Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
February 2024 - Page 11 of 19 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2024

अमेरिकाः जब आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालिन…

अमेरिकाः जब आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालिन…

न्युयाेर्क, १ फागुन । अमेरिकाबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ । जहाँ आमा मारिया थोमसले आफ्नो बच्चालाई सुताउनुको सट्टा ओभनमा राख्न पुगिन, जसका कारण बच्चाको मृत्यु हुन पुगेकाे छ । स्थानीय मिडियाका अनुसार यो दुखद घटना गत शुक्रबार भएको थियो, जाे हालै सार्बजनिक भएकाे छ । मिसौरीका पुलिस अधिकारीहरूले एक महिनाकी छोरीले सास फेर्न नसकेको जानकारी पाए, सूचना पाएपछि प्रहरी कन्सास सिटीस्थित महिलाको घरमा पुगे पछि बालिका गम्भीर रूपमा जलेको र प्रतिक्रिया नदिएको देखे । बालिकालाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । पोष्टमार्टममा निसास्सिएर र जलेर बालकको मृत्यु भएको खुलेको छ । एक व्यक्तिले स्काई न्यूजलाई भने कि बालिकाकाे माले उसलाई सुत्नको…
Read More
राजमो भन्छ ः सरकारी जग्गाको अवैध कब्जाको निष्पक्ष जाँच होस्

राजमो भन्छ ः सरकारी जग्गाको अवैध कब्जाको निष्पक्ष जाँच होस्

काठमाडौँ, फागुन १ । सरकारी जग्गालाई अवैध प्रकारले कब्जा गर्नु गलत भएको भन्दै राष्ट्रिय जनमोर्चा कार्यालयले विज्ञप्ति जारी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर के.सी.ले हस्ताक्षर गरेको विज्ञप्तिमा बाँसबारी जुत्ता कारखानाको जग्गा, ललिता निवास, गिरीबन्धु टी स्टेटका जग्गाहरूको कब्जाको बिषयमा निष्पक्ष जाँच गरी दोषीलाई कारबाही गर्न समेत माग गरिएको छ ।  विज्ञप्ति को पूर्ण पाठ यस प्रकार छ ः बाँसबारी जुत्ता कारखानाको जग्गालाई अवैध प्रकारले कब्जा गरेको भन्ने विषयमा राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । नेपालमा अहिले धेरैतिर त्यस प्रकारका सरकारी जग्गाहरूमा कब्जा गर्ने कार्यहरू भइरहेका समाचार विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । हाम्रो जोड यो कुरामा छ कि त्यस…
Read More
गुगलले हटायो ठगी गर्ने २२ सय भन्दा बढी एप

गुगलले हटायो ठगी गर्ने २२ सय भन्दा बढी एप

काठमाडौँ, १ फागुन । इन्टरनेटको यो युगमा धेरै व्यक्तिहरूले गुगलमा प्राप्त हुने हरेक जानकारीलाई पूर्ण रूपमा विश्वास गर्छन् तर साइबर अपराधीहरूले यसको फाइदा मज्जासँग उठाउँछन्।  पछिल्ला केही वर्षमा इन्टरनेट र गुगलको प्लेटफर्म प्रयोग गरेर लाखौँ र करोडौँ रुपैयाँ ठगी गर्न सहज भएको छ । गुगलले यस्ता ठगीलाई रोक्नको लागि ठुलो कदम चालेको छ । गुगलले प्ले स्टोरबाट २२०० भन्दा बढी नक्कली एपहरू डिलिट गरिसकेको जनाइएको छ । साइबर अपराधीहरूले गुगल प्ले स्टोरलाई यस्तो अड्डा बनाएका छन्, जसको माध्यमबाट उनीहरू सजिलैसँग मानिसहरूलाई ठग्न सक्छन्। गुगल प्ले स्टोरमा उपलब्ध एपलाई सर्वसाधारणले विश्वास गरेर आफ्नो फोनमा डाउनलोड गर्छन् र त्यसपछि नक्कली एप बनाउने…
Read More
दुर्गा प्रसाईँको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

दुर्गा प्रसाईँको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

काठमाडौँ, १ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुन लागेको हो । राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईँले प्रचार गरे पनि उनी भने नआउने भएका छन् । साता दिनका लागि चितवन गएका पूर्व राजा नभए पनि प्रसाईँको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो । 
Read More
सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका स्थानीय तहले दिए जनयुद्ध दिवसमा बिदा

सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका स्थानीय तहले दिए जनयुद्ध दिवसमा बिदा

काठमाडौँ, १ फागुन । सर्वोच्च अदालतको आदेश विपरीत माओवादी केन्द्रले विजयी हासिल गरेका स्थानीय तहमा  ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ । कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानीय तहले फागुन १ गतेको ‘जनयुद्ध दिवस’मा बिदा दिएका हुन । कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट  साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश विपरीत फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।
Read More
नेपालद्वारा क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लीन स्वीप

नेपालद्वारा क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लीन स्वीप

काठमाडौँ । नेपालले क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीन स्वीप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि अनिल शाह र भीम सार्की शतकीय पारी खेलेका थिए । अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एक दिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि…
Read More
अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौँ, २९ माघ । अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो । जसअनुसार १०० अङ्कित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।   यस हाल अरुण भ्यालीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । आवेदकले यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैङ्क र ग्लोबल आइएमई बैङ्कको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ…
Read More
भुईँ तहमा घुर क्रान्तिको आवश्यकता

भुईँ तहमा घुर क्रान्तिको आवश्यकता

मधेस-तराईमा भुईँ तहका समुदायहरूप्रति लेखिएको विभेद कथाले दुनियाँको अगाडि कठोर सत्य उजागर गरिरहेको देखिन्छ। नेपालका शासकहरू जनताका नजरबाट गिर्न थालेपछि स्थानीय जनतालाई नै जनार्दन बनाउने लोकतान्त्रिक अभ्यासहरूको थालनी पनि पटक-पटक हुँदै गएको राजनीतिक परिवर्तन र शासकीय अभ्यासबाट थाहा हुन्छ। सत्येन्द्र लाल कर्ण ‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसैले ताप्दैन’ भन्ने नेपाली उखान पुस-माघ महिनातिर शितलहर चल्दा छर्लङ्ग हुन्छ। बलियाहरूको शक्तिको अगाडि सबै झुक्छन्, कमजोरहरूलाई कसैले गन्दै गन्दैनन्। शक्ति र सत्ताको पछाडि लाग्ने मानिसहरू जहाँ पनि पाइन्छ। तर, घुर देख्नेवित्तिकै घुरको पछि लाग्ने र घुर वरिपरि बसेर शितलहरको आक्रमणलाई छल्दै भलाकुसारी गर्दै बहुसङ्ख्यक मानिसहरूलाई मधेसमा मात्र देख्न र भेट्न सकिन्छ।…
Read More
राष्ट्रियसभा बैठक बस्दै, दशरथ चन्द विश्वविद्यालय विधेयक माथि छलफल गरिने

राष्ट्रियसभा बैठक बस्दै, दशरथ चन्द विश्वविद्यालय विधेयक माथि छलफल गरिने

काठमाडौँ, २९ माघ । राष्ट्रियसभा बैठक बस्दै छ ।  सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेबाट सुरु हुँदै छ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० पेस गरिने छ भने सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । साथै,  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
Read More
सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकन नागरिकता

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकन नागरिकता

वासिंगटन डिसी, २९ माघ । पछिल्लो समयमा भारतीय नागरिकहरू अमेरिकामा बस्न निकै रुचाउँछन्।  हालै एक रिपोर्टमा सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता पाएको देखिएको छ ।  यसलाई हेर्दा अमेरिकाले भारतप्रति निकै दयालु व्यवहार गरेको छ । एक रिपोर्टका अनुसार सन् २०२३ मा सबैभन्दा बढी मेक्सिकन नागरिकले अमेरिकी नागरिकता लिएका छन् भने भारत यो सूचीमा दोस्रो स्थानमा परेको छ । युएससी आईएसको रिपोर्ट अनुसार सन् २०२३ मा विश्वभरबाट करिब ८.७ लाख मानिसले अमेरिकी नागरिकता लिएका छन् । जसमध्ये १ लाख १ हजार मेक्सिकन र ५९ हजार १ सय भारतीय नागरिक छन् । यो सूचीमा फिलिपिन्स र डोमिनिकन रिपब्लिक…
Read More