Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
February 2024 - Page 10 of 19 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2024

कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य, सीताको ह्याट्रिक

कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य, सीताको ह्याट्रिक

काठमाडौँ, २ फागुन । कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कपको क्वाटर फाइनलको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो । कुवेतका लागि प्रियादा मुरलीले सर्वाधिक २९ रन बनाएकी थिइन् भने शान्थी बलासुब्रमन्यन र खादिजा खालीलले १३-१३ रन बनाएका थिए । कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन् । सीताले खेलको १३औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिँदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । त्यस्तै नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले २-२ विकेट लिएका थिए ।
Read More
क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ?

क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ?

हेमन्त केसीसुर्खेत , २ फागुन ; सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ ।  आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरूलाई हैरानी हुँदै आएको हो । भेरी करिडोर भित्रको ५६ किलोमिटर भित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि सोही मार्गको बिचमा निर्माण हुने पुलहरूको काम नहुँदा भेरी करिडोर सडकको कामले गति लिन सकेको छैन । क्याराभान हिराचन  जेभिले २०७७ माघ २ गते…
Read More
अनिल शाह र देव खनाल लिग- २ खेल्ने टिममा

अनिल शाह र देव खनाल लिग- २ खेल्ने टिममा

काठमाडौँ, २ फागुन  । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि अनिल शाह र देव खनाललाई टिममा समावेश गरेको छ । क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ । लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।  लिग-२ को सिरिज खेल्ने नेपाली टिम- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की,…
Read More
मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ

रौतहट, २ फागुन।  रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडु बाट पक्राउ गरिएको छ। मेयर शम्भु साहको हत्या गर्न भारतको कुख्यात अपराधी चञ्चल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुले पछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो। बाराको कलैयामा रहेको बाल एकता इङ्लिस बाेर्डिङ्ग स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या काण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गौरका मेयर साहको हत्या गर्न चञ्चल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए। रुपेश सर्राफ हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र…
Read More
अमेरिकामा ठगीको घटना १४ प्रतिशतले बढ्यो, ठगीबाट अमेरिकनलाई ७५ हजार करोड नोक्सानी

अमेरिकामा ठगीको घटना १४ प्रतिशतले बढ्यो, ठगीबाट अमेरिकनलाई ७५ हजार करोड नोक्सानी

न्युयोर्क, २ फागुन । गत वर्ष अमेरिकीहरूले ठगीका कारण ७५ हजार करोड रुपैयाँ नोक्सान बेहोरेका छन् । अमेरिकाको इतिहासमा यो पहिलो र नयाँ डरलाग्दो रेकर्ड हो ।   यो तथ्याङ्क अमेरिकाको स्वतन्त्र सरकारी निकाय फेडरल ट्रेड कमिसन (एफटीसी) को आधिकारिक वेबसाइटमार्फत खुलासा गरिएको हो। सबैभन्दा धोखा धडी मुद्दा लगानी सँग सम्बन्धित छ, जसमा मानिसहरूले ३८ हजार करोड रुपैयाँ गुमाउनु परेको थियो । वास्तवमा डिजिटल उपकरणहरूको कारण अमेरिकीहरूलाई लक्षित गर्न पहिले भन्दा सजिलो भएको छ। गत वर्ष ‘अनलाइन सपिङ’ मा हुने ठगी पैसा गुमाउनुको दोस्रो ठुलो कारण थियो। त्यसपछि पुरस्कार, चिट्ठा कारोबार र रोजगारीको नाममा ठगीका घटनाहरू पनि उत्तिकै मात्रामा भएका…
Read More
ललिता  निवासको फैसला आजै आउन सक्ने

ललिता  निवासको फैसला आजै आउन सक्ने

काठमाडौँ, २ फागुन । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसला सम्भवतः आज सुनाइने भएको छ ।  गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मङ्गलवार सकिए पछि सम्भवतः आज फैसला सुनाउन लागिएको हो ।  विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसला सुनाउने गरी तयारी भएको छ । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलगायत सो मुद्दामा तानिएका छन् ।
Read More
युएईमा विशाल हिन्दु मन्दिर निर्माण, आज मोदीले उद्घाटन गर्ने

युएईमा विशाल हिन्दु मन्दिर निर्माण, आज मोदीले उद्घाटन गर्ने

दुबई, २ फागुन । संयुक्त अरब इमिरेटसमा बनेका हिन्दु मन्दिरको १४ फरवरीमा भारतको पीएम नरेन्द्र मोदी उद्घाटन गर्ने भएका छन् ।  सो मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ। जहाँ यस भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ । मन्दिर निर्माण गर्ने बापिएस स्वामी नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ । कोभिडको समयमा मन्दिर प्रशासनले युएई र भारतबाट अरब इमिरेट्समा धेरै मानिसहरूलाई मद्दत गरेको थियो ।  मन्दिरको निर्माण सम्पन्न हुनुअघि नै चाडपर्वमा हजारौँ मानिस मन्दिर परिसरमा भेला हुन थालिसकेका छन् । अरब इमिरेट्समा करिब ७०० करोडको…
Read More
साना कुरा फरक विचार

साना कुरा फरक विचार

डा.कौशिला रिसाल मलाई भर्खरै एउटा टेलिभिजनको अन्तर्वार्ताको क्रममा सोधियो, तपाई त एकाएक प्राज्ञमा नियुक्ति हुनभएछ । यहाँनेर प्रश्नकर्ताको प्रश्न सामान्य हो । यसलाई सानो सम्झिए हुन्छ तर सानो लागे पनि विषय र भन्न खोजको आशयले भने फरक अर्थ बुझाउँछ । मानिसलाई भन्न सजिलो छ । यदि भन्नका लागि सोच्न जरुरी थिएन भने ? तर कम्तीमा मैले मेरो भविष्यका लागि गरेको समय र मेहनतको लगानी कति थियो ? यसमा ख्याल गर्नुपर्दथ्यो ।  मानिसको बोलीमा, काममा, व्यवहारमा र स्वाभिमान जोडिएको हुन्छ । सामाजिक गुण सबैमा हुने भए पनि सबैमा आवश्यकताअनुसार हुँदैन । हामीले कसैको लवाई खवाइ, ड्रेस अप, हिँडाइ वा अरूले उसका बारेमा गरेको…
Read More
माओवादी युद्धका सहयात्रीहरूलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल 

माओवादी युद्धका सहयात्रीहरूलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल 

काठमाडौँ, १ फागुन ।  नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।  माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटनपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरेका हुन् ।  सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आइनुहोस् बसौँ, समीक्षा गरौँ । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरू आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।” सामाजिक न्याय…
Read More
मालदिभ्स १३ रनमा अलआउट, अपराजित नेपाल क्वाटर फाइनलमा कुवेतसँग भिड्ने

मालदिभ्स १३ रनमा अलआउट, अपराजित नेपाल क्वाटर फाइनलमा कुवेतसँग भिड्ने

काठमाडौँ, १ फागुन । नेपालले मालदिभ्समाथि फराकिलो जित हासिल गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले मालदिभ्समाथि २१४ रनको जित हासिल गरेको हो । नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको मालदिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो । यस अघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउँदै नयाँ कीर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन…
Read More