23
Jul
काठमाडौँ, ७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले यसअघि नै नवीकरण भइसकेको पूर्व राष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् । ‘तपाइहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ, तपाइहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । ‘अनि, आज कमरेड…