health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

नेपाल मात्र नभई विश्व मै लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ । नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ ।
आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ | आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका छन् । हिजोका प्राथमिकताहरू बदलिएर आज अर्कै चिज प्राथमिकता बन्न पुगेका छन्। हिजो ‘सन्तानले डाँडा काँडा ढाकुन्’ भन्ने आशीर्वादको ठाउँमा ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने ठाउँबाट पनि अब विवाह नै किन ? भन्ने ठाउँमा आइपुगेको छ समाज । हिजो भोकमरी, अनिकाल भयङ्कर समस्याको रूपमा थियो । भोकमरीले लाखौँ मान्छेको मृत्यु हुन्थ्यो । हिजो सामान्य खान पाउन वा आफ्नो पेट भर्नु जनताका लागी ठुलो उपलब्धिका रूपमा रहन्थ्यो । पुरै विश्व भोकमरीबाट आक्रान्त हुन्थ्यो । खाद्य अभावका कारण लाखौँ मानिसको मृत्यु हुन्थ्यो, जताततै अनिकाल हुन्थ्यो ।
नेपालमा अहिले पनि भोकमरीको अन्त्य नभए पनि भोकमरी अनिकालको रूपमा भने रहेको छैन । भोकमरीबाट आज नेपाली समाज अगाडि आएको छ । हिजोको अनिकाल आज परिवर्तन भएको छ । आज बढी खाएर हुने रोगहरू सुगर, प्रेसरका बिरामी भोकमरी भन्दा बढी रहेका छन् । आज भोकमरी भन्दा बढी अत्यधिक खानाका कारण मानिसहरू बढी मरिरहेका छन् । त्यै पनि नेपालमा गरिबी एक चौथाइ अझै कायम छ । अन्य विश्व मानवका प्राथमिकता र नेपालीका प्राथमिकता अझै फरक भने रहेकै छन् । आज विश्व समुदायमा बढी जसो मानिस खान नपाएर कुपोषणका कारण मरिरहेका छैनन् । यो अवस्थाको अन्त्य भएको छ । यसको अर्थ हिजोको भोकमरी भन्दा पनि नयाँ चुनौतीका रूपमा रहेको महामारी हरू जस्तो इबोला, कोरोना महामारी, एड्स लगायतका कारण लाखौँ मानिसले ज्यान गुमाउनु पर्यो । महामारीका कारण विश्व अर्थतन्त्र धराशायी हुन् पुग्यो । यसको प्रत्यक्ष असर नेपाल जस्ता गरिब देश लाई पर्नु स्वाभाविक हो ।
अहिले देशको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ भनिन्छ | यसमा के भन्न सकिन्छ भने कहिल्यै नेपालको अर्थतन्त्र बलियो थियो र अहिले कमजोर भयो भन्ने हो । नेपाल आर्थिक रूपले सधैँ कमजोर र गरिब मुलुक नै हो । नेपालको मुख्य चुनौती, नेपालको अर्थतन्त्रलाई बलियो बनाउनु थियो र छ । त्यो काम न हिजोका दिनमा भयो न अहिले नै हुँदै छ । पहिले र अहिलेका शासकहरू यसरी बाँसुरी बजाइरहेकी नेपाल विश्व मै आर्थिक रूपले सम्पन्न मुलुक हो भनेर भनिरहे जस्तो पारियो । यसो हुनुमा मुख्य कुरा के थियो भने जनता लाई सधैँ गुहराममा राखिराख्न शासकहरू सफल भइरहे | हिजो राणा र पञ्चायत कालमा जनता लाई सैनिक बलको आधारमा दबाइयो र आफूलाई मात्रै जनताका मालिक रहेको र जनताले अनिकाल बाट मरे पनि जनताको घरको अन्न, मीठो दही दूध,घिउ जनताको नभई पहिला शासकहरूको हुनुपर्ने नियम बनाइयो । या भनौँ जसको लाठी उसको भैँसी भने झैँ बलियो ले मात्रै समाजमा हैकम चलाएर निर्धा लाई शोषण गरिरहने प्रवृत्ति हाबी भयो । मत्स्य न्यायमा बाँच्यो समाज । जनताले शासकका विरुद्ध उभिने मौका पाएनन्। नेपालमा तत्कालीन शासकहरूले त्यै जनता माथि शोषण गर्न पाउनुलाई सर्वोच्च सुखका रूपमा लिए । भोलि देश लाई कता लैजाने कहाँ पुर्याउने भनेर सोच्दै सोचेनन् वा भनौँ त्यो सोच्ने ल्याकत भएन । यसको परिणाम स्वरूप आजको नेपाल यस्तो गरिब हुन् पुग्यो । हिजो राम्रो गरिदिएको भए आजको नेपाल पनि विकसित र सम्पन्न हुने थियो ।
