Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 57 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
इलाम-२ र बझाङमा मतदान सुरु

इलाम-२ र बझाङमा मतदान सुरु

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ ।  निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।   इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, काङ्ग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् । त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेसमबहादुर…
Read More
प्रलेस परिसंवादमा डा.रिजालले भने–औद्योगिक क्रान्तिले बेरोजगार संस्कृति बढ्यो 

प्रलेस परिसंवादमा डा.रिजालले भने–औद्योगिक क्रान्तिले बेरोजगार संस्कृति बढ्यो 

वैशाख १४, काठमाडौँ । ‘उत्पादनको क्रममा नै दर्शनको निर्माण तथा विकास हुँदै जान्छ । त्यही अवधिमा संस्कृतिको निर्माण हुन्छ ।’ – दर्शनशास्त्री डा.निमानन्द रिजालले बताए । प्रगतिशील लेखक सङ्घको ७१औँ परिसंवाद कार्यक्रमको अवसरमा उनले सो धारणा राखेका हुन् ।  वैशाख १४ गते बागबजारस्थित प्रलेस कार्यालयमा आयोजित कार्यक्रममा डा.रिजालले भने, ‘समाज विकास र दर्शनबाट मानिसको जीवन निर्धारित हुन्छ ।’ उनले अगाडि भने, ‘उत्पादनकै कारण नयाँ नयाँ संस्कृतिमा मानव समाज जोडिँदै गइरहेको हुन्छ ।’  संस्कृतिको जन्म उत्पादनसँग गाँसिएको हुन्छ भन्दै डा.रिजालले भने, ‘उत्पादनको भौतिक जगत्सँग अन्योन्याश्रित सम्बन्धमा हुन्छ  र चेतना पनि भौतिक जगत्सँगको सम्बन्धको उपज हो ।’  ‘मानवको उत्पत्तिदेखि आजसम्म आइपुग्दा भौतिक…
Read More
गठबन्धन झन्डै झन्डै टुट्यो- अध्यक्ष नेपाल

गठबन्धन झन्डै झन्डै टुट्यो- अध्यक्ष नेपाल

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर :प्रदीपराज वन्त / रासस काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुट्नबाट बचेको बताए । अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढङ्गले मिलाएर अगाडि बढ्नुपर्ने बताए । उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमन्ड गर्न नहुने बताए…
Read More
धरौटी बुझाएपछि रिहा भए दीपेश पुन

धरौटी बुझाएपछि रिहा भए दीपेश पुन

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रवार पुन रिहा भएका हुन् । गत शुक्रवार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए । पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठनका महासचिवसमेत हुन् । उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।
Read More
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै

भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै

काठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ । दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ । दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान मा भाग लिँदै छन् । जसमध्ये ८ करोड ८ लाख पुरुष र ७ करोड ८० लाख महिला तथा ५ हजार ९२९ तेस्रो लिङ्गी मतदाता रहेको आयोगले जनाएको छ ।मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे समाप्त…
Read More
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत वर्ष थपिए २४ मिलियन: प्रतिवेदन

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत वर्ष थपिए २४ मिलियन: प्रतिवेदन

काठमाडौँ, १४ वैशाख । विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन् ।  संयुक्त राष्ट्र सङ्घका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन् । उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा खाद्य असुरक्षा अत्यधिक रूपमा बढेको उनीहरूको भनाइ छ ।  चरम मौसमी घटनाहरू र आर्थिक झट्काहरूले तीव्र खाद्य असुरक्षा सामना गर्नेहरूको सङ्ख्यामा थपिएको छ, जुन २०२२ को तुलनामा २४ मिलियन मानिसहरूले बढेको खाद्य सुरक्षा सूचना नेटवर्कले जनाएको छ ।  खाद्य साकटसम्बन्धी विश्वव्यापी प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्षको विश्वव्यापी दृष्टिकोणलाई ‘अन्धकार वर्ष’ भनिएको छ । संयुक्त राष्ट्र सङ्घका एजेन्सी, युरोपेली…
Read More
आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । आज देखि कक्षा १२ को परीक्षामा सुरु हुँदै छ ।  कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी यस परीक्षामा सहभागी हुँदै छन् । अन्य  बाँकी एक लाख ६५० भने ग्रेड वृद्धितर्फका विद्यार्थी सहभागी हुँदै छन् ।   ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ ।  यस परीक्षामा सबैभन्दा बढी काठमाडौँमा…
Read More
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, एसिडको मात्रा एकदम बढी

बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, एसिडको मात्रा एकदम बढी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।  महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने ब्याच नं. AL/YL23…
Read More
किन बढ्दै छ विश्वभर प्रोस्टेट क्यान्सर ?

किन बढ्दै छ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौँ । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९ लाख पुग्ने बताएको छ । यस रिपोर्टले ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर हो र कुल क्यान्सरका १५ प्रतिशत प्रोस्टेट क्यान्सर छन् । सन् २०२० मा प्रोस्टेट क्यान्सरबाट विश्वभर ३ लाख ७५ हजार पुरुषको मृत्यु भएको अनुमान गरिएको छ भने सन् २०४० सम्ममा यो मृत्युमा ८५ प्रतिशतले वृद्धि हुनेछ । यो पुरुषमा क्यान्सरको कारण मृत्युको पाँचौँ कारण हो । प्रोस्टेट भनेको के हो? प्रोस्टेट पुरुष प्रजनन प्रणाली को एक…
Read More
राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा

राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक तथा पुरुष लेखकले महिलाका विषयमा लेखेका, अनुवाद गरेका तथा सम्पादन गरेका पुस्तक राखिएका छन् ।  जसमा करिब ५ सय लेखिका/लेखकका १ हजार भन्दा धेरै शीर्षकका पुस्तक छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सले प्रदर्शनीको आयोजना गरेका हुन् ।  प्रदर्शनीमा नेपाली, अङ्ग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ भाषा, राई भाषाका पुस्तक छन् । यीमध्ये अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषा भाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।  प्रदर्शनीमा…
Read More