health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

मलाई भर्खरै एउटा टेलिभिजनको अन्तर्वार्ताको क्रममा सोधियो, तपाई त एकाएक प्राज्ञमा नियुक्ति हुनभएछ । यहाँनेर प्रश्नकर्ताको प्रश्न सामान्य हो । यसलाई सानो सम्झिए हुन्छ तर सानो लागे पनि विषय र भन्न खोजको आशयले भने फरक अर्थ बुझाउँछ । मानिसलाई भन्न सजिलो छ । यदि भन्नका लागि सोच्न जरुरी थिएन भने ? तर कम्तीमा मैले मेरो भविष्यका लागि गरेको समय र मेहनतको लगानी कति थियो ? यसमा ख्याल गर्नुपर्दथ्यो ।
मानिसको बोलीमा, काममा, व्यवहारमा र स्वाभिमान जोडिएको हुन्छ । सामाजिक गुण सबैमा हुने भए पनि सबैमा आवश्यकताअनुसार हुँदैन । हामीले कसैको लवाई खवाइ, ड्रेस अप, हिँडाइ वा अरूले उसका बारेमा गरेको कुराकानीका आधारमा उसप्रतिको धारणा बनाउँछौँ । कसैप्रति एकतर्फी धारण बनाउनुभन्दा सत्य तथ्य बुझेर ऊसँग व्यवहार गरियो भने मात्र हामी सत्य हुन्छौँ । वास्तविक रूपमा हामी आफैले ती व्यक्तिलाई चिन्न नखोज्नु कमजोरी हुन्छ । यसैले चिनेर मात्रै उसप्रतिको धारणा बनाउन उत्तम हुन्छ । गुलियो चिनीको विशेषता भए पनि खानेले मात्रै चिनी गुलियो छ भन्न सक्छ । र नखानेलाई त्यसको स्वाद गुलियो नै छ भन्न गाह्रो हुन्छ ।
थोपा थोपा मिलेर नै एक जग पानी भरिन्छ भन्ने बुद्धको भनाइअनुसार जीवनमा ठुलो काम गर्नका लागि साना साना कुरा महत्त्वपूर्ण रहन्छन् । सर्वप्रथम हामी दौडनको लागि पाइला टेक्न सक्नुपर्छ । त्यसपछि हिँड्न जान्नुपर्यो, एकै चोटि कोही पनि दौडिँदैन । हजार किलोमिटरको यात्रा एक कदमबाट सुरु हुन्छ । तसर्थ एकै चोटि आफ्नो केही भएन, मैले प्रगति उन्नति गर्न सकिन भनेर मानिस निराश हुनुहुँदैन ।
हामी अनावश्यक रूपमा अरूको कुरा काट्ने, अरूको चासो राख्ने गर्दछौँ । फलानाले यति गर्यो मैले सकिन भनेर टाउको दुखाउँछौँ । वास्तवमा अरूको चासो राख्नुभन्दा पनि आफ्नो बारेमा सोच्नु राम्रो हो । सबैभन्दा बढी चिन्ने भनेको आफूले आफैलाई हो । आफूलाई माया गर्नु जीवन बोध हो । दुई दिन बाँच्ने जीवनमा अरूको चासो राखेर समय खेर फाल्नुभन्दा आफ्नो लागि सोचेर बस्न उपयुक्त हुन्छ । आफूले कसका लागि कति गर्न सकिन्छ ? भन्दा पनि आफू कसरी सहज तरिकाले जिउन सकिन्छ भन्ने बारेमा सोच्न जरुरी छ ।
मानिसका जीवनमा गल्ती हुन सक्छन् । कमजोरीहरू हुन सक्छन् । ती कमजोरी वा गल्तीबाट नयाँ पाठ सिक्नुपर्दछ । आत्मालोचित हुन सक्नु जीवनको महत्त्वपूर्ण पक्ष हो । शुक्रराज शास्त्रीले भनेका छन्— भुल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । जीवनमा कहिलेकाहीँ भुल हुन्छ । हामी नजानेर एउटा गल्ती गर्छौँ भने त्यसलाई सहजीकरण गर्नुपर्छ । तर त्यही गल्तीलाई पटक पटक दोहोराउँछौँ भने त्यो राम्रो सङ्केत होइन । जीवनलाई सार्थक बनाइराख्न आफैभित्र हामी समीक्षक हुनुपर्छ । जसरी सही समय र ठाउँमा नबोल्नु राम्रो होइन, त्यसरी नै उपयुक्त समय र अवसरमा मौन बस्नु राम्रो होइन । अरूलाई उपदेश दिनुअघि आफू आदर्श हो होइन, उपदेश गर्न लायक हो होइन ख्याल गर्नुपर्छ । हामीले हाम्रो समस्या आफै सृजना गर्दछौँ । यसको मतलब हामी बोल्दै नबोल्ने होइन, उपयुक्त समय हेरेर बोल्नुपर्छ भन्ने हो । आफूले बोलेका कुराले कसैका अगाडि कति महत्त्व राख्छ भन्ने कुरामा हाम्रो प्रस्तुति निर्भर रहन्छ ।