Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
March 2024 - Page 2 of 18 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: March 2024

६ गजलहरू

६ गजलहरू

रबि पाैडेल १)राजनीति कमाउने भाडाे बनाए इमान बेचेरथुप्रो पैसा कमाए यिनले देशको माटो बेचेर देश परिवर्तन गर्न गए मन्त्री बनी नेताहरूकङ्गाल बनाई देश सम्पत्ति जोडे नागरिकता बेचेर कति राम्रो देश हिमाल पहाड तराई मिलेकोजनता लडाए नेताले यहाँ धर्म बेचेर नदीनाला बेचे उध्याेगधन्दा निजीकरण गरेपरिवार धनी बनाए नेताहरू अाफाे बोली बेचेर देश बरबाद भयो नेताले दलाली गर्दा यहाँजनता कङ्गाल बनाए झुटो कुरा बेचेर ।।------------------------------गजल :२कमाउँछु भन्दाभन्दै कमाउन सकिनरमाउँछु भन्दाभन्दै रमाउन सकिन।। सधैँ अपुग हुन्छ केही न केही कुराकोजिन्दगीको सही मार्ग ठमाउन सकिन ।। बर्षाै भयो मिहेनत  गर्न  लागेको पनिघर आफ्नै  हो भनी जमाउन सकिन।। सबै ले पन्ध्र  हजारका लगाछन् जुत्ता,म पन्ध्र…
Read More
‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनौट

‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनौट

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा प्रदर्शन भइसकेको छ ।  राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोको डालो बनाएर जीविकोपार्जन गरिरहेका एक परिवारको गाउँमा मोटर बाटो भित्रिएसँगै आएका परिवर्तनले ल्याउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।  यो फिल्म बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव विसं २०८१ वैशाख ७ देखि १० सम्म (अप्रिल १९ देखि २२) सम्म चल्ने छ ।  ‘गाउँ आएको बाटो’ मा…
Read More
सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौँ- प्रधानमन्त्री

सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौँ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।  २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।” देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “दायाँ कदम…
Read More
अन्पाको पाँचौँ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको पाँचौँ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, चैत्र १७ । पदयात्रालाई साहित्यसँग जोड्दै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले आफ्नो पाँचौँ पदयात्रा सम्पन्न गरेको छ । चैत्र १७ गतेका दिन गोदावरी देखि मार्बल डाँडा हुँदै त्यहाँको भ्यूटावरसम्म सङ्घले आफ्ना पदयात्रा सम्पन्न गरेको थियो ।  सबै सृष्टाहरुका बिचमा भावनात्मक तथा वैचारिक समिप्यताको स्थिति सिर्जना गर्दै साहित्य सिर्जनामा निखरता ल्याउने उद्देश्यका साथ अन्पाको साहित्यिक पदयात्रामा कविता, गीत, कथा, यात्रा संस्मरण समेत प्रस्तुत गरिएको थियो । पदयात्रामा समीर सिंह, भीष्म जोशी, ऋतु के.सी., घनश्याम न्यौपाने, मेष्मा पुन, मदन पाण्डे, निलम सिंजाली, पुष्पा पाण्डे, अग्रिम जिसी, सङ्घर्ष न्यौपाने, बिहानी के.सी, इन्द्र कँडेल, ध्रुव पुन, सोम पुन,…
Read More
हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाइ कारबाही गर्ने

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाइ कारबाही गर्ने

हेटौँडा, १६ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो । शुक्रवार प्रदेश राजधानी हेटौँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णय विरुद्ध गएका भन्दै बज्राचार्यलाई कारबाही गर्ने जनाएका हुन । बज्राचार्य बिहीबार मात्रै प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । उनी सत्ता साझेदार दलहरूसँग ५ बुँदे सहमति गर्दै सरकारमा सहभागी भएका हुन् । 
Read More
किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्व पिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो ।  प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले बुधवार बढुवा सिफारिस सूची सार्वजनिक गरेको थियो । सिफारिस गरिएको सूचीको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अङ्गुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौँमा श्यामबाबु ओलिया, छैटौँमा निरञ्जनदत्त भट्ट, सातौँमा राजन लिम्बू र आठौँमा विनोद घिमिरे रहेका छन् ।  २०७२ साउन १…
Read More
बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

बागमतीमा हानेपा सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत

हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले बिहीबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् । अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ । ११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।
Read More
नयाँ गठबन्धनले भूमि बैङ्कको प्रस्ताव ल्याएकोमा ६ किसान सङ्गठनको आपत्ति

नयाँ गठबन्धनले भूमि बैङ्कको प्रस्ताव ल्याएकोमा ६ किसान सङ्गठनको आपत्ति

काठमाडौँ । ६ किसान सङ्गठनहरूले भूमि बैङ्कको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहीबार अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले नयाँ गठबन्धनले आफ्नो सङ्कल्पमा भूमि बैङ्कको प्रस्ताव ल्याएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनीहरूले भनेका छन्- 'भूमि बैङ्कजस्तो किसान विरोधी कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ । साथै, भूमि समस्या समाधान गर्न तत्काल अधिकार सम्पन्न आयोग गठन गरी…
Read More
रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?

रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?

मोहन विक्रम सिंह कामरेड, गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान रहँदै आएको छ । माक्र्सवादी, लेनिनवादी दर्शणबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँले अध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा विचारगोष्ठीको आयोजना गर्नुभएको छ । उक्त विचारगोष्ठीका लागि उहाँले तयार पारेको अवधारणापत्र हाम्रा अगाडि छ । त्यो अवधारणापत्रमा उहाँले भौतिकवादी दर्शनको मूलभूत विषयवस्तु तथा अध्यात्मवादसम्बन्धी विभिन्न मिथ्या चेतनाबारे पनि विस्तृत रूपले चिरफार गर्नुभएको छ । का. गोपीरमणले आफ्नो अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद) सम्बन्धी मान्यता, परमेश्वर (ईश्वर) सम्बन्धी मान्यता, परलोक (स्वर्ग–नर्कको विषय), भूगोलसम्बन्धी मिथ्या चेतना, विद्याविषयक मिथ्या चेतना, सृष्टिविषयक मिथ्या चेतना, काल निर्धारणसम्बन्धी मिथ्या चेतना, महिला…
Read More
एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू विरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो माग गरेको छ । आयोगका  अनुसार  एमडीएमएस खरिद तथा उपकरण जडानमा अनियमितता गरेको पुष्टि हुन आएकाले प्राधिकरणका तत्कालीन अध्यक्ष  झा,  खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा…
Read More