Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
मालदिभ्स १३ रनमा अलआउट, अपराजित नेपाल क्वाटर फाइनलमा कुवेतसँग भिड्ने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मालदिभ्स १३ रनमा अलआउट, अपराजित नेपाल क्वाटर फाइनलमा कुवेतसँग भिड्ने

काठमाडौँ, १ फागुन । नेपालले मालदिभ्समाथि फराकिलो जित हासिल गरेको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले मालदिभ्समाथि २१४ रनको जित हासिल गरेको हो ।

नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको मालदिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।

नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउँदै नयाँ कीर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन्  ।

त्यस्तै पूजा महतोले अविजित ५९ रन बनाएकी थिइन् । रुबिना र पूजाले पाँचौँ विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो ।

त्यसै गरी यस खेलमा कविता कुँवरले १३, सिता राना मगरले १५ रन बनाएकी थिइन् ।

यो जितपछि नेपाल समूह डी मा अपराजित रहँदै क्वाटर फाइनलमा कुवेतसँग भिड्ने भएको छ । समूह डी बाट नेपालसँगै हङकङ दोस्रो हुँदै क्वाटर फाइनलमा पुगेको छ । नेपालको क्वाटर फाइनलको खेल भोलि दिउँसो १.३०बजेबाट हुनेछ । 
       

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...