संसारका देशहरूले प्रगतिको शिखर मा पुगिसकुन्जेल हाम्रोमा बल्ल बोल्न पाउने अधिकार प्राप्त भयो । अहिले आएर बोल्न त पाइयो तर के बोल्ने र के का लागि बोल्ने भन्ने कुरा अझै हामीलाई थाहा छैन । आज नेपाली समुदाय वा नेपालीहरू वैध अवैध ढङ्गले जसरी भए पनि विश्वका हरेक जसो मुलुकमा पुगेका छन् । त्यहाँको अत्याधुनिक विकास देखेर नेपालीहरू तीन छक पर्छन् र त्यसलाई नेपाल मा हेर्न चाहन्छन् । आफ्नो मुलुक सम्पन्न बनाउन सम्बन्धित देशका जनताले गरेको मेहनत का बारेमा पढ्न,लेख्न र ती सङ्घर्ष का कथा सुन्नै चाहँदैनौ हामीहरू । उनीहरूले आफ्नो देश बनाए तर नेपाल त नबनाई कनै कसरी बन्छ होला भनेर सोच्दैनौ ।
हाम्रा आकाङ्क्षा र यथार्थ बिच यति धेरै फरक पाउँछौँ कि विदेशमा हुँदा बिदेसी हरूको प्रगति देखेर युधिष्ठिरको राजमहल इन्द्रप्रस्थको चकमन्नता देखेर जसरी दुर्योधन छक परेका थिए र द्रोपतीले उनलाई हेपेकी थिइन् त्यही महाभारतको युद्धको एक कारण बनेको थियो । यस्तै विदेशको भनौँ वा मानव जातिले गरेको चमत्कार हाम्रोमा किन भएन भनेर हामी ईर्ष्या मात्रै गरिरहेका पो छौ कि जस्तो लाग्छ । यो दुर्योधनकै ईर्ष्या मात्रै हो उसले आफ्नो हस्तिनापुरलाई किन इन्द्रप्रस्त जस्तो बनाउन सकेनन् त । आज हाम्रोमा पनि यस्तै समस्या हो। हामीले हाम्रो देश बनायौ भने मात्रै बन्ने हो नत्र बन्दैन मुलुक । बन्छ त केवल ईर्ष्या, डाहा र पलायन र पीडा मात्रै निर्माण हुन्छन् । यसको प्रतिफल गरिबी र पिछडापन बढेर कङ्गाल बन्ने हुन्छ ।
आज भौतिक काम बाहेक बौद्धिक स्तरबाट हुने प्रत्येक प्रशासनिक कामहरू कम्प्युटरले गरिरहेको छ | हिजो यस्ता कामहरू मान्छे आफ्नै हातले गर्नु पर्दथ्यो | आजको यो अवस्थामा आइपुग्न मानिसले हजारौँ वर्षको जुन कष्ट साध्य विगत भोग्नु पर्यो त्यसलाई सम्झने हो भने मात्रै हामी मानव उपलब्धिका यी अवसरहरूको सही सदुपयोग गर्न सक्दछौ | हामीले आजको यो मानव उपलब्धि लाई अझै झन् उचाइमा पुर्याउन सक्छौ | यदि हाम्रा पुर्खाहरूको त्यो त्याग र समर्पणले बनाएको यो सुन्दर संसारलाई हामीले अझै झन् समृद्ध बनाउन लाग्नु पर्दछ | अहिले आएका नयाँ पर्यावरणीय समस्याहरूले जुन चुनौती थपेका छन् त्यसको निराकरण गर्न मानव जाति एक जुट भई लाग्नु पर्दछ | मानवीय हक अधिकार हरूको संरक्षण र संवर्द्धन गर्दै विज्ञानका नवीनतम उपलब्धि हरूलाई सबै मानिसले समान तरिकाले उपभोग गर्न पाउने गरी राजनैतिक व्यवस्था र सामाजिक व्यवस्थाको निर्माण गरिनु पर्दछ | सँग सँगै हरेक प्राणीको सुरक्षित बाच्न पाउने हकको ग्यारेन्टी पनि मानिसले गर्नुपर्दछ | भोलिका पीढी लाई अहिलेको जस्तै सुन्दर धर्ती हस्तान्तरण गर्नुपर्ने चुनौती सबैभन्दा ठुलो चुनौतीको रूपमा संसार सामु खडा भएको छ | विश्वमा सृजना भई रहेका नयाँ मानव सृजित समस्याको समाधान मानव आफैले समाधान गर्नु पर्ने नयाँ चुनौती मानव सामु आएको छ |
एकातिर मानव मानव बिचको असमानताको खाडल व्यापक बन्दै जानु, अर्को तिर पर्यावरण माथिको भीमकाय आक्रमण बढ्नुले मानव जाति मात्र होइन सिङ्गो भविष्य समाप्त हुने त होइन भन्ने प्रश्न खडा भएको यो अवस्थामा पर्यावरण संरक्षणका खातिर विश्व मानव जातिमा नयाँ चेतनाको विकास गर्न जरुरी छ | यो धर्ती मा लाखौँ वर्ष पछि पनि मानिस ले बाच्न पाउनु पर्दछ | आजको पुस्ताले विकास को नाममा यो एक मात्र धर्तीको चरम दोहन गरिनु हुन्न | हामीले भोलिको नयाँ पुस्ताका लागि सुरक्षित र स्वच्छ पृथ्वी जस्ताको त्यस्तै हस्तान्तरण गर्नु पर्दछ |