Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2024

फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छु

फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छु

काठमाडौँ । महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा' ले फाइनल खेल्न नपाए पनि आफू टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् । साम्बा हाल फ्रान्सको महिला लिग क्लब इए गुइनगाम्पबाट खेलिरहेका छन् । क्लबले फिफा विन्डो अवधि भर उनलाई राष्ट्रिय टिममा खेल्ने अनुमति दिएको र सो अवधि फेब्रुअरी १९ देखि २८ सम्म रहेकाले फाइनल खेल्न नपाएकी हुन् । साम्बा फाइनल अघि राष्ट्रिय टिम छोडेर फ्रान्सतर्फ लागेकी…
Read More
संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो

काठमाडौँ, १७ फागुन । सङ्घीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए। फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।
Read More
कुवेत लैजाने भन्दै महिलालाई श्रीलङ्का पुर्‍याएर बन्धक, सात वर्षपछि पक्राउ परे अभियुक्त

कुवेत लैजाने भन्दै महिलालाई श्रीलङ्का पुर्‍याएर बन्धक, सात वर्षपछि पक्राउ परे अभियुक्त

काठमाडौँ, १७ फागुन ।  महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलङ्का पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन्। प्रहरीले उनलाई दुई दिनअघि काठमाडौँ नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलङ्का पुर्‍याएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले बताए। रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलङ्काको कोलम्बो पुर्‍याएर ती महिलालाई बन्धक बनाएका थिए। नेपाल प्रहरी तथा सङ्घ-संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन्। नेपाल फर्किएपछि उनले मियाँविरुद्ध जाहेरी दिइन्। उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी…
Read More
वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग

वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग

काठमाडौँ, १७ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दै छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुँदै छ ।  नेपालले मङ्गलवार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । तुलनात्मक रूपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा…
Read More
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ, १६ फागुन । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read More
न्युजील्याण्ड विश्वको पहिलो धूम्रपान निषेधित मुलुक बन्दै, नयाँ नियम जुलाई बाट लागु हुने

न्युजील्याण्ड विश्वको पहिलो धूम्रपान निषेधित मुलुक बन्दै, नयाँ नियम जुलाई बाट लागु हुने

 जनवरी २००९ पछि जन्मेकालाई सुर्ती बेच्न प्रतिबन्ध, भ्यापिङ सम्बन्धी नियमहरू पनि कडा बनाइने वेलिङ्टन, १६ फागुन । न्युजिल्याण्डले विश्वको पहिलो धूम्रपान निषेधित राष्ट्र रूपमा आफूलाई उभ्याउने कसरतमा लागेको छ ।   भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्युजील्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागु गर्ने भएको छ ।  अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाई मर्ने खतरा कम गर्नका लागि धूम्रपान निषेधित राष्ट्र बनाउन लागेको हो । आगामी जुलाइ्बाट लागू हुने गरी संसारको सबैभन्दा कडा सुर्ती विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार  जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध…
Read More
माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

माओवादीको निर्णय- राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौँ, १६ फागुन । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।  बुधवार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो । राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल काँग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । 
Read More
माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरूलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

माओवादीभित्र जनार्दनको फरक मत : प्रचण्ड परिवारबाहेक अरूलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरूलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।  पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।  कार्य विभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई  जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमति पत्रमा उल्लेख गरिएको छ, ‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै…
Read More