Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत वर्ष थपिए २४ मिलियन: प्रतिवेदन - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत वर्ष थपिए २४ मिलियन: प्रतिवेदन


काठमाडौँ, १४ वैशाख । विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन् । 


संयुक्त राष्ट्र सङ्घका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन् ।

उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा खाद्य असुरक्षा अत्यधिक रूपमा बढेको उनीहरूको भनाइ छ । 

चरम मौसमी घटनाहरू र आर्थिक झट्काहरूले तीव्र खाद्य असुरक्षा सामना गर्नेहरूको सङ्ख्यामा थपिएको छ, जुन २०२२ को तुलनामा २४ मिलियन मानिसहरूले बढेको खाद्य सुरक्षा सूचना नेटवर्कले जनाएको छ । 

खाद्य साकटसम्बन्धी विश्वव्यापी प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्षको विश्वव्यापी दृष्टिकोणलाई ‘अन्धकार वर्ष’ भनिएको छ । संयुक्त राष्ट्र सङ्घका एजेन्सी, युरोपेली सङ्घ र सरकारी तथा गैर सरकारी निकायहरूलाई एकसाथ ल्याउने अन्तर्राष्ट्रिय गठबन्धनले यो आँकडा सार्वजनिक गरेका हुन । 

वर्ष २०२३ तीव्र खाद्य असुरक्षाबाट ग्रस्त मानिसहरूको बढ्दो सङ्ख्याको साथ लगातार पाँचौँ वर्ष थियो, जब जनसङ्ख्याले जीवन वा जीविकोपार्जनलाई खतरामा पार्ने खाद्य अभावको सामना गरिरहेको जनाइएको छ ।

गत वर्षको धेरैजसो वृद्धि रिपोर्टको विस्तारित भौगोलिक कभरेज र १२ देशहरूमा बिग्रँदै गएको अवस्थाका कारण थियो, प्रतिवेदनमा भनिएको छ ।

गाजामा ६ लाख लगायत करिब ७ लाख मानिसहरूले गत वर्ष भोकमरीको सामना गरेका थिए,  जुन सङ्ख्या युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा अझै १.१ मिलियनमा पुगेको छ।

२०१६ लाई कभर गर्ने ग्लोबल नेटवर्क अगेन्स्ट फुड क्राइसिसद्वारा पहिलो रिपोर्ट अनुसार खाद्य(असुरक्षित व्यक्तिहरूको सङ्ख्या १०८ मिलियन बाट २५२ मिलियनमा बढेको हो ।
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...