Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ?

  • हेमन्त केसी
    सुर्खेत , २ फागुन ; सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ ।  आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरूलाई हैरानी हुँदै आएको हो । भेरी करिडोर भित्रको ५६ किलोमिटर भित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि सोही मार्गको बिचमा निर्माण हुने पुलहरूको काम नहुँदा भेरी करिडोर सडकको कामले गति लिन सकेको छैन । क्याराभान हिराचन  जेभिले २०७७ माघ २ गते लिएको पुलको काम अझैँ सुरु भएको छैन । उक्त जेभीले नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । 


त्यस्तै उक्त जेभीले २०७७ माघ २ नै भेरी करिडोरकै नलगाड नगरपालिका ९ को त्रात्रखोला , वडा नम्बर ८ को मैदेखोला , वडा नम्बर ११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यी पुलहरू भेरी कोरिडोरका लाइफ लाइन हुन् । सडक विभाग बबरमहलमा काठमाडौँमा अहिले पुलको लिस्ट बाहेक अन्य केही पनि पाइँदैन । सरकारी संयन्त्रले पुल निर्माणबारे कुनै पनि चासो दिएको देखिँदैन । निर्माण व्यवसायी चन्द्र थकालीले पनि जति ढिला भए पनि होस भन्ने मनसायले पुल निर्माण तर्फ ध्यान नदिएको स्पष्ट देखिएको पूर्व मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । पुल निर्माण किन रोकिएको भन्दै सडक विभाग पुगेका पूर्व मन्त्री सिंहले सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल , उपनिर्देशक ललिजन खनाल लगायतसँग छलफल गरेपछि लामो समयदेखि अलपत्र परेका पुल निर्माणमा ध्यान दिन भेरी करिडोर सडक आयोजनालाई निर्देशन दिइएको छ ।


 काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का माथि ठेक्का थुपारेर जिल्लाको विकास निर्माणमा बाधा पुगेको भन्दै पूर्व मन्त्री सिंहले लापरबाहीको पराकाष्ठा भएको बताए । त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लु स्थित भेरी नदिका पुल र डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन स्टामेट पास भए पनि काम सुरु हुन सकेको छैन । डिजाइन स्टामेटका लागि भन्दै सडक विभागमा डकुम्यान्ट बुझाए पनि केही पुलको डिजाइन स्वीकृत भए पनि केहीको अझैँ हुन बाँकी रहेको पाइएको छ । निर्माण व्यवसायी र विभागको मिलेमतोमा म्याद थप गर्दै डिजाइन स्वीकृत गर्न ढिला गरिरहेको सिंहले आरोप लगाए ।  


पुलको ठेक्का लागेको तीन वर्ष सम्म डिजाइन देखि पुल निर्माणको काम नै सुरु नहुनु भनेको भेरी कोरिडोरका जनतालाई धोका दिनु भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।  क्याराभानको नाम लिन बित्तिकै सडक विभागको उच्च नेतृत्वहरू हाँसेर उडाउने गरेको पाइएको छ । भारी ठाउँमा ठेक्का लिएर कतै पनि काम नगर्ने बदमान भइसकेको क्याराभानले भेरी करिडोरमा समेत सोही व्यवहार देखिएको मेयर रावतले बताए । भेरी करिडोर सडक आयोजनाले पुल निर्माण गर्नका लागि ताकेता कम गरेको पाइएको छ । अधिकांश समय निर्माण स्थल भन्दा बाहिर नै समय खटाउने यहाँका कर्मचारीहरू पुल निर्माणका लागि दबाब नै दिन नसकेको पाइएको हो । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग गरिए पनि निगरानी काम हुन पुगेको छ । यत्ति बिल्डर्सले लिएको पुलको काम भने गतिमा गएको छ ।


 रुकुम पश्चिमको आठबीसकोटको पिपचचौर स्थित छहरे खोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुल निर्माणको काम गतिमा रहेको छ । क्याराभावसँग पुलको विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । शक्ति केन्द्रको हिमचिमका कारण क्याराभानले ठाउँ ,ठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै गरिरहेको सरोकारवालाले बताएका छन् । चौरजहारीमा लिइएको सडकको ठेक्का देखि उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा लिइएको ठेक्का समेत अलपत्र पर्दै आएको छ । जगदुल्ला जलविद्युत आयोजना स्थलमा जाने त्रिवेणी स्थित पुल समेत अलपत्र पर्दै आएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...