health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ ।
भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ ।
दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ ।
दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान मा भाग लिँदै छन् । जसमध्ये ८ करोड ८ लाख पुरुष र ७ करोड ८० लाख महिला तथा ५ हजार ९२९ तेस्रो लिङ्गी मतदाता रहेको आयोगले जनाएको छ ।
मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे समाप्त हुनेछ ।
दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बङ्गाल र जम्मू कश्मीर गरी १३ राज्यका ८८ सिटमा मतदान हुँदै छ ।
जसमा असमका ५ सिट, बिहारका ५ सिट, जम्मू कश्मीरको एक सिट, कर्नाटकको १४ सिट, केरलाको २० सिट, मध्य प्रदेशको ७ सिट, महाराष्ट्रको ८ सिट, राजस्थानको १३ सिट, त्रिपुराको एक सिट, उत्तर प्रदेशको ८ सिट, पश्चिम बङ्गालको ३ रहेका छन् ।