरे पुग्छ । उनीहरूले जे–जति उत्पादन गर्दछन्, त्यो सबै साझा गोदाममा राखिन्छ । समाजका सबै जना साझा भोजनालयमा खाना खान्छन् । राज्यमा सबैले बराबर रूपमा हक अधिकारको उपभोग गर्न पाएका हुन्छन् । मुरको उक्त कृति बेलायती शासक र पुँजीपति वर्गका लागि चुनौती भएकाले उनलाई फाँसीको सजाय दिइयो ।
थोमस मुरजस्तै काल्पनिक समाजवादको सपना देख्ने अर्का फ्रान्सेली विद्वान् थिए, सेन्ट साइमन । उनले अति नै प्रभावशाली व्यक्तिहरूको प्रयासबाट एउटा सुखी समाजको स्थापना हुन सक्ने कल्पना गरे । उनको काल्पनिक समाजमा तीन सदनको व्यवस्था गरिएको थियो । आविष्कार सदन, अनुसन्धान सदन र कार्यकारिणी सदन । उनले कल्पना गरेको समाजमा आर्थिक जीवन नियोजित ढङ्गबाट सञ्चालन गरिन्छ । त्यहाँ अराजकता, भोकमरी, गरिबी र बेरोजगारी हुँदैन । हरेक मानिसले सुखमय जीवन बिताउन पाउँछन् ।
यसै गरी समाजवादको सपना देख्ने अर्का फ्रान्सेली विद्वान् थिए, चार्ल्स फुरिए । उनले सामञ्जस्य नामको सुखमय संस्थाको स्थापना समेत गरे । जुन उत्पादक र उपभोक्ता सङ्घको सहयोगबाट बन्दछ । त्यस्तो संस्थामा १६०० जति मानिसहरू बस्न सक्छन् । संस्थामा भोजनालय, पुस्तकालय, कार्यशाला आदि भएको एउटा आवास गृह बनाइन्छ । जहाँ कसैले कसैमाथि थिचोमिचो गर्दैन । मानिसहरू स्वेच्छाले श्रममा भाग लिन्छन् । जुन श्रम आनन्ददायी पनि हुन्छ । प्रतिस्पर्धा भए पनि त्यो रचनात्मक हुन्छ । महिलाहरूले घरेलु बन्धनबाट छुटकारा पाउनुका साथै पुरुषसरह हक अधिकार पाएका हुन्छन् ।
त्यसै गरी बेलायती विचारक रोबर्ट ओवेनले पनि सुखी कम्युनिस्ट समाजको कल्पना गरेका थिए । उनले ३०० देखि ३००० जनासम्म रहन सक्ने एक समुदाय खडा गर्ने, त्यसलाई स्रोत साधन सम्पन्न बनाउने, त्यही अत्याधुनिक मेसिन जडान गर्ने, सबै समुदायका सदस्यहरूलाई पालैपालो शारीरिक र मानसिक श्रम गर्न लगाउने र उत्पादनबाट प्राप्त आम्दानी समुदायका सदस्यहरूकै भलाइमा खर्च गर्ने कुराको परिकल्पना गरे । ओवेनका अनुसार कम्युनिस्ट समाजका सदस्यहरूलाई चाहिएका वस्तुहरू साझा भण्डारबाट र खाना सार्वजनिक भोजनालयमा प्राप्त हुन्छ । सुरुमा व्यक्तिको कामको आधारमा वितरण गरिन्छ । पछि त्यो आवश्यकताअनुसार हुन्छ । समुदायका सदस्यहरूबिचको सम्बन्ध आपसी प्रेम र पारस्परिक सहयोगको सिद्धान्तअनुसार सञ्चालन हुन्छ ।
त्यतिखेर ती चार जना विद्वान्हरूका अतिरिक्त काल्पनिक समाजवादको सपना देख्ने अरू थुप्रै चिन्तक तथा विचारकहरू पनि थिए । तर, ती चार जना चिन्तकहरूको विचारले ऐतिहासिक महत्त्व बोकेकाले मार्क्स–एङ्गेल्सलाई पुँजीवादको विकल्पका रूपमा वैज्ञानिक समाजवादको खाका कोर्न त्यसले आधारको काम गन्यो (रेग्मी, २०६० १०६–७)।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...