health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ ।
नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा प्रदर्शन भइसकेको छ ।
राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोको डालो बनाएर जीविकोपार्जन गरिरहेका एक परिवारको गाउँमा मोटर बाटो भित्रिएसँगै आएका परिवर्तनले ल्याउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
यो फिल्म बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव विसं २०८१ वैशाख ७ देखि १० सम्म (अप्रिल १९ देखि २२) सम्म चल्ने छ ।
‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । यो फिल्म नेपालमा भने आगामी जेठ १८ गतेदेखि प्रदर्शन हुँदै छ ।