Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
  परिवर्तित प्राथमिकताहरू  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

  परिवर्तित प्राथमिकताहरू 

  • भीष्म जोशी

नेपाल मात्र नभई विश्व मै  लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि   नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ ।  नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ  ।

आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ |  आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका छन् । हिजोका प्राथमिकताहरू बदलिएर आज अर्कै चिज प्राथमिकता बन्न पुगेका छन्। हिजो ‘सन्तानले डाँडा काँडा ढाकुन्’ भन्ने आशीर्वादको ठाउँमा ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने ठाउँबाट पनि अब विवाह नै किन ? भन्ने ठाउँमा आइपुगेको छ समाज । हिजो भोकमरी, अनिकाल भयङ्कर समस्याको रूपमा थियो । भोकमरीले लाखौँ मान्छेको मृत्यु हुन्थ्यो । हिजो सामान्य खान पाउन वा आफ्नो पेट भर्नु  जनताका लागी ठुलो उपलब्धिका रूपमा रहन्थ्यो । पुरै विश्व भोकमरीबाट आक्रान्त हुन्थ्यो । खाद्य अभावका कारण लाखौँ मानिसको मृत्यु हुन्थ्यो, जताततै अनिकाल हुन्थ्यो ।

नेपालमा अहिले पनि भोकमरीको अन्त्य नभए पनि भोकमरी अनिकालको रूपमा भने रहेको छैन । भोकमरीबाट आज नेपाली समाज अगाडि आएको छ । हिजोको अनिकाल आज परिवर्तन भएको छ । आज बढी खाएर हुने रोगहरू सुगर, प्रेसरका बिरामी भोकमरी भन्दा बढी रहेका छन् । आज भोकमरी भन्दा बढी अत्यधिक खानाका कारण मानिसहरू बढी मरिरहेका छन् । त्यै पनि नेपालमा गरिबी एक चौथाइ अझै कायम  छ । अन्य विश्व मानवका प्राथमिकता र नेपालीका प्राथमिकता अझै फरक भने रहेकै छन् । आज विश्व समुदायमा बढी जसो मानिस  खान नपाएर कुपोषणका कारण मरिरहेका छैनन् । यो अवस्थाको अन्त्य भएको छ । यसको अर्थ हिजोको भोकमरी भन्दा पनि नयाँ चुनौतीका रूपमा रहेको महामारी हरू जस्तो इबोला, कोरोना महामारी, एड्स लगायतका कारण लाखौँ मानिसले ज्यान गुमाउनु  पर्‍यो । महामारीका कारण विश्व अर्थतन्त्र धराशायी हुन् पुग्यो । यसको प्रत्यक्ष असर नेपाल जस्ता गरिब देश लाई पर्नु स्वाभाविक हो ।

अहिले देशको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ भनिन्छ | यसमा के भन्न सकिन्छ भने कहिल्यै नेपालको अर्थतन्त्र बलियो थियो र अहिले कमजोर भयो भन्ने हो । नेपाल आर्थिक रूपले सधैँ कमजोर र गरिब मुलुक नै हो । नेपालको मुख्य चुनौती, नेपालको अर्थतन्त्रलाई बलियो बनाउनु थियो र छ  । त्यो काम न हिजोका दिनमा भयो न अहिले नै हुँदै छ । पहिले र अहिलेका शासकहरू यसरी बाँसुरी बजाइरहेकी नेपाल विश्व मै आर्थिक रूपले सम्पन्न मुलुक हो भनेर भनिरहे जस्तो पारियो  । यसो हुनुमा मुख्य कुरा के थियो भने जनता लाई सधैँ गुहराममा राखिराख्न शासकहरू सफल भइरहे | हिजो राणा र पञ्चायत कालमा जनता लाई सैनिक बलको आधारमा दबाइयो र आफूलाई मात्रै जनताका मालिक रहेको र जनताले अनिकाल बाट मरे पनि जनताको घरको अन्न, मीठो दही दूध,घिउ जनताको नभई पहिला शासकहरूको हुनुपर्ने नियम बनाइयो । या भनौँ जसको लाठी उसको भैँसी भने झैँ बलियो ले मात्रै समाजमा हैकम चलाएर निर्धा लाई शोषण गरिरहने प्रवृत्ति हाबी भयो  । मत्स्य न्यायमा बाँच्यो समाज । जनताले शासकका विरुद्ध उभिने मौका  पाएनन्। नेपालमा  तत्कालीन शासकहरूले त्यै जनता माथि शोषण गर्न पाउनुलाई  सर्वोच्च सुखका रूपमा लिए । भोलि देश लाई कता लैजाने कहाँ पुर्‍याउने भनेर सोच्दै सोचेनन् वा भनौँ त्यो सोच्ने ल्याकत भएन । यसको परिणाम स्वरूप आजको नेपाल यस्तो गरिब हुन् पुग्यो । हिजो राम्रो गरिदिएको भए आजको नेपाल पनि विकसित र सम्पन्न हुने थियो ।

