health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रवार पुन रिहा भएका हुन् । गत शुक्रवार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए ।
पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठनका महासचिवसमेत हुन् । उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।