health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक तथा पुरुष लेखकले महिलाका विषयमा लेखेका, अनुवाद गरेका तथा सम्पादन गरेका पुस्तक राखिएका छन् ।
जसमा करिब ५ सय लेखिका/लेखकका १ हजार भन्दा धेरै शीर्षकका पुस्तक छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सले प्रदर्शनीको आयोजना गरेका हुन् ।
प्रदर्शनीमा नेपाली, अङ्ग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ भाषा, राई भाषाका पुस्तक छन् । यीमध्ये अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषा भाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।
प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ विषयक संवाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यस संवादमा पारिजातलाई चिनेका र सङ्गत गरेका व्यक्तित्वलाई बोलाएर उहाँको स्मृतिमा पारिजात कस्ती हुनुहुन्थ्यो, अनुभव सुनाउन लगाइन्छ । संवादमा नारी विषयक लेखनमा सम्भावना, चुनौती र समस्या समाधानका विषयमा समेत छलफल हुने गरेको छ । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।