संसारका देशहरूले प्रगतिको शिखर मा पुगिसकुन्जेल हाम्रोमा बल्ल बोल्न पाउने अधिकार प्राप्त भयो । अहिले आएर बोल्न त पाइयो तर के बोल्ने र के का लागि बोल्ने भन्ने कुरा अझै हामीलाई थाहा छैन । आज नेपाली समुदाय वा नेपालीहरू वैध अवैध ढङ्गले जसरी भए पनि  विश्वका हरेक जसो मुलुकमा पुगेका छन् । त्यहाँको अत्याधुनिक विकास देखेर नेपालीहरू तीन छक पर्छन् र त्यसलाई नेपाल मा हेर्न चाहन्छन् । आफ्नो मुलुक सम्पन्न बनाउन सम्बन्धित देशका जनताले गरेको मेहनत का बारेमा पढ्न,लेख्न र ती सङ्घर्ष का कथा सुन्नै चाहँदैनौ हामीहरू । उनीहरूले आफ्नो देश बनाए तर नेपाल त  नबनाई कनै कसरी बन्छ होला भनेर सोच्दैनौ ।

हाम्रा आकाङ्क्षा र यथार्थ बिच यति धेरै फरक पाउँछौँ कि विदेशमा हुँदा बिदेसी हरूको प्रगति देखेर युधिष्ठिरको राजमहल इन्द्रप्रस्थको चकमन्नता देखेर जसरी दुर्योधन छक परेका थिए र द्रोपतीले उनलाई हेपेकी थिइन् त्यही महाभारतको युद्धको एक कारण बनेको थियो ।  यस्तै विदेशको भनौँ वा मानव जातिले गरेको चमत्कार हाम्रोमा किन भएन भनेर हामी ईर्ष्या मात्रै गरिरहेका पो छौ कि जस्तो लाग्छ  । यो दुर्योधनकै ईर्ष्या मात्रै हो उसले आफ्नो हस्तिनापुरलाई किन इन्द्रप्रस्त जस्तो बनाउन सकेनन् त । आज हाम्रोमा पनि यस्तै समस्या हो। हामीले हाम्रो देश बनायौ भने मात्रै बन्ने हो नत्र बन्दैन मुलुक ।  बन्छ त केवल ईर्ष्या, डाहा र पलायन र पीडा मात्रै निर्माण हुन्छन् । यसको प्रतिफल गरिबी र पिछडापन बढेर कङ्गाल बन्ने हुन्छ ।

