25
Apr
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन् । उनले आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको गुनासो गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उनको निष्कर्ष छ । उनले भने- ‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरूले जुन प्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको…