Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 7 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

पोखरा, ७ पुस । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। अमरसिंहचौर स्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक जनाले खोया प्रहार गरेका हुन्। लामिछानेले सम्बोधन गरिरहेको समयमा अगाडीबाट खोयाले हानिएको सहभागीहरूले बताएका छन्। उनीमाथि खोया प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ। कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए।
Read More
ज्ञानशाला उद्बोधनको पहिलो शृङ्खला सम्पन्न

ज्ञानशाला उद्बोधनको पहिलो शृङ्खला सम्पन्न

काठमाडौँ, पौष ७ गते । विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई एकै ठाउँमा जमघट गराएर सिर्जनाको प्रस्फुटित गर्ने उद्देश्यका साथ ज्ञानशाला अनुसन्धान केन्द्रले ज्ञानशाला उद्बोधन कार्यक्रमको सुरुवात गरेको छ । पौष ७ गतेका दिन अनुसन्धान केन्द्रको हलमा भएको पहिलो शृङ्खलामा विभिन्न साहित्यिक व्यक्तित्वहरूमा कविता, गजल, मुक्तक, गीत, हाइकु प्रस्तुत गरिएको थियो । उद् बोधन कार्यक्रममा पेरिशा भट्टबाट मनका रङ्गहरू, दुर्गा तिवारीबाट कवि महोदय, डा.कौशिला रिसालबाट अह म झुक्दिन अब, मिसन अधिकारीबाट एउटा सादा कागज बदल्न लेख कविता प्रस्तुत भएको थियो । त्यस्तै विमला दाहालबाट पल पलको हिसाब शीर्षकमा गजल, राजेन्द्र अधिकारीबाट तीन वटा मुक्तकहरू तथा डा.चूडा ढकालबाट तीन वटा हाइकुहरू प्रस्तुत गरिएको थियो…
Read More
मानव तस्करीको आशङ्कामा ३०३ भारतीय बोकेको विमान फ्रान्समा रोकाइयो, चेकजाँच हुँदै

मानव तस्करीको आशङ्कामा ३०३ भारतीय बोकेको विमान फ्रान्समा रोकाइयो, चेकजाँच हुँदै

पेरिस, ६ पुस । संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआको उडान फ्रान्समा अवतरण गरिएको छ ।   मानव बेचबिखनको डरले यस्तो कारबाही गरिएको हो । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय सङ्गठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ ।   अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार युनिटले थप सोधपुछका लागि दुई जनालाई हिरासतमा लिएको छ। यति मात्र होइन भारतीय दूतावासको टोली घटनास्थल पुगेको छ । दूतावासले यात्रुको हित र सुरक्षा महत्त्वपूर्ण रहेको बताएको छ ।   वास्तवमा, रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सको ए ३४० विमान दुबईबाट निकारागुवा उडेको थियो।…
Read More
शुभेक्षा खड्का भन्छिन्– छोरीहरूका लागि बाबुहरू मेरुदण्डजस्तो हुनुपर्छ

शुभेक्षा खड्का भन्छिन्– छोरीहरूका लागि बाबुहरू मेरुदण्डजस्तो हुनुपर्छ

काठमाडौँ, ७ पुस । मिस नेपाल-२०१२ की सेकेन्ड रनर अप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्ने मात्र होइन साकार बनाउन सक्छिन् ।   नेपाली बाबुहरूले आफ्ना छोरीहरूको अध्ययनमा लगानी गरिदिए उनीहरू आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म 'चित्रा'का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबु छोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्त्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ -   अभिनेत्री शुभेक्षा खड्काले 'चित्रा'मा अभिनय गरेको…
Read More
काठमाडौँ महानगरका विद्यालयमा विद्यार्थीहरूलाई डीआइ राख्न नपाउने

काठमाडौँ महानगरका विद्यालयमा विद्यार्थीहरूलाई डीआइ राख्न नपाउने

काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै नराख्न भनेको हो। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिएको…
Read More
नेपाल बैङ्कको सिइओमा तिलकराज पाण्डे नियुक्त

नेपाल बैङ्कको सिइओमा तिलकराज पाण्डे नियुक्त

काठमाडौँ- नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन्। बैङ्कले एक सूचना जारी गर्दै सिइओमा पाण्डे नियुक्त भएको जनाएको हो। बैङ्कको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सिइओका लागि 'सर्ट लिस्ट'मा परेका पाँच जनाबाट पाण्डेलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।
Read More
हरिबहादुरभित्र जनताको साहित्य र साहित्यकार

हरिबहादुरभित्र जनताको साहित्य र साहित्यकार

* डा. कौशिला रिसाल विषय प्रवेश कुनै पनि व्यक्तिसँग भेट्न अनुकूल समय आउनुपर्छ । नारायणमान विजुक्छे ‘रोहित’ को नाम बारम्बार सुने तापनि उहाँसँग भेट्ने मौका मिलेको थिएन । खासगरी राजनीतिकर्मीका रूपमा सञ्चार माध्यममा आइरहने नाम हो नारायणमान विजुक्छे अर्थात् रोहित । राजनीतिक रूपमा उनको योगदान जति छ उत्तिकै रूपमा नेपाली साहित्यमा पनि योगदान रहेको छ । नेपाली साहित्य लेखनमा ‘हरिबहादुर’ का नामले परिचित उनका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । लामो समयदेखि प्रगतिशील साहित्य लेखन लागेका हरिबहादुर साहित्यलाई मार्क्सवादी आँखाबाट लेखिनुपर्छ र हामीले लेखेको साहित्य जनसाहित्य हुनुपर्छ भन्ने मान्यता राख्छन् । भेटमा उनका एक दर्जन पुस्तक उपहारस्वरूप प्राप्त गरेपछि…
Read More
मन्त्री किराँतीको अभिव्यक्तिको राजमोद्वारा भर्त्सना

मन्त्री किराँतीको अभिव्यक्तिको राजमोद्वारा भर्त्सना

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको क्रिस्चियन धर्मसम्बन्धी अभिव्यक्तिलाई विखण्डनकारीलाई बल पुर्‍याउने बताएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० पुस ६ गते शुक्रवार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो टिप्पणी गरेको हो । वक्तव्यमा “क्रिस्चियन धर्म नमान्नेहरू संविधान नमान्ने हुन्” भन्दै दिइएको मन्त्री किराँतीको अभिव्यक्तिले विखण्डनको उद्देश्य पूरा गर्न चाहने शक्तिलाई बल पुर्‍याउने धारणा व्यक्त गर्ने बताउँदै त्यस्तो आग्रह गरिएको छ । धर्मनिरपेक्षता र साम्प्रदायिक सद्भावमा खलल नपुर्‍याउन आग्रह गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ : “क्रिस्चियन धर्म नमान्नेहरू संविधान नमान्ने हुन्, तिनलाई जेल कोचौँ” भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सार्वजनिक…
Read More
अफ्रिकी देश गिनीकाे पेट्रोल पम्पमा विस्फोट हुँदा २२ को मृत्यु

अफ्रिकी देश गिनीकाे पेट्रोल पम्पमा विस्फोट हुँदा २२ को मृत्यु

  अफ्रिका, ६ पुस । गिनीको राजधानी कोनाक्रीमा रहेको तेल टर्मिनलमा विस्फोट भएका छ । सो विस्फोट भए पछि सुरु भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।   गिनी प्रहरीका अनुसार अहिलेसम्म  घाइतेको सङ्ख्या १७८ बाट बढेर २४१ पुगेको छ ।   गिनी सरकारले सो घटना बारे एक विज्ञप्ति जारी गर्दै १०अवशेषहरूको पहिचान हुन बाँकी रहेको जनाएको छ ।   सरकारका अनुसार सो घटनामा परी अझै धेरै व्यक्ति बेपत्ता भएकाले खोजी कार्य जारी राखिएको छ।
Read More
चेक रिपब्लिकमा अन्धाधुन्ध गोली चलाउँदा १४ को मृत्यु, २५ बढी घाइते

चेक रिपब्लिकमा अन्धाधुन्ध गोली चलाउँदा १४ को मृत्यु, २५ बढी घाइते

  चेक रिपब्लिक, ६ पुस । प्रागको एक विश्वविद्यालयमा सामूहिक गोलीवारिमा कम्तीमा १४ जना व्यक्तिको मृत्यु भएको छ । सो घटनामा परी थप २५ जना घाइते भएको सहरी प्रहरीले जनाएको छ। आपत्कालीन सेवाहरूका अनुसार यो देशको इतिहासमा आफ्नो प्रकारको सबैभन्दा घातक गोलाबारी मध्ये एक हो। गोलाबारी २ बजे चार्ल्स विश्वविद्यालयको कला सङ्कायमा भएको थियो, जुन १४ औँ शताब्दीको चार्ल्स ब्रिज जस्ता प्रमुख पर्यटक स्थलहरू नजिकै रहेको छ ।   ‘हामीले सधैँ सोच्यौँ कि यो त्यस्तो चीज हो, जसले हामीलाई चिन्ता गर्दैन। अब यो बाहिर जान्छ तर दुर्भाग्यवश हाम्रो संसार पनि परिवर्तन हुँदै छ र व्यक्तिगत शूटरको समस्या यहाँ पनि देखा…
Read More