Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
प्रलेस परिसंवादमा डा.रिजालले भने–औद्योगिक क्रान्तिले बेरोजगार संस्कृति बढ्यो  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

प्रलेस परिसंवादमा डा.रिजालले भने–औद्योगिक क्रान्तिले बेरोजगार संस्कृति बढ्यो 

वैशाख १४, काठमाडौँ । ‘उत्पादनको क्रममा नै दर्शनको निर्माण तथा विकास हुँदै जान्छ । त्यही अवधिमा संस्कृतिको निर्माण हुन्छ ।’ – दर्शनशास्त्री डा.निमानन्द रिजालले बताए । प्रगतिशील लेखक सङ्घको ७१औँ परिसंवाद कार्यक्रमको अवसरमा उनले सो धारणा राखेका हुन् । 

वैशाख १४ गते बागबजारस्थित प्रलेस कार्यालयमा आयोजित कार्यक्रममा डा.रिजालले भने, ‘समाज विकास र दर्शनबाट मानिसको जीवन निर्धारित हुन्छ ।’ उनले अगाडि भने, ‘उत्पादनकै कारण नयाँ नयाँ संस्कृतिमा मानव समाज जोडिँदै गइरहेको हुन्छ ।’ 

संस्कृतिको जन्म उत्पादनसँग गाँसिएको हुन्छ भन्दै डा.रिजालले भने, ‘उत्पादनको भौतिक जगत्सँग अन्योन्याश्रित सम्बन्धमा हुन्छ  र चेतना पनि भौतिक जगत्सँगको सम्बन्धको उपज हो ।’ 

‘मानवको उत्पत्तिदेखि आजसम्म आइपुग्दा भौतिक जगत् र जीवनबिचको सङ्घर्षबाट विकसित भएको हो । यसलाई हामी विकसित युग भन्छौ ।’ डा.रिजालले भने, ‘यो युग मानव निर्मित रोबोटहरूले भौतिक रूपमा गरिने श्रमलाई विस्थापित गर्दै छ । यसरी औद्योगिक क्रान्ति बढ्दै जाँदा बेरोजगार संस्कृति बढ्दै गएको छ ।’

‘उत्पादन आफैमा एउटा दर्शन हो जसलाई हामी उत्पादनको दर्शन भन्छौ जो समस्त प्राणी तथा जगत्सँग जोडिएको हुन्छ ।’ दर्शनशास्त्री डा.रिजालले भने,  ‘उत्पादनको आधार बिना जीवनको अस्तित्व सम्भव हुँदैन । यो उत्पादन पदार्थमा टिकेको हुन्छ । पदार्थ आफैमा सत्यको अंश हो । यसमा गति हुन्छ ।’ 

प्रलेसको सचिवालय सदस्य डा.कौशिला रिसालको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले गरेका थिए । कार्यक्रमको विषयवस्तुको बारेमा कार्यक्रम संयोजक समीर सिंहले प्रस्ट पारेका थिए । 

परिसंवाद कार्यक्रममा पूर्व अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, आरसी न्यौपाने, बिजुला रायमाझी, यादव उपाध्याय, डा.बालाकृष्ण अधिकारीले पूरक टिप्पणी गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...