हिजोका हाम्रा प्राथमिकताहरू बाल मृत्युदर घटाउनु हुन्थ्यो, त्यो अहिले छैन भए पनि त्यसले विकराल रूप लिएको छैन। मातृ मृत्यु दरले भयावह रूप लिन्थ्यो तर त्यो आज छैन । आज त्यसको ठाउँमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु पर्ने चुनौती थपिएको छ । हिजो मान्छेले आफूलाई चाहिने समान सबै पिठ्युँ मा बोक्नु पर्थ्यो भने आज त्यसको ठाउँमा स्काई ट्रकहरूले काम गरिरहेका छन् ।  हिजो सामान्य कुलो,पधेरो,कुवा, गोरेटो,घोरेटो बाटोहरू प्राथमिकता मा हुने गर्थे भने अहिले जनताका प्राथमिकता परिवर्तन भएका छन् ।अहिले ठुलठुला अस्पतालहरू, राजमार्गहरू, विमानस्थलहरू, विश्वविद्यालयहरू अहिलेका प्राथमिकतामा परेका छन् । यो आकाङ्क्षा सँगै हिजोको सोच्ने सोचमा पनि परिवर्तन आएको छ । हिजो मान्छेले सबै कुराको सर्जक,पालन कर्ता र संहारकर्ता ईश्वर लाई मान्ने गर्दथे भने आज त्यो सबै कुराको एक मात्र रक्षक आर्थिक रूपमा सबल हुनु र पैसा रहेको छ ।
आज विज्ञानले चमत्कार गरेको छ । जेनेटिक इन्जिनियरिङका कारण हरेक कुरालाई जैविक रूपमा वृद्धि मात्र गरेको छैन कि सबै कुराको सर्जक मानव आफै बन्न पुगेको छ । आज प्रविधिको प्रयोग गरी मान्छे जन्माई रहेको छ । टेस्टट्यूब बेबी जन्मिन थालेको धेरै पुरानो भइसकेको छ । पशुहरूमा बिना भाले बच्चा जन्माउन सामान्य  बनेको छ । अब हिजोको त्यो ईश्वरको रचना भताभुङ्ग भएको छ । हिजोका दिनमा मानिस कामको, परिश्रमको कारण दुखित हुन्थ्यो भने आज मनोरञ्जनका साधनहरूको अत्यधिक प्रयोगका कारण मानसिक समस्या भोगिरहेको छ ।लाखौँ मानिस डिप्रेसनका सिकार बनिरहेका छन् | अहिले मानिसको मृत्यु समेत प्राविधिक हो भन्न थालिएको छ। मान्छे बिरामीको  कारण मर्ने गर्छ । हरेक विरामको उपचार सम्भव भएको छ। मान्छेका मुटु, कलेजो प्रत्यारोपण हुन् थालेका छन् ।
अबको मान्छे अमर हुने दिशा तर्फ उन्मुख हुँदै छ । हिजोका दिनमा मान्छेको औसत आयु ३०/३५  वर्ष थियो आज सोबाट बढेर अहिले औसत आयु ८० /९०  वर्ष पुगेको छ अबका केही वर्ष पछि यो औसत आयु १५० वर्ष पुर्‍याउन विज्ञान निरन्तर प्रयास गरिरहेको छ । त्यो अवस्थामा मानिसका  प्राथमिकता कस्ता होला ?  अहिलेको विज्ञान हरेक विषयमा यति सूक्ष्म तरिकाले अध्ययन गरिरहेको छ कि अव आउने वर्षहरू नयाँ नयाँ अनुसन्धानका उपलब्धिहरू लिएर आउने छ । हामीले यो एकाइसौं शताब्दीका यी दुई दशकमा अभूतपूर्व वैज्ञानिक चमत्कारहरू पाइरहेका र उपभोग गरिरहेका छौ । उपभोग गरिरहेका छौ । आज सम्मको मानव इतिहास युद्धले आक्रान्त भएको मानव इतिहास हो । पहिलो र दोस्रो विश्व युद्ध जस्ता भयानक युद्धहरू यो धर्तीले बेहोर्नु पर्‍यो तर आज मानव जातिले युद्धलाई घृणा गर्न थालेका छन् । आज युद्धको शक्ति प्रदर्शन गर्न चाहनेहरू अन्तर्राष्ट्रिय स्तरमा नाङ्गिन थालेका छन् ।
अब शक्तिशाली देशहरुले निर्माण गरेका विनाशक परमाणु बम हरू हेयका उपकरण बन्न थालेका छन् । अहिले युद्धको ठाउँ अब पर्यावरणीय सङ्कट, जलवायु परिवर्तनले लिन थालेको छ । चरम विकास सँगै जलवायु परिवर्तनले पुरै पृथ्वीमा असर पुर्‍याई रहेको छ । हिजो युद्धका कारण मानिस मात्रै मर्थे भने अव जलवायु परिवर्तनका कारण हरेक प्राणीहरूमा असर देखिन थालेको छ । अहिलेको नयाँ चुनौतीका रूपमा असमानता र विभेद देखिन थालेको छ । आर्थिक सम्पन्नता र विपन्नता , अवसर हरूको पहुँचमा समस्या आज नयाँ सृजना भइरहेका छन् । हिजो धर्मका नाममा हुने युद्ध आक्रमण हरू कम हुँदै गएका छन् । मेरो धर्म  उच्च हो, मेरो संस्कृति राम्रो हो भन्ने धारणामा परिवर्तन आउँदै छ । त्यसको ठाउँमा विविधताले युक्त नयाँ समाजको निर्माण हुँदै छ । सामाजिक अन्तरघुलन, सांस्कृतिक विविधताका कारण संस्कृति अझ समृद्ध बन्न गइरहेको छ । हिजो अशिक्षा र अज्ञानता हटाउनु चुनौती थियो भने आज शिक्षित हरूको उचित व्यवस्थापन गर्नु पर्ने कुरा चुनौती बनिरहेको छ ।
हिजो गाउँ घरमा मात्र केन्द्रित समाज आज विश्व लाई गाउँ बनाउन पुगेको सूचना सञ्चारको विकासका कारण संसारका हरेक सूचना हाते मोबाइलमा कैद हुन् पुगेका छन् । आज मानव सोच चिन्तनको निर्धारण हाते मोबाइलले गर्न थालेको । अबका केही वर्ष पछि बौद्धिक कृत्रिमता (Artificial Intelligence) ले सबै थोक गर्ने वाला छ । आर्टिफिसियल इन्टिलिजेन्सलाई कुन मोडेलबाट अगाडी लैजाने बारेमा वैज्ञानिकहरू बहस गरिरहेका छन् । मानिसलाई काम गर्न नपर्ने बनाउने की केही सीमित काम गर्ने बनाउने विषयमा बहस हुँदै छ । आज थुप्रै अप्ठ्यारा कामहरू रोबोटले गरिरहेको छ जस्तो युद्ध, रकेट, स्वचालित गाडीहरूमा अहिले काम गरिरहेका छन् ।

आज भौतिक काम बाहेक बौद्धिक स्तरबाट हुने प्रत्येक प्रशासनिक कामहरू कम्प्युटरले गरिरहेको छ | हिजो यस्ता कामहरू मान्छे आफ्नै हातले गर्नु पर्दथ्यो | आजको यो अवस्थामा आइपुग्न मानिसले हजारौँ वर्षको जुन कष्ट साध्य विगत भोग्नु पर्‍यो त्यसलाई सम्झने हो भने मात्रै हामी मानव उपलब्धिका यी अवसरहरूको सही सदुपयोग गर्न सक्दछौ  | हामीले आजको यो मानव उपलब्धि लाई अझै झन् उचाइमा पुर्‍याउन सक्छौ | यदि हाम्रा पुर्खाहरूको त्यो त्याग र समर्पणले बनाएको यो सुन्दर संसारलाई हामीले अझै झन् समृद्ध बनाउन लाग्नु पर्दछ | अहिले आएका नयाँ पर्यावरणीय समस्याहरूले जुन चुनौती थपेका छन् त्यसको निराकरण गर्न मानव जाति एक जुट भई लाग्नु पर्दछ | मानवीय हक अधिकार हरूको संरक्षण र संवर्द्धन गर्दै विज्ञानका नवीनतम उपलब्धि हरूलाई सबै मानिसले समान तरिकाले उपभोग गर्न पाउने गरी राजनैतिक व्यवस्था र सामाजिक व्यवस्थाको निर्माण गरिनु पर्दछ | सँग सँगै हरेक प्राणीको सुरक्षित बाच्न पाउने हकको ग्यारेन्टी पनि मानिसले गर्नुपर्दछ | भोलिका पीढी लाई अहिलेको जस्तै सुन्दर धर्ती हस्तान्तरण गर्नुपर्ने चुनौती  सबैभन्दा ठुलो चुनौतीको रूपमा संसार सामु खडा भएको छ | विश्वमा सृजना भई रहेका नयाँ मानव सृजित समस्याको समाधान मानव आफैले समाधान गर्नु पर्ने नयाँ चुनौती मानव सामु आएको छ |

एकातिर मानव मानव बिचको असमानताको खाडल व्यापक बन्दै जानु, अर्को तिर पर्यावरण माथिको भीमकाय आक्रमण बढ्नुले मानव जाति मात्र होइन सिङ्गो  भविष्य  समाप्त हुने त होइन भन्ने प्रश्न खडा भएको यो अवस्थामा पर्यावरण संरक्षणका खातिर विश्व  मानव जातिमा नयाँ चेतनाको विकास गर्न जरुरी छ | यो धर्ती मा लाखौँ वर्ष पछि पनि मानिस ले बाच्न पाउनु पर्दछ | आजको पुस्ताले विकास को नाममा यो एक मात्र धर्तीको चरम दोहन गरिनु हुन्न | हामीले भोलिको नयाँ पुस्ताका लागि सुरक्षित र स्वच्छ पृथ्वी जस्ताको त्यस्तै हस्तान्तरण गर्नु पर्दछ |

